< 2 до коринтян 8 >

1 Даємо ж вам знати, браттє, про благодать Божу, дану церквам Македонським,
भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।
2 що у великому допустї горя наддостаток радощів їх, і до глибини убожество їх достаткувадо багацтвом щирости їх.
कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।
3 Бо вони по силї - се я сьвідкую - і над силу доброхітні.
म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए ।
4 З великим благаннєм благали нас прийняти дар і товаришуваннє (спілність) в служенню сьвятим.
तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।
5 І не, яко ж ми надіялись, а оддали себе перш Господеві, та й нам, волею Божою;
यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।
6 тим то ми вблагали Тита, щоб, яко ж перше почав, так і скінчив у вас благодать сю.
त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ ।
7 А ви, яко ж у всьому достаткуєте вірою, і словом, і знаннєм, і всяким дбаннєм, і любовю вашою до нас, щоб і в сїй благодатї достаткували.
तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।
8 Не повеліваючи глаголю, а через дбаннє инших хочу допевнитись в щирості вашої любови.
म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।
9 Знаєте бо благодать Господа нашого Ісуса Христа, що задля вас з'убожів, бувши багатим, щоб ви убожеством Його збагатились.
किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक ।
10 І в сьому даю раду: се бо вам на користь, котрі не тільки робити, та й хотіти перш почали від торішнього літа.
यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।
11 Тепер же і кінчіть роботу, щоб яко ж була охота хотїти, так щоб і скінчили по спромозї.
अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर ।
12 Бо коли в кого в охота, то вона приятна по тому, як хто мав, а не по тому, як хто не мав.
किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
13 (Нехай) бо не (буде) иншим одрада, а вам горе, а по рівнотї:
किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ ।
14 в теперешнїй час ваш достаток про їх недостаток, щоб і їх достаток був про ваш недостаток, щоб була рівнота,
तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
15 яко ж писано: хто (назбирав) багато, не надто мав, і хто мало, не мав недостатку.
यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।”
16 Дякуємо ж Богові, що дав таке щире дбаннє про вас у серце Титу.
तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।
17 Бо благаннє таки прийняв, та й, бувши прихильнішим своєю охотою, вийшов до вас.
किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए ।
18 Послали ж ми з ним і брата, котрого похвала в євангелию по всіх церквах.
सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ ।
19 Не тільки ж се; а він і вибраний від церков товариш наш з сією благодаттю, що нею служимо на славу самого Господа й на одраду вашу,
त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो ।
20 остерегаючись того, щоб хто не дорікав нам достатком сім, котрим ми служимо,
हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।
21 промишляючи про добре не тільки перед Богом, та й перед людьми.
हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।
22 Послали ж з ними брата нашого, про котрого ми допевнились, що він у многому дуже пильний, тепер же він ще пильнїший, у великій надїї на вас.
हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।
23 Що до Тита, то він мій товариш і помічник про вас; що до братів наших, вони посланники церков, слава Христова.
तीतसको सन्दर्भमा भन्‍नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्‍टका महिमा हुन् ।
24 Покажіть же доказ любови вашої і хвалення нашого вами перед ними й перед лицем церков.
त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।

< 2 до коринтян 8 >