< תהילים 84 >

למנצח על הגתית לבני קרח מזמור מה ידידות משכנותיך יהוה צבאות׃ 1
हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!
נכספה וגם כלתה נפשי לחצרות יהוה לבי ובשרי ירננו אל אל חי׃ 2
परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।
גם צפור מצאה בית ודרור קן לה אשר שתה אפרחיה את מזבחותיך יהוה צבאות מלכי ואלהי׃ 3
हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।
אשרי יושבי ביתך עוד יהללוך סלה׃ 4
तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
אשרי אדם עוז לו בך מסלות בלבבם׃ 5
त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।
עברי בעמק הבכא מעין ישיתוהו גם ברכות יעטה מורה׃ 6
आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ ।
ילכו מחיל אל חיל יראה אל אלהים בציון׃ 7
तिनीहरूले बलमाथि बल पाएर जान्‍छन् । तिनीहरूमध्‍ये हरेक सियोनमा परमेश्‍वरको सामु देखा पर्छन् ।
יהוה אלהים צבאות שמעה תפלתי האזינה אלהי יעקב סלה׃ 8
हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला
מגננו ראה אלהים והבט פני משיחך׃ 9
हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस् ।
כי טוב יום בחצריך מאלף בחרתי הסתופף בבית אלהי מדור באהלי רשע׃ 10
किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।
כי שמש ומגן יהוה אלהים חן וכבוד יתן יהוה לא ימנע טוב להלכים בתמים׃ 11
किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न ।
יהוה צבאות אשרי אדם בטח בך׃ 12
हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।

< תהילים 84 >