< Salmos 65 >

1 Salmo e cântico de Davi, para o regente: A ti, Deus, [pertence] a tranquilidade [e] o louvor em Sião; e a ti será pago o voto.
हे सियोनका परमेश्‍वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।
2 Tu, que ouves as orações; toda carne virá a ti.
तपाईंले प्रार्थना सुन्‍नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
3 Perversidades têm me dominado, [porém] tu tiras a culpa de nossas transgressões.
अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
4 Bem-aventurado [é] aquele a quem tu escolhes, e [o] fazes aproximar, para que habite em teus cômodos; seremos fartos do bem de tua casa, [na] santidade de teu templo.
तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सक्‍छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्‍त हुनेछौं ।
5 Tu nos responderá de forma justa [por meio de] coisas temíveis. O Deus de nossa salvação [é] a confiança de todos os limites da terra, e dos lugares mais distantes do mar.
हे हाम्रो उद्धारको परमेश्‍वर, अचम्‍मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ ।
6 Ele [é] o que firma os montes com sua força, revestido de poder.
किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
7 Ele é o que amansa o ruído dos mares, o ruído de suas ondas, e o tumulto dos povos.
समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ ।
8 [Até] os que habitam nos lugares mais distantes temem teus sinais; tu fazes alegres o nascer e o pôr do sol.
पृथ्वीका पल्‍लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्छ ।
9 Tu visitas a terra, e a regas; tu a enriqueces; o rio de Deus [está] cheio de águas; tu preparas [a terra], e lhes dá trigo.
तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्‍यसलाई भिजाउनुहुन्‍छ । तपाईंले त्‍यसलाई धेरै समपन्‍न तुल्याउनुहुन्छ । परमेश्‍वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्‍न दिनुहुन्‍छ ।
10 Enche seus regos de [águas], fazendo-as descer em suas margens; com muita chuva a amoleces, [e] abençoas o que dela brota.
तपाईंले यसका जोतेका खेतलाई प्रशस्‍त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्‍ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष्‌ ‌‌दिनुहुन्छ ।
11 Coroas o ano com tua bondade; e teus caminhos transbordam fartura.
तपाईंले वर्षलाई आफ्‍नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्‍तताले भरिएर पोखिन्छन् ।
12 Eles são derramados [sobre] os pastos do deserto; e os morros se revestem de alegria.
उजाडस्‍थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।
13 Os campos se revestem de rebanhos, e os vales são cobertos de trigo; e por isso se alegram e cantam.
खर्कहरू बगालहरूले ढाकिन्छन् । बेसीहरू अन्‍नले ढाकिन्छन् । तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन् ।

< Salmos 65 >