< קֹהֶלֶת 1 >

דברי קהלת בן דוד מלך בירושלם 1
यी वचनहरू एक जना उपदेशकका हुन् जो दाऊदका छोरा र यरूशलेमका राजा थिए ।
הבל הבלים אמר קהלת הבל הבלים הכל הבל 2
उपदेशक यसो भन्छन्, “तुवाँलोको बाफ र बतासमा भएको मन्द हावाजस्तै हरेक कुरा व्यर्थ छ, जसले धेरै प्रश्‍न उब्जाउँछ ।
מה יתרון לאדם בכל עמלו--שיעמל תחת השמש 3
मानिसले सूर्यमूनि कठिन परिश्रम गर्दा सारा कामबाट उसले के लाभ पाउँछ र?
דור הלך ודור בא והארץ לעולם עמדת 4
एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।
וזרח השמש ובא השמש ואל מקומו--שואף זורח הוא שם 5
सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।
הולך אל דרום וסובב אל צפון סובב סבב הולך הרוח ועל סביבתיו שב הרוח 6
बतास दक्षिणतिर बहन्छ, र अनि सधैँ उत्तरतिर चक्‍कर मार्छ । त्यो सधैँ आफ्नो मार्गमा जाने र फर्कने गर्छ ।
כל הנחלים הלכים אל הים והים איננו מלא אל מקום שהנחלים הלכים--שם הם שבים ללכת 7
सबै नदी समुद्रमा बगेर जान्छन्, तर समुद्र कहिल्यै भरिँदैन । जहाँ नदीहरू बहन्छन्, तिनीहरू फेरि त्यहीँ जान्छन् ।
כל הדברים יגעים לא יוכל איש לדבר לא תשבע עין לראות ולא תמלא אזן משמע 8
हरेक कुरो विरक्तलाग्दो छ, र कसैले यसको वर्णन गर्न सक्दैन । आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्‍ट हुँदैन, न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्‍ट हुन्छ ।
מה שהיה הוא שיהיה ומה שנעשה הוא שיעשה ואין כל חדש תחת השמש 9
जे भएको छ, त्यो हुने छ, र जे गरिएको छ, त्यो गरिने छ । सूर्यमूनि केही पनि नयाँ छैन ।
יש דבר שיאמר ראה זה חדש הוא כבר היה לעלמים אשר היה מלפננו 10
के यस्तो कुनै कुरो छ जसको विषयमा 'हेर्, यो त नयाँ छ' भन्‍न सकिन्छ? जे अस्तित्वमा छ, त्यो लामो समयदेखि अस्तित्वमा रहिआएको छ, हामीभन्दा धेरै पहिले देखि रहँदै आएको छ ।
אין זכרון לראשנים וגם לאחרנים שיהיו לא יהיה להם זכרון--עם שיהיו לאחרנה 11
प्राचीन कालमा भएका कुराहरू कसैले सम्झन्छजस्तो छैन; धेरै पछि भएका कुराहरू र भविष्यमा हुने कुराहरू पनि कसैले सम्झने छजस्तो छैन ।”
אני קהלת הייתי מלך על ישראל--בירושלם 12
म उपदेशक हुँ, र मैले यरूशलेममा राजा भएर शासन गरेको छु ।
ונתתי את לבי לדרוש ולתור בחכמה על כל אשר נעשה תחת השמים הוא ענין רע נתן אלהים לבני האדם--לענות בו 13
आकाशमूनि गरिने हरेक कुरोलाई बुद्धिद्वारा अध्ययन गर्न र अनुसन्धान गर्न मैले मेरो मन लगाएँ । त्यो अनुसन्धान एउटा कष्‍टकर काम हो जुन परमेश्‍वरले मानिसहरूलाई व्यस्त राख्‍न दिनुभएको हो ।
ראיתי את כל המעשים שנעשו תחת השמש והנה הכל הבל ורעות רוח 14
मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो
מעות לא יוכל לתקן וחסרון לא יוכל להמנות 15
बाङ्गोलाई सोझो बनाउन सकिँदैन । हराएकोलाई गन्‍न सकिँदैन ।
דברתי אני עם לבי לאמר--אני הנה הגדלתי והוספתי חכמה על כל אשר היה לפני על ירושלם ולבי ראה הרבה חכמה ודעת 16
मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्‍त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”
ואתנה לבי לדעת חכמה ודעת הוללת ושכלות ידעתי שגם זה הוא רעיון רוח 17
त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्‍न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।
כי ברב חכמה רב כעס ויוסיף דעת יוסיף מכאוב 18
किनकि बुद्धिको प्रशस्ततामा धेरै निराशा हुन्छ, र ज्ञान बढाउनेले पिर बढाउँछ ।

< קֹהֶלֶת 1 >