< Nehemya 9 >

1 Aynı ayın yirmi dördüncü günü İsrailliler toplandı. Hepsi oruç tutmuş, çul kuşanmış, başına toprak serpmişti.
अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
2 İsrail soyundan gelenler bütün yabancılardan ayrılmıştı. Günahlarını ve atalarının yaptığı kötülükleri ayakta itiraf ettiler.
इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।
3 Oldukları yerde durup günün dörtte biri boyunca Tanrıları RAB'bin Yasa Kitabı'nı okudular. Günün öbür dörtte birindeyse günahlarını itiraf ederek Tanrıları RAB'be tapındılar.
तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
4 Levililer'e yüksekçe bir yer ayrılmıştı. Yeşu, Bani, Kadmiel, Şevanya, Bunni, Şerevya, Bani ve Kenani orada oturuyordu. Ayağa kalkıp yüksek sesle Tanrıları RAB'be yakardılar.
लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे ।
5 Levililer'den Yeşu, Kadmiel, Bani, Haşavneya, Şerevya, Hodiya, Şevanya ve Petahya halka, “Ayağa kalkın!” dediler, “Başlangıçtan sonsuza kadar var olan Tanrınız RAB'be övgüler olsun. ‘Ya Rab senin kutsal adın öyle yücedir ki, bizim yüceltmelerimiz, övgülerimiz yetersiz kalır.’”
तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
6 Halk şöyle dua etti: “Tek RAB sensin. Gökleri, göklerin göklerini, bütün gök cisimlerini, yeryüzünü ve içindeki her şeyi, denizleri ve içlerindeki her şeyi sen yarattın. Hepsine sen can verdin. Bütün gök cisimleri sana tapınır.
तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
7 “Ya RAB, Avram'ı seçen, onu Kildaniler'in Ur Kenti'nden çıkaran, ona İbrahim adını veren Tanrı sensin.
तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।
8 Onu kendine yürekten bağlı buldun ve onunla bir antlaşma yaptın. Kenanlı, Hitit, Amorlu, Perizli, Yevus ve Girgaş topraklarını onun soyuna vereceğim deyip sözünü tuttun. Çünkü sen doğrusun.
तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।
9 “Atalarımızın Mısır'da çektiklerini gördün, Kamış Denizi'nde yakarışlarını işittin.
तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो ।
10 Firavuna, görevlilerine ve ülkesinin halkına karşı mucizeler, harikalar yarattın. Çünkü atalarımızı nasıl ezdiklerini biliyordun. Bugün olduğu gibi ün kazandın.
तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ ।
11 Denizi yararak atalarımıza yol açtın. Denizin ortasından, kuru topraktan geçip gittiler. Onları kovalayanları ise bir taş gibi azgın derin sulara fırlattın.
त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
12 Gündüzün bir bulut sütunuyla, geceleyin yollarına ışık tutmak için bir ateş sütunuyla atalarımıza yol gösterdin.
तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
13 “Sina Dağı'na indin, onlarla göklerden konuştun. Onlara doğru ilkeler, adil yasalar, iyi kurallar, buyruklar verdin.
तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।
14 Kutsal Şabat Günü'nü bildirdin. Kulun Musa aracılığıyla buyruklar, kurallar, yasalar verdin.
तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
15 Acıktıklarında gökten ekmek verdin, susadıklarında kayadan su çıkardın. Onlara vermeye ant içtiğin ülkeye girmelerini, orayı mülk edinmelerini buyurdun.
तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
16 “Ama atalarımız gurura kapıldı; dikbaşlılık edip buyruklarına uymadılar.
तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।
17 Söz dinlemek istemediler, aralarında yaptığın harikaları unuttular. Dikbaşlılık ettiler, eski kölelik yaşamlarına dönmek için kendilerine bir önder bularak başkaldırdılar. Ama sen bağışlayan, iyilik yapan, acıyan, tez öfkelenmeyen, sevgisi engin bir Tanrı'sın. Onları terk etmedin.
तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।
18 Kendilerine buzağı biçiminde dökme bir put yaptılar, ‘Sizi Mısır'dan çıkaran Tanrınız budur!’ diyerek seni çok aşağıladılar.
तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि
19 Yine de, yüce merhametinden ötürü onları çölde bırakmadın. Gündüzün yol göstermek için bulut sütununu, geceleyin yollarına ışık tutmak için ateş sütununu önlerinden eksik etmedin.
तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।
20 Onları eğitmek için iyi Ruhun'u verdin. Ağızlarından manı eksiltmedin. Susadıklarında onlara su verdin.
तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।
21 Kırk yıl onları çölde besledin. Hiç eksikleri olmadı. Ne giysileri eskidi, ne de ayakları şişti.
चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।
22 “Onlara ülkeler, uluslar verdin, aralarında bölüştürdün. Heşbon Kralı Sihon'un, Başan Kralı Og'un ülkesini mülk edindiler.
तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
23 Onlara gökteki yıldızlar kadar çocuk verdin. Onları, mülk edinmek üzere atalarına söz verdiğin ülkeye getirdin.
तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
24 Çocukları Kenan ülkesini ele geçirip mülk edindiler. Ülke halkının onlara boyun eğmesini sağladın. Krallarını ve ülkedeki halkları istediklerini yapsınlar diye ellerine teslim ettin.
त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
25 Surlu kentler, verimli topraklar ele geçirdiler. Güzel eşyalarla dolu evlere, kazılmış sarnıçlara, bağlara, zeytinliklere, çok sayıda meyve ağacına sahip oldular. Yediler, doydular, beslendiler ve onlara yaptığın büyük iyiliklere sevindiler.
तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
26 “Ama halkın söz dinlemedi, sana başkaldırdı. Yasana sırt çevirdiler, sana dönmeleri için kendilerini uyaran peygamberleri öldürdüler. Seni çok aşağıladılar.
तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।
27 Bu yüzden onları düşmanlarının eline teslim ettin. Düşmanları onları ezdi. Sıkıntıya düşünce sana feryat ettiler. Onları göklerden duydun, yüce merhametinden ötürü kurtarıcılar gönderdin. Bunlar halkı düşmanlarının elinden kurtardı.
त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
28 “Ne var ki İsrail halkı rahata kavuşunca yine senin gözünde kötü olanı yaptı. Bu yüzden onları düşmanlarının eline terk ettin. Düşmanları onlara egemen oldu. Yine sana yönelip feryat ettiler. Onları göklerden duydun ve merhametinden ötürü defalarca kurtardın.
तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।
29 “Onları Kutsal Yasan'a dönmeleri için uyardınsa da, gurura kapılarak buyruklarına karşı geldiler. Kurallarını çiğneyip günah işlediler. Oysa kim kurallarına bağlı kalırsa yaşam bulur. İnatla sana sırt çevirdiler, dinlemek istemediler.
तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।
30 Yıllarca onlara katlandın. Ruhun'la, peygamberlerin aracılığıyla onları uyardın. Ama kulak asmadılar. Bunun üzerine onları çeşitli ülke halklarının ellerine teslim ettin.
धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
31 Yüce merhametinden ötürü yok olmalarına izin vermedin. Onları terk etmedin. Çünkü sen iyilik yapan, acıyan bir Tanrı'sın.
तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।
32 “Ey Tanrımız! Sen antlaşmana bağlı kalırsın. Güçlü, görkemli, yüce bir Tanrı'sın. Asur krallarının döneminden bugüne kadar krallarımız, önderlerimiz, kâhinlerimiz, peygamberlerimiz, atalarımız ve bütün halk acı çekti. Çektiklerimizi küçümseme.
त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
33 Başımıza gelen bütün olaylarda sen hep adil davrandın, doğru olanı yaptın, bizse kötülük yaptık.
हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।
34 Krallarımız, önderlerimiz, kâhinlerimiz, atalarımız yasana göre yaşamadılar. Verdiğin buyrukları, yaptığın uyarıları dinlemediler.
हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
35 Ülkelerinde onlara sağladığın bolluk içinde, önlerine serdiğin geniş, verimli topraklarda sana kulluk etmediler, kötülüklerinden dönmediler.
तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।
36 “Bak, bugün köleyiz. Meyvelerini, iyi ürünlerini yesinler diye atalarımıza verdiğin ülkede köle olduk.
हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
37 Günahlarımız yüzünden ürünlerimizin çoğunu başımıza getirdiğin krallara veriyoruz. Bizi de, hayvanlarımızı da istedikleri gibi kullanıyorlar. Büyük sıkıntı içindeyiz.”
हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!
38 “Bütün bu olanlardan ötürü biz İsrail halkı olarak kesin bir yazılı antlaşma yapıyoruz. Önderlerimiz, Levililerimiz ve kâhinlerimiz de antlaşmayı mühürlüyor.”
यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”

< Nehemya 9 >