< תהילים 37 >

לדוד אל תתחר במרעים אל תקנא בעשי עולה׃ 1
खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
כי כחציר מהרה ימלו וכירק דשא יבולון׃ 2
किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।
בטח ביהוה ועשה טוב שכן ארץ ורעה אמונה׃ 3
परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।
והתענג על יהוה ויתן לך משאלת לבך׃ 4
परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
גול על יהוה דרכך ובטח עליו והוא יעשה׃ 5
आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ ।
והוציא כאור צדקך ומשפטך כצהרים׃ 6
उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।
דום ליהוה והתחולל לו אל תתחר במצליח דרכו באיש עשה מזמות׃ 7
परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
הרף מאף ועזב חמה אל תתחר אך להרע׃ 8
क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।
כי מרעים יכרתון וקוי יהוה המה יירשו ארץ׃ 9
दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।
ועוד מעט ואין רשע והתבוננת על מקומו ואיננו׃ 10
केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।
וענוים יירשו ארץ והתענגו על רב שלום׃ 11
तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।
זמם רשע לצדיק וחרק עליו שניו׃ 12
दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।
אדני ישחק לו כי ראה כי יבא יומו׃ 13
परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ ।
חרב פתחו רשעים ודרכו קשתם להפיל עני ואביון לטבוח ישרי דרך׃ 14
थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।
חרבם תבוא בלבם וקשתותם תשברנה׃ 15
तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
טוב מעט לצדיק מהמון רשעים רבים׃ 16
धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।
כי זרועות רשעים תשברנה וסומך צדיקים יהוה׃ 17
किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
יודע יהוה ימי תמימם ונחלתם לעולם תהיה׃ 18
परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।
לא יבשו בעת רעה ובימי רעבון ישבעו׃ 19
समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ ।
כי רשעים יאבדו ואיבי יהוה כיקר כרים כלו בעשן כלו׃ 20
तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्‍म हुनेछन् र धूवाँमा हराउनेछन् ।
לוה רשע ולא ישלם וצדיק חונן ונותן׃ 21
दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।
כי מברכיו יירשו ארץ ומקלליו יכרתו׃ 22
परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन् ।
מיהוה מצעדי גבר כוננו ודרכו יחפץ׃ 23
परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ ।
כי יפל לא יוטל כי יהוה סומך ידו׃ 24
त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ ।
נער הייתי גם זקנתי ולא ראיתי צדיק נעזב וזרעו מבקש לחם׃ 25
म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
כל היום חונן ומלוה וזרעו לברכה׃ 26
दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।
סור מרע ועשה טוב ושכן לעולם׃ 27
खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
כי יהוה אהב משפט ולא יעזב את חסידיו לעולם נשמרו וזרע רשעים נכרת׃ 28
किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्‍वासयोग्य अनुयायीहरूलाई त्याग्‍नुहुन्‍न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्‍टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
צדיקים יירשו ארץ וישכנו לעד עליה׃ 29
धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।
פי צדיק יהגה חכמה ולשונו תדבר משפט׃ 30
धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।
תורת אלהיו בלבו לא תמעד אשריו׃ 31
आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।
צופה רשע לצדיק ומבקש להמיתו׃ 32
दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
יהוה לא יעזבנו בידו ולא ירשיענו בהשפטו׃ 33
परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।
קוה אל יהוה ושמר דרכו וירוממך לרשת ארץ בהכרת רשעים תראה׃ 34
परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ ।
ראיתי רשע עריץ ומתערה כאזרח רענן׃ 35
दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
ויעבר והנה איננו ואבקשהו ולא נמצא׃ 36
तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
שמר תם וראה ישר כי אחרית לאיש שלום׃ 37
इमान्‍दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
ופשעים נשמדו יחדו אחרית רשעים נכרתה׃ 38
पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् । दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ ।
ותשועת צדיקים מיהוה מעוזם בעת צרה׃ 39
धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
ויעזרם יהוה ויפלטם יפלטם מרשעים ויושיעם כי חסו בו׃ 40
परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।

< תהילים 37 >