< Zaburi 74 >

1 Mungu, kwa nini umetukataa milele? Kwa nini hasira yako inawaka dhidi ya kondoo wa malisho yako?
हे परमेश्‍वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
2 Wafikilie watu wako, ambao uliwanunua siku nyingi zilizopita, kabila ambalo wewe umelikomboa liwe urithi wako, na Milima Sayuni, mahali uishipo.
आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
3 Uje utazame uharibifu kamili, uharibifu ambao umefanywa na adui mahali patakatifu.
आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्‍पूर्ण भग्‍नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
4 Washindani wako walivamia katikati ya mahali pako maalumu; walipandisha bendera zao za vita.
तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
5 Walipakatakata kwa shoka kama katika msitu mnene.
बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
6 Walipaharibu na kuvunja sanaa zilizonakshiwa zote; walizivunja kwa shoka na nyundo.
तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।
7 Walipachoma patakatifu pako; walipanajisi mahari unapoishi, wakigongagonga kwenye ardhi.
तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
8 Walisema mioyoni mwao, “Tutawaharibu wote.” Walichoma sehemu zako zote za kukutania katika nchi.
तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
9 Sisi hatuoni tena ishara; hakuna tena nabii, na hakuna yeyote miongoni mwetu ajuaye haya yatadumu kwa muda gani.
हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन ।
10 Mpaka lini, Mungu, adui atakurushia wewe matusi? Je, atalitukana jina lako milele?
हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
11 Kwa nini umerudisha nyuma mkono wako, mkono wako wa kuume? Utoe mkono wako kwenye mavazi yako na uwaangamize.
आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
12 Lakini Mungu amekuwa mfalme wangu tangu enzi, akileta wokovu tuniani.
तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्‍वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
13 Wewe uliigawa bahari; ulishambulia vichwa vya majitu ya kutisha baharini majini.
तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्‍तुहरूका शिरहरू तोड्नुभयो ।
14 Wewe ulishambulia vichwa vya lewiathani; na kumfanya awe chakula cha viumbe hai jangwani.
तपाईंले लिव्यातन्‌को शिर कुच्‍याउनुभयो । तपाईंले त्यसलाई उजास्‍थानमा बस्‍नेहरूलाई खुवाउनुभयो ।
15 Ulizifungulia chemchem na vijito; uliikausha mito itiririkayo.
तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
16 Mchana ni wako, na usiku ni wako pia; uliweka jua na mwezi mahari pake.
दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो ।
17 Umeiweka mipaka ya nchi; umeumba majira ya joto na majira ya baridi.
तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
18 Kumbula vile adui alivyo vurumisha matusi kwako, Yahwe, na kwamba watu wapumbavu wamelitukana jina lako.
हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
19 Usimtoe njiwa afe kwa mnyama wa porini. Usiusahau milele uhai wa watu wako walio onewa.
तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
20 Kumbuka agano lako, maana majimbo ya giza ya nchi yamejaa maeneo ya vurugu.
आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
21 Usiwaache walioonewa warudishwe kwa aibu; uwaache maskini na walioonewa walisifu jina lako.
थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्‍याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
22 Inuka Mungu, itetee heshima yako; kumbuka wajinga wanavyokutukana machana kutwa.
हे परमेश्‍वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्‍जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
23 Usisahau sauti ya adui zako au kelele za wale wanaoendelea kukuchafua.
तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।

< Zaburi 74 >