< תהילים 92 >

מזמור שיר ליום השבת טוב להדות ליהוה ולזמר לשמך עליון׃ 1
हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
להגיד בבקר חסדך ואמונתך בלילות׃ 2
बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
עלי עשור ועלי נבל עלי הגיון בכנור׃ 3
दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
כי שמחתני יהוה בפעלך במעשי ידיך ארנן׃ 4
किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
מה גדלו מעשיך יהוה מאד עמקו מחשבתיך׃ 5
हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
איש בער לא ידע וכסיל לא יבין את זאת׃ 6
एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः
בפרח רשעים כמו עשב ויציצו כל פעלי און להשמדם עדי עד׃ 7
जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।
ואתה מרום לעלם יהוה׃ 8
तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।
כי הנה איביך יהוה כי הנה איביך יאבדו יתפרדו כל פעלי און׃ 9
वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
ותרם כראים קרני בלתי בשמן רענן׃ 10
तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
ותבט עיני בשורי בקמים עלי מרעים תשמענה אזני׃ 11
मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।
צדיק כתמר יפרח כארז בלבנון ישגה׃ 12
धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।
שתולים בבית יהוה בחצרות אלהינו יפריחו׃ 13
तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
עוד ינובון בשיבה דשנים ורעננים יהיו׃ 14
ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
להגיד כי ישר יהוה צורי ולא עלתה בו׃ 15
त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।

< תהילים 92 >