< תהילים 62 >

למנצח על ידותון מזמור לדוד אך אל אלהים דומיה נפשי ממנו ישועתי׃ 1
परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।
אך הוא צורי וישועתי משגבי לא אמוט רבה׃ 2
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म धेरै डग्‍नेछैन ।
עד אנה תהותתו על איש תרצחו כלכם כקיר נטוי גדר הדחויה׃ 3
तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?
אך משאתו יעצו להדיח ירצו כזב בפיו יברכו ובקרבם יקללו סלה׃ 4
त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला
אך לאלהים דומי נפשי כי ממנו תקותי׃ 5
परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।
אך הוא צורי וישועתי משגבי לא אמוט׃ 6
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।
על אלהים ישעי וכבודי צור עזי מחסי באלהים׃ 7
मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।
בטחו בו בכל עת עם שפכו לפניו לבבכם אלהים מחסה לנו סלה׃ 8
ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला
אך הבל בני אדם כזב בני איש במאזנים לעלות המה מהבל יחד׃ 9
निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्‍तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्‍छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
אל תבטחו בעשק ובגזל אל תהבלו חיל כי ינוב אל תשיתו לב׃ 10
थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।
אחת דבר אלהים שתים זו שמעתי כי עז לאלהים׃ 11
परमेश्‍वरले एक पल्‍ट बोल्नुभएको छ, मैले यो दुई पल्‍ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो ।
ולך אדני חסד כי אתה תשלם לאיש כמעשהו׃ 12
हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।

< תהילים 62 >