Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Matthew Chapter 14 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Matthew/14 1) त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने । 2) उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्तिस्मा-दिने यूहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्तिहरूले उनमा काम गरिरहेका छन् ।” 3) किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए । 4) किनकि यूहन्नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु तपाईंको निम्ति उचित छैन ।” 5) हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्नालाई अगमवक्ता मान्थे । 6) तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन् । 7) त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए । 8) आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस् ।” 9) राजा तिनको बिन्तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए । 10) हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए । 11) अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् । 12) अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए । 13) जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए । 14) त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो । 15) जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून् ।” 16) तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।” 17) उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।” 18) येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।” 19) अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए । 20) तिनीहरू सबैले खाए र टन्न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले । 21) त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए । 22) उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो । 23) उहाँले भिडलाई पठाइसक्नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो । 24) तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो । 25) बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो । 26) जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले । 27) तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।” 28) पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।” 29) येशूले भन्नुभयो, “आऊ ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे । 30) तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्न थाले, उनले चिच्च्याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!” 31) येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्नुभयो र उनलाई भन्नुभयो, “ए अल्पविश्वासी! तिमीले किन शङ्का गर्यौ?” 32) त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो । 33) त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।” 34) जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो । 35) जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए । 36) तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!