< Hâkimler 13 >

1 İsrailliler yine RAB'bin gözünde kötü olanı yaptılar. RAB de onları kırk yıl süreyle Filistliler'in boyunduruğuna terk etti.
इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो ।
2 Dan oymağından Soralı bir adam vardı. Adı Manoah'tı. Karısı kısırdı ve hiç çocuğu olmamıştı.
त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो । तिनकी पत्‍नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन् ।
3 RAB'bin meleği kadına görünerek, “Kısır olduğun, çocuk doğurmadığın halde gebe kalıp bir oğul doğuracaksın” dedi,
परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
4 “Bundan böyle şarap ya da içki içmemeye dikkat et, murdar bir şey yeme.
अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ ।
5 Çünkü gebe kalıp bir oğul doğuracaksın. Onun başına ustura değmeyecek. Çünkü o daha rahmindeyken Tanrı'ya adanmış olacak. İsrail'i Filistliler'in elinden kurtarmaya başlayacak olan odur.”
हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्‍नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।”
6 Kadın kocasına gidip, “Yanıma bir Tanrı adamı geldi” dedi, “Tanrı'nın meleğine benzer görkemli bir görünüşü vardı. Nereden geldiğini sormadım. Bana adını da söylemedi.
तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।
7 Ama, ‘Gebe kalıp bir oğul doğuracaksın’ dedi, ‘Bundan böyle şarap ve içki içme, murdar bir şey yeme. Çünkü çocuk ana rahmine düştüğü andan öleceği güne dek Tanrı'nın adanmışı olacak.’”
उहाँले मलाई भन्‍नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्‍यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’”
8 Manoah RAB'be şöyle yakardı: “Ya Rab, gönderdiğin Tanrı adamının yine gelmesini, doğacak çocuk için ne yapmamız gerektiğini bize öğretmesini dilerim.”
त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”
9 Tanrı Manoah'ın yakarışını duydu. Kadın tarladayken Tanrı'nın meleği yine ona göründü. Ne var ki, Manoah karısının yanında değildi.
परमेश्‍वरले मानोहको पुकार सुन्‍नुभयो, र परमेश्‍वरका दूत फेरि ती स्‍त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।
10 Kadın haber vermek için koşa koşa kocasına gitti. “İşte geçen gün yanıma gelen adam yine bana göründü!” dedi.
यसैले ती स्‍त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”
11 Manoah kalkıp karısının ardısıra gitti. Adamın yanına varınca, “Karımla konuşan adam sen misin?” diye sordu. Adam, “Evet, benim” dedi.
मानोह उठे र आफ्नी पत्‍नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्‍नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”
12 Manoah, “Söylediklerin yerine geldiğinde, çocuğun yaşamı ve göreviyle ilgili yargı ne olacak?” diye sordu.
यसैले मानोहले भने, “तपाईंका वचन पुरा होऊन् । त्यो बालकको निम्ति नियमहरू के हुनेछन्, र उसको काम के हुनेछ?”
13 RAB'bin meleği, “Karın kendisine söylediğim her şeyden sakınsın” diye karşılık verdi,
परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ ।
14 “Asmanın ürününden üretilen hiçbir şey yemesin, şarap ve içki içmesin. Murdar bir şey yemesin. Buyurduklarımın hepsini yerine getirsin.”
दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू । मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ ।”
15 Manoah, “Seni alıkoymak, onuruna bir oğlak kesmek istiyoruz” dedi.
मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्‍नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।”
16 RAB'bin meleği, “Beni alıkoysan da hazırlayacağın yemeği yemem” dedi, “Yakmalık bir sunu sunacaksan, RAB'be sunmalısın.” Manoah onun RAB'bin meleği olduğunu anlamamıştı.
परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)
17 RAB'bin meleğine, “Adın ne?” diye sordu, “Bilelim ki, söylediklerin yerine geldiğinde seni onurlandıralım.”
मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”
18 RAB'bin meleği, “Adımı niçin soruyorsun?” dedi, “Adım tanımlanamaz.”
परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्‍चर्यपूर्ण छ!”
19 Manoah bir oğlakla tahıl sunusunu aldı, bir kayanın üzerinde RAB'be sundu. O anda Manoah'la karısının gözü önünde şaşılacak şeyler oldu:
यसैले मानोहले अन्‍नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए । मानोह र तिनकी पत्‍नीले हेरिरहँदा उहाँले केही आश्‍चर्य काम गर्नुभयो ।
20 RAB'bin meleği sunaktan yükselen alevle birlikte göğe yükseldi. Bunu gören Manoah'la karısı yüzüstü yere kapandılar.
जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्‍नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्‍टो पारे ।
21 RAB'bin meleği Manoah'la karısına bir daha görünmeyince, Manoah onun RAB'bin meleği olduğunu anladı.
परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।
22 Karısına, “Kesinlikle öleceğiz” dedi, “Çünkü Tanrı'yı gördük.”
मानोहले आफ्नी पत्‍नीलाई भने, “हामी निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं!”
23 Karısı, “RAB bizi öldürmek isteseydi, yakmalık sunuyu ve tahıl sunusunu kabul etmezdi” diye karşılık verdi, “Bütün bunları bize göstermezdi. Bugün söylediklerini de işitmezdik.”
तर तिनकी पत्‍नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्‍छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुन्‍नथ्‍यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्‍नथ्‍यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्‍नुहुन्‍थ्‍यो ।”
24 Ve kadın bir erkek çocuk doğurdu. Adını Şimşon koydu. Çocuk büyüyüp gelişti. RAB de onu kutsadı.
पछि ती स्‍त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन् । त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो ।
25 RAB'bin Ruhu Sora ile Eştaol arasında, Mahane-Dan'da bulunan Şimşon'u yönlendirmeye başladı.
परमप्रभुको आत्माले तिनलाई सोरा र एश्‍तोलको बिच महनेह-दानमा उत्तेजित पार्न सुरु गर्नुभयो ।

< Hâkimler 13 >