< תהילים 136 >

הודו ליהוה כי טוב כי לעולם חסדו׃ 1
परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
הודו לאלהי האלהים כי לעולם חסדו׃ 2
देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
הודו לאדני האדנים כי לעולם חסדו׃ 3
प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לעשה נפלאות גדלות לבדו כי לעולם חסדו׃ 4
उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्‍चर्य कामहरू गर्नुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לעשה השמים בתבונה כי לעולם חסדו׃ 5
उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לרקע הארץ על המים כי לעולם חסדו׃ 6
उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לעשה אורים גדלים כי לעולם חסדו׃ 7
उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
את השמש לממשלת ביום כי לעולם חסדו׃ 8
उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्‍य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
את הירח וכוכבים לממשלות בלילה כי לעולם חסדו׃ 9
रातमा राज्‍य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
למכה מצרים בבכוריהם כי לעולם חסדו׃ 10
उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ויוצא ישראל מתוכם כי לעולם חסדו׃ 11
र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ביד חזקה ובזרוע נטויה כי לעולם חסדו׃ 12
शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לגזר ים סוף לגזרים כי לעולם חסדו׃ 13
उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
והעביר ישראל בתוכו כי לעולם חסדו׃ 14
र इस्राएललाई त्‍यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ונער פרעה וחילו בים סוף כי לעולם חסדו׃ 15
तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्‍ट पार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
למוליך עמו במדבר כי לעולם חסדו׃ 16
उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
למכה מלכים גדלים כי לעולם חסדו׃ 17
उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ויהרג מלכים אדירים כי לעולם חסדו׃ 18
उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
לסיחון מלך האמרי כי לעולם חסדו׃ 19
एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ולעוג מלך הבשן כי לעולם חסדו׃ 20
र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ונתן ארצם לנחלה כי לעולם חסדו׃ 21
उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
נחלה לישראל עבדו כי לעולם חסדו׃ 22
उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
שבשפלנו זכר לנו כי לעולם חסדו׃ 23
उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
ויפרקנו מצרינו כי לעולם חסדו׃ 24
उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
נתן לחם לכל בשר כי לעולם חסדו׃ 25
जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
הודו לאל השמים כי לעולם חסדו׃ 26
स्वर्गका परमेश्‍वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

< תהילים 136 >