< תהילים 137 >

על נהרות בבל שם ישבנו גם בכינו בזכרנו את ציון׃ 1
बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
על ערבים בתוכה תלינו כנרותינו׃ 2
त्‍यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुन्डायौं ।
כי שם שאלונו שובינו דברי שיר ותוללינו שמחה שירו לנו משיר ציון׃ 3
हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्‍दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्‍ये एउटा गाओ ।”
איך נשיר את שיר יהוה על אדמת נכר׃ 4
विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
אם אשכחך ירושלם תשכח ימיני׃ 5
हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् ।
תדבק לשוני לחכי אם לא אזכרכי אם לא אעלה את ירושלם על ראש שמחתי׃ 6
मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्‍ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
זכר יהוה לבני אדום את יום ירושלם האמרים ערו ערו עד היסוד בה׃ 7
हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
בת בבל השדודה אשרי שישלם לך את גמולך שגמלת לנו׃ 8
बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।
אשרי שיאחז ונפץ את עלליך אל הסלע׃ 9
जसले तेरा सा-साना बालबच्‍चालाई लिएर चट्टानमा पछार्छ, त्‍यो व्यक्‍ति धन्यको होस् ।

< תהילים 137 >