< १ इतिहास 26 >

1 द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए ।
Co do zmiany odźwiernych: z Korachitów był Meszelemiasz, syn Koracha, z synów Asafa.
2 मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल,
A z synów Meszelemiasza: pierworodny Zachariasz, drugi Jediael, trzeci Zebadiasz, czwarty Jatniel;
3 ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए ।
Piąty Elam, szósty Jehochanan, siódmy Elioenaj.
4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
A z synów Obed-Edoma: pierworodny Szemajasz, drugi Jehozabad, trzeci Joach, czwarty Sakar, piąty Netaneel;
5 अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो ।
Szósty Ammiel, siódmy Issachar, ósmy Peulletaj. Bóg bowiem mu błogosławił.
6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
Również jego synowi Szemajaszowi urodzili się synowie, którzy rządzili swoim rodem. [Byli] bowiem bardzo dzielnymi ludźmi.
7 शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।
Synowie Szemajasza: Otni, Rafael, Obed, Elzabad i ich bracia, ludzie mocni – Elihu i Semakiasz.
8 यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए ।
Wszyscy ci byli z synów Obed-Edoma, oni, ich synowie i bracia, mężczyźni bardzo mocni i zdolni do służby, razem sześćdziesięciu dwóch z Obed-Edoma.
9 मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए ।
I Meszelemiasz miał synów i braci, ludzi mocnych – osiemnastu.
10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
Również Chosa, [który był] z synów Merariego, miał synów: Szimri zwierzchnik, bo chociaż nie był pierworodnym, jego ojciec ustanowił go zwierzchnikiem;
11 माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए ।
Drugi Chilkiasz, trzeci Tebaliasz, czwarty Zachariasz. Wszystkich synów i braci Chosy [było] trzynastu.
12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।
Spośród nich wyznaczono zmiany odźwiernych, spośród naczelników, którzy [pełnili] straż na przemian ze swoimi braćmi przy służbie w domu PANA.
13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।
I rzucali losy o każdą bramę, tak mały, jak i wielki, według swoich rodów.
14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो ।
Los dla Szelemiasza padł na stronę wschodnią. Potem rzucili los dla jego syna Zachariasza, mądrego doradcy, i jego los padł na stronę północną;
15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।
Dla Obed-Edoma – na południową, a jego synom [przypadła] składnica.
16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।
Dla Szuppima i Chosy – na stronę zachodnią wraz z bramą Szalleket, przy drodze wiodącej ku górze, straż naprzeciw straży.
17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे ।
Od wschodu [było] sześciu Lewitów, od północy czterech na dzień, od południa czterech na dzień i przy składnicy po dwóch.
18 पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।
Przy Parbar na zachodzie: czterech przy drodze, [a] dwóch przy Parbar.
19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।
Takie [są] zmiany odźwiernych spośród synów Koracha i spośród synów Merariego.
20 लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए ।
A z [pozostałych] Lewitów Achiasz [postawiony był] nad skarbcami domu Bożego i nad skarbcami rzeczy poświęconych.
21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
Synowie Ladana, [którzy byli] z synów Gerszonity: z Ladana Gerszonity naczelnicy rodów, Jechiel.
22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए ।
Synowie Jechiela: Zetam i jego brat Joel; [oni byli postawieni] nad skarbcami domu PANA.
23 अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः
Spośród Amramitów, Isharytów, Chebronitów i Uzzielitów:
24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए ।
Szebuel, syn Gerszoma, syna Mojżesza, przełożony nad skarbcami.
25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
A jego bracia, od strony Eliezera, to: jego syn Rechabiasz, jego syn Jeszajasz, jego syn Joram, jego syn Zikri i jego syn Szelomit.
26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
Szelomit i jego bracia [byli postawieni] nad wszystkimi skarbcami rzeczy poświęconych, które poświęcił król Dawid, naczelnicy rodów, tysiącznicy, setnicy i dowódcy wojska.
27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए ।
[To, co] zdobyli z wojen i łupów, poświęcali na utrzymanie domu PANA.
28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए ।
I wszystko, co poświęcił Samuel, widzący, [a także] Saul, syn Kisza, Abner, syn Nera, i Joab, syn Serui, oraz wszystko, co zostało poświęcone, [było] pod opieką Szelomita i jego braci.
29 यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
Spośród Isharytów: Kenaniasz i jego synowie [zajmowali się] sprawami zewnętrznymi Izraela jako urzędnicy i sędziowie.
30 हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए ।
Spośród Chebronitów: Chaszabiasz i jego bracia, ludzie dzielni, [było ich] tysiąc siedemset przełożonych nad Izraelem po zachodniej stronie Jordanu, odpowiadali za każdą sprawę PANA i służbę dla króla.
31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।
Spośród Chebronitów [pochodził] Jeriasz, naczelnik Chebronitów, według rodowodów jego ojców. W czterdziestym roku panowania Dawida szukano i znaleziono pośród nich bardzo dzielnych ludzi w Jazer w Gileadzie.
32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।
A jego braci, ludzi dzielnych, [było] dwa tysiące siedmiuset naczelników rodów, których król Dawid ustanowił zwierzchnikami nad Rubenitami, nad Gadytami i nad połową pokolenia Manassesa, by byli odpowiedzialni za wszystkie sprawy Boże i sprawy króla.

< १ इतिहास 26 >