< תהילים 145 >

תהלה לדוד ארוממך אלוהי המלך ואברכה שמך לעולם ועד׃ 1
हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।
בכל יום אברכך ואהללה שמך לעולם ועד׃ 2
हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।
גדול יהוה ומהלל מאד ולגדלתו אין חקר׃ 3
परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ ।
דור לדור ישבח מעשיך וגבורתיך יגידו׃ 4
एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
הדר כבוד הודך ודברי נפלאותיך אשיחה׃ 5
म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु ।
ועזוז נוראתיך יאמרו וגדולתיך אספרנה׃ 6
तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।
זכר רב טובך יביעו וצדקתך ירננו׃ 7
तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
חנון ורחום יהוה ארך אפים וגדל חסד׃ 8
परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।
טוב יהוה לכל ורחמיו על כל מעשיו׃ 9
परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।
יודוך יהוה כל מעשיך וחסידיך יברכוכה׃ 10
हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन् ।
כבוד מלכותך יאמרו וגבורתך ידברו׃ 11
तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्‍नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्‍नेछन् ।
להודיע לבני האדם גבורתיו וכבוד הדר מלכותו׃ 12
तिनीहरूले मानवजातिलाई परमेश्‍वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
מלכותך מלכות כל עלמים וממשלתך בכל דור ודור׃ 13
तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
סומך יהוה לכל הנפלים וזוקף לכל הכפופים׃ 14
असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।
עיני כל אליך ישברו ואתה נותן להם את אכלם בעתו׃ 15
सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
פותח את ידך ומשביע לכל חי רצון׃ 16
तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्‍त पार्नुहुन्छ ।
צדיק יהוה בכל דרכיו וחסיד בכל מעשיו׃ 17
परमप्रभु आफ्‍ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
קרוב יהוה לכל קראיו לכל אשר יקראהו באמת׃ 18
परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
רצון יראיו יעשה ואת שועתם ישמע ויושיעם׃ 19
उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।
שומר יהוה את כל אהביו ואת כל הרשעים ישמיד׃ 20
परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्‍टलाई नाश गर्नुहुनेछ ।
תהלת יהוה ידבר פי ויברך כל בשר שם קדשו לעולם ועד׃ 21
मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

< תהילים 145 >