< Від Матвія 13 >

1 Того ж дня Ісус вийшов із дому, та й сів біля моря.
त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
2 І бе́зліч наро́ду зібралась до Нього, так що Він увійшов був до чо́вна та й сів, а ввесь на́товп стояв понад берегом.
उहाँको वरिपरि एउटा ठुलो भिड जम्मा भयो । त्यसैले, उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्‍नुभयो । सबै भिड समुद्रको किनारमा उभियो ।
3 І багато навчав Він їх при́тчами, кажучи:
तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।
4 І як сіяв він зе́рна, упали одні край дороги, — і пташки́ налетіли, та їх повидзьо́бували.
जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।
5 Другі ж упали на ґрунт кам'яни́стий, де не мали багато землі, — і негайно посхо́дили, бо земля неглибо́ка була́;
अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।
6 а як сонце зійшло, — то зів'яли, і коріння не мавши, — посохли.
तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
7 А інші попа́дали в те́рен, — і вигнався терен, і їх поглуши́в.
अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
8 Інші ж упали на добрую землю — і зродили: одне в сто раз, друге в шістдеся́т, а те втри́дцятеро.
अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।
9 Хто має ву́ха, щоб слухати, нехай слухає!“
जोसँग कान छ, उसले सुनोस् ।”
10 І учні Його приступили й сказали до Нього: „Чому́ при́тчами Ти промовляєш до них?“
चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”
11 А Він відповів і промовив: „Тому́, що вам да́но пізнати таємни́ці Царства Небесного, — їм же не да́но.
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
12 Бо хто має, то дасться йому́ та дода́сться, хто ж не має, — забереться від нього й те, що́ він має.
किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
13 Я тому́ говорю́ до них при́тчами, що вони, ди́влячися, не бачать, і слухаючи, не чують, і не розуміють.
त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
14 І над ними збувається пророцтво Ісаї, яке промовляє: „Почуєте слухом, — і не зрозумієте, дивитися бу́дете оком, — і не побачите.
तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
15 Затовсті́ло бо серце людей цих, тяжко чують ву́хами вони, і зажму́рили очі свої, щоб коли не побачити очима й не почути ву́хами, і не зрозуміти їм серцем, і не наверну́тись, щоб Я їх уздоро́вив!“
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
16 Очі ж ваші блаженні, що бачать, і ву́ха ваші, що чують.
तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।
17 Бо поправді кажу́ вам, що багато пророків і праведних бажали побачити, що́ бачите ви, — та не бачили, і почути, що́ чуєте ви, — і не чули.
साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।
18 Послухайте ж притчу про сіяча́.
तब बिउ छर्नेको दृष्‍टान्त सुन ।
19 До кожного, хто слухає слово про Царство, але не розуміє, приходить лукавий, і кра́де посіяне в серці його; це те, що посіяне понад дорогою.
जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
20 А посіяне на кам'яни́стому ґрунті, — це той, хто слухає слово, і з радістю зараз приймає його;
ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।
21 але кореня в ньому нема, тому він непостійний; коли ж у́тиск або переслідування настають за слово, то він зараз споку́шується.
तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
22 А між те́рен посіяне, — це той, хто слухає слово, але кло́поти віку цього́ та омана багатства заглу́шують слово, — і воно зостається без пло́ду. (aiōn g165)
काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । (aiōn g165)
23 А посіяне в добрій землі, — це той, хто слухає слово й його розуміє, і плід він прино́сить, і дає один у сто раз, другий у шістдеся́т, а той утри́дцятеро“.
असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
24 Іншу притчу подав Він їм, кажучи: „Царство Небесне подібне до чоловіка, що посіяв був добре насіння на полі своїм.
येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।
25 А коли люди спали, прийшов ворог його, і куколю між пшеницю насіяв, та й пішов.
तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।
26 А як виросло збіжжя та кинуло колос, тоді показався і кукі́ль.
जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
27 І прийшли господаре́ві раби, та й кажуть йому: „Пане, чи ж не добре насіння ти сіяв на полі своїм? Звідки ж узявся кукіль?“
त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’
28 А він їм відказав: „Чоловік супроти́вник нако́їв оце“. А раби відказали йому́: „Отож, — чи не хочеш, щоб пішли ми і його повипо́лювали?“
तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’
29 Але він відказав: „Ні, — щоб, випо́люючи той кукіль, ви не вирвали ра́зом із ним і пшеницю.
त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।
30 Залиші́ть, — хай ра́зом обоє ростуть аж до жнив; а в жнива́ накажу́ я женця́м: Зберіть перше кукі́ль і його пов'яжіть у снопки́, щоб їх попали́ти; пшеницю ж спровадьте до клуні моєї“.
कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
31 Іншу притчу подав Він їм, кажучи: „Царство Небесне подібне до зе́рна гірчи́чного, що взяв чоловік і посіяв на полі своїм.
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
32 Воно найдрібніше з усьо́го насіння, але́, коли ви́росте, більше воно за зілля, і стає деревом, так що птаство небесне злітається, і ку́блиться в ві́ттях його“.
यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
33 Іншу притчу Він їм розпові́в: „Царство Небесне подібне до ро́зчини, що її бере жінка, і кладе на три мірі муки, аж поки все вки́сне“.
त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
34 Це все в при́тчах Ісус говорив до людей, і без при́тчі нічо́го Він їм не казав,
येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।
35 щоб спра́вдилось те, що сказав був пророк, промовляючи: „Відкрию у при́тчах уста́ Свої, розповім таємни́ці від по́чину світу!“
योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
36 Тоді відпустив Він наро́д і додому прийшов. І підійшли Його учні до Нього й сказали: „Поясни́ нам при́тчу про кукі́ль польови́й“.
तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
37 А Він відповів і промовив до них: „Хто добре насіння посіяв був, — це Син Лю́дський,
येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।
38 а поле — це світ, добре ж насіння — це сини Царства, а кукі́ль — сини лукавого;
बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,
39 а ворог, що всіяв його — це диявол, жнива́ — кінець віку, а женці — анголи́. (aiōn g165)
र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् । (aiōn g165)
40 І як збирають кукі́ль, і як па́лять в огні, так буде й напри́кінці віку цього́. (aiōn g165)
त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । (aiōn g165)
41 Пошле Лю́дський Син Своїх анголів, і вони позбирають із Царства Його всі спокуси, і тих, хто чинить беззако́ння,
मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
42 і їх повкида́ють до пе́чі огне́нної, — буде там плач і скре́гіт зубів!
तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
43 Тоді праведники, немов сонце, засяють у Царстві свого Отця. Хто має ву́ха, нехай слухає!
तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।
44 Царство Небесне подібне ще до захо́ваного в полі ска́рбу, що люди́на, знайшовши, ховає його, і з радости з того йде, та й усе, що має, продає та купує те поле.
स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
45 Подібне ще Царство Небесне до того купця, що пошу́кує пе́рел до́брих,
फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।
46 а як зна́йде одну дорогоцінну перли́ну, то йде, і все продає, що має, і купує її.
जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
47 Подібне ще Царство Небесне до не́вода, у море заки́неного, що зібрав він усячину.
फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।
48 Коли він напо́вниться, тягнуть на берег його, і, сівши, вибирають до по́суду добре, непо́тріб же геть викидають.
जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।
49 Так буде й напри́кінці віку: анголи́ повиходять, і вилучать злих з-поміж праведних, (aiōn g165)
संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् । (aiōn g165)
50 і їх повкидають до пе́чі огне́нної, — буде там плач і скре́гіт зубів!
उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
51 Чи ви зрозуміли це все?“— „Так!“відказали Йому.
के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”
52 І Він їм сказав: „Тому́ кожен книжник, що навче́ний про Царство Небесне, подібний до того госпо́даря, що з скарбниці своєї виносить нове́ та старе“.
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
53 І сталось, як скінчи́в Ісус притчі оці, Він зві́дти пішов.
येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।
54 І прийшов Він до Своєї ба́тьківщини, і навчав їх у їхнїй синаго́зі, так що стали вони дивуватися й питати: „Звідки в Нього ця мудрість та си́ли чудоді́йні?
तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?
55 Чи ж Він не син те́слі? Чи ж мати Його не Марією зветься, а брати Його — Яків, і Йо́сип, і Симон та Юда?
के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
56 І чи ж се́стри Його не всі з нами? Звідки ж Йому́ все оте?“
अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त?”
57 І вони спокуша́лися Ним. А Ісус їм сказав: „Пророка нема без пошани, — хіба тільки в вітчи́зні своїй та в домі своїм!“
तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
58 І Він не вчинив тут чуд багатьо́х через їхню невіру.
र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।

< Від Матвія 13 >