< תהילים 38 >

מזמור לדוד להזכיר יהוה אל בקצפך תוכיחני ובחמתך תיסרני׃ 1
हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।
כי חציך נחתו בי ותנחת עלי ידך׃ 2
किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।
אין מתם בבשרי מפני זעמך אין שלום בעצמי מפני חטאתי׃ 3
तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
כי עונתי עברו ראשי כמשא כבד יכבדו ממני׃ 4
किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् ।
הבאישו נמקו חבורתי מפני אולתי׃ 5
मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।
נעויתי שחתי עד מאד כל היום קדר הלכתי׃ 6
म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु ।
כי כסלי מלאו נקלה ואין מתם בבשרי׃ 7
किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
נפוגותי ונדכיתי עד מאד שאגתי מנהמת לבי׃ 8
म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।
אדני נגדך כל תאותי ואנחתי ממך לא נסתרה׃ 9
हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
לבי סחרחר עזבני כחי ואור עיני גם הם אין אתי׃ 10
मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
אהבי ורעי מנגד נגעי יעמדו וקרובי מרחק עמדו׃ 11
मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
וינקשו מבקשי נפשי ודרשי רעתי דברו הוות ומרמות כל היום יהגו׃ 12
मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
ואני כחרש לא אשמע וכאלם לא יפתח פיו׃ 13
तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन ।
ואהי כאיש אשר לא שמע ואין בפיו תוכחות׃ 14
म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।
כי לך יהוה הוחלתי אתה תענה אדני אלהי׃ 15
हे परमप्रभु, निश्‍चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ ।
כי אמרתי פן ישמחו לי במוט רגלי עלי הגדילו׃ 16
म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
כי אני לצלע נכון ומכאובי נגדי תמיד׃ 17
किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।
כי עוני אגיד אדאג מחטאתי׃ 18
म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
ואיבי חיים עצמו ורבו שנאי שקר׃ 19
तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।
ומשלמי רעה תחת טובה ישטנוני תחת רדופי טוב׃ 20
तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
אל תעזבני יהוה אלהי אל תרחק ממני׃ 21
हे परमप्रभु, मलाई नत्याग्‍नुहोस् । हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस् ।
חושה לעזרתי אדני תשועתי׃ 22
हे परमप्रभु, मेरो उद्धार, मलाई सहायता गर्न चाँडो आउनुहोस् ।

< תהילים 38 >