< מִשְׁלֵי 29 >

איש תוכחות מקשה-ערף-- פתע ישבר ואין מרפא 1
धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।
ברבות צדיקים ישמח העם ובמשל רשע יאנח עם 2
धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
איש-אהב חכמה ישמח אביו ורעה זונות יאבד-הון 3
बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ ।
מלך--במשפט יעמיד ארץ ואיש תרומות יהרסנה 4
राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
גבר מחליק על-רעהו רשת פורש על-פעמיו 5
आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
בפשע איש רע מוקש וצדיק ירון ושמח 6
खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
ידע צדיק דין דלים רשע לא-יבין דעת 7
धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन ।
אנשי לצון יפיחו קריה וחכמים ישיבו אף 8
खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।
איש-חכם--נשפט את-איש אויל ורגז ושחק ואין נחת 9
बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
אנשי דמים ישנאו-תם וישרים יבקשו נפשו 10
रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
כל-רוחו יוציא כסיל וחכם באחור ישבחנה 11
मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
משל מקשיב על-דבר-שקר-- כל-משרתיו רשעים 12
शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।
רש ואיש תככים נפגשו-- מאיר עיני שניהם יהוה 13
गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ ।
מלך שופט באמת דלים-- כסאו לעד יכון 14
राजाले सत्यताद्वारा गरिबको न्याय गर्‍यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
שבט ותוכחת יתן חכמה ונער משלח מביש אמו 15
लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
ברבות רשעים ירבה-פשע וצדיקים במפלתם יראו 16
दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् ।
יסר בנך ויניחך ויתן מעדנים לנפשך 17
आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
באין חזון יפרע עם ושמר תורה אשרהו 18
जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
בדברים לא-יוסר עבד כי-יבין ואין מענה 19
कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
חזית--איש אץ בדבריו תקוה לכסיל ממנו 20
के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
מפנק מנער עבדו ואחריתו יהיה מנון 21
जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्‍ट भोग्‍ने छ ।
איש-אף יגרה מדון ובעל חמה רב-פשע 22
रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
גאות אדם תשפילנו ושפל-רוח יתמך כבוד 23
मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
חולק עם-גנב שונא נפשו אלה ישמע ולא יגיד 24
चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन ।
חרדת אדם יתן מוקש ובוטח ביהוה ישגב 25
मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
רבים מבקשים פני-מושל ומיהוה משפט-איש 26
शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।
תועבת צדיקים איש עול ותועבת רשע ישר-דרך 27
अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।

< מִשְׁלֵי 29 >