< १ इतिहास 23 >

1 जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।
Gdy więc Dawid był już stary i syty dni, ustanowił swego syna Salomona królem nad Izraelem.
2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।
I zgromadził wszystkich książąt Izraela oraz kapłanów i Lewitów.
3 तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो ।
Lewitów policzono od trzydziestu lat wzwyż, a ich liczba według głów wynosiła trzydzieści osiem tysięcy.
4 “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।
Spośród nich dwadzieścia cztery tysiące ustanowiono na służbę w domu PANA, a urzędników i sędziów było sześć tysięcy.
5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने ।
Ponadto – cztery tysiące odźwiernych i cztery tysiące chwalących PANA na instrumentach, które sporządziłem – [powiedział Dawid] – ku uwielbieniu [Boga].
6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
Dawid podzielił ich na zmiany według synów Lewiego: Gerszona, Kehata i Merariego.
7 लादान र शिमी गेर्शोनका वंशका थिए ।
Z Gerszona [byli] Ladan i Szimei.
8 लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए ।
Synowie Ladana: pierwszy Jechiel, potem Zetam i Joel – [ci] trzej.
9 शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।
Synowie Szimejego: Szelomit, Chaziel i Haran – [ci] trzej [byli] naczelnikami rodów Ladana.
10 शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।
A synowie Szimejego: Jachat, Zina, Jeusz i Beria. Ci czterej byli synami Szimejego.
11 यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।
Jachat był pierwszy, a Ziza drugi. Ale Jeusz i Beria nie mieli wielu synów i dlatego zostali policzeni jako jeden ród.
12 कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
Synowie Kehata: Amram, Ishar, Chebron i Uzziel – czterej.
13 अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो ।
Synowie Amrama: Aaron i Mojżesz. Lecz Aaron został odłączony, aby poświęcić najświętsze rzeczy, on i jego synowie, aż na wieki – by spalać kadzidło przed PANEM, służyć mu i błogosławić w jego imieniu na wieki.
14 तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए ।
Ale synowie Mojżesza, męża Bożego, zostali zaliczeni do pokolenia Lewiego.
15 मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।
Synowie Mojżesza: Gerszon i Eliezer.
16 गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए ।
Synowie Gerszona: pierwszy Szebuel.
17 एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए ।
Synowie Eliezera: pierwszy Rechabiasz. Eliezer nie miał innych synów, ale synowie Rechabiasza bardzo się rozmnożyli.
18 यिसहारका छोरा अगुवा शलोमीत थिए ।
Synowie Ishara: pierwszy Szelomit.
19 हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए ।
Synowie Chebrona: pierwszy Jeriasz, drugi Amariasz, trzeci Jachaziel, a czwarty Jekameam.
20 उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए ।
Synowie Uzziela: pierwszy Mika i drugi Jeszijasz.
21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।
Synowie Merariego: Machli i Muszi. Synowie Machliego: Eleazar i Kisz.
22 एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।
I Eleazar umarł, nie mając synów, tylko córki. Pojęli je [za żony] synowie Kisza, ich bracia.
23 मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।
Synowie Musziego: Machli, Eder i Jeremot – trzej.
24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।
To są synowie Lewiego według swych rodów, głów rodzin, policzeni według liczby imion, głowa po głowie, którzy pełnili służbę w domu PANA od lat dwudziestu wzwyż.
25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।
Dawid bowiem powiedział: PAN, Bóg Izraela, dał odpoczynek swemu ludowi i będzie mieszkał w Jerozolimie na wieki.
26 लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।”
A Lewici już nie będą nosić przybytku ani wszelkich jego naczyń do jego obsługi.
27 किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए ।
Według ostatnich postanowień Dawida Lewici zostali policzeni od lat dwudziestu wzwyż;
28 तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।
Ich stanowisko bowiem polegało na posługiwaniu synom Aarona w służbie domu PANA: na dziedzińcach, w komnatach, przy oczyszczaniu wszelkich rzeczy poświęconych i przy pracy wokół służby domu Bożego;
29 उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो ।
I przy chlebie pokładnym, przy mące na ofiarę z pokarmów, przy plackach niekwaszonych, przy tym, co pieczone, i tym, co smażone, i przy wszystkim, co ważone i mierzone.
30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,
Mieli stawać każdego poranka, by dziękować PANU i wychwalać go, i tak samo wieczorem;
31 र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।
Ponadto, mieli składać PANU wszelkie całopalenia w każdy szabat, w czasie nowiu księżyca i w uroczyste święta, według liczby [wynikającej z] ustalonego porządku – ustawicznie przed PANEM.
32 तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।
I mieli pełnić straż przy Namiocie Zgromadzenia, straż przy świątyni i straż przy synach Aarona, swych braci, w służbie domu PANA.

< १ इतिहास 23 >