< Yeşu 17 >

1 Yusuf'un büyük oğlu Manaşşe'nin oymağı için kura çekildi. –Gilat ve Başan, Manaşşe'nin ilk oğlu Makir'e verilmişti. Çünkü Gilatlılar'ın atası olan Makir büyük bir savaşçıydı.–
यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।
2 Manaşşe soyundan gelen öbürleri –Aviezer, Helek, Asriel, Şekem, Hefer ve Şemidaoğulları– bu kuranın içindeydi. Bunlar boylarına göre Yusuf oğlu Manaşşe'nin erkek çocuklarıydı.
यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।
3 Bunlardan Manaşşe oğlu, Makir oğlu, Gilat oğlu, Hefer oğlu Selofhat'ın erkek çocuğu olmadı; yalnız Mahla, Noa, Hogla, Milka ve Tirsa adında kızları vardı.
मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।
4 Bunlar, Kâhin Elazar'a, Nun oğlu Yeşu'ya ve önderlere gidip şöyle dediler: “RAB, Musa'ya erkek akrabalarımızla birlikte bize de mirastan pay verilmesini buyurdu.” RAB'bin bu buyruğu üzerine Yeşu, amcalarıyla birlikte onlara da mirastan pay verdi.
तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।
5 Böylece Manaşşe oymağına Şeria Irmağı'nın doğusundaki Gilat ve Başan bölgelerinden başka on pay verildi.
गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,
6 Çünkü Manaşşe'nin kız torunları da erkek torunların yanısıra mirastan pay almışlardı. Gilat bölgesi ise Manaşşe'nin öbür oğullarına verilmişti.
किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।
7 Manaşşe sınırı Aşer sınırından Şekem yakınındaki Mikmetat'a uzanıyor, buradan güneye kıvrılarak Eyn-Tappuah halkının topraklarına varıyordu.
मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो ।
8 Tappuah Kenti'ni çevreleyen topraklar Manaşşe'nindi. Ama Manaşşe sınırındaki Tappuah Kenti Efrayimoğulları'na aitti.
(तप्‍पूहको भू-भाग मनश्शेको थियो, तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो ।)
9 Sonra sınır Kana Vadisi'ne iniyordu. Vadinin güneyinde Manaşşe kentleri arasında Efrayim'e ait kentler de vardı. Manaşşe sınırları vadinin kuzeyi boyunca uzanarak Akdeniz'de son buluyordu.
त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो । मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए । मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो र यो समुद्रमा टुङ्गिएको थियो ।
10 Güneydeki topraklar Efrayim'in, kuzeydeki topraklarsa Manaşşe'nindi. Böylece Manaşşe bölgesi Akdeniz'le, kuzeyde Aşer'le ve doğuda İssakar'la sınırlanmıştı.
दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो ।
11 İssakar ve Aşer'e ait topraklardaki Beytşean ve köyleri, Yivleam'la köyleri, Dor, yani Dor sırtları halkıyla köyleri, Eyn-Dor halkıyla köyleri, Taanak halkıyla köyleri, Megiddo halkıyla köyleri Manaşşe'ye aitti.
इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) ।
12 Ne var ki, Manaşşeoğulları bu kentleri tümüyle ele geçiremediler. Çünkü Kenanlılar buralarda yaşamaya kararlıydı.
तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन्, किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे ।
13 İsrailliler güçlenince, Kenanlılar'ı sürecek yerde, onları angaryasına çalıştırmaya başladılar.
जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् ।
14 Yusufoğulları Yeşu'ya gelip, “Mülk olarak bize neden tek kurayla tek pay verdin?” dediler, “Çok kalabalığız. Çünkü RAB bizi bugüne dek alabildiğine çoğalttı.”
त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, “तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको छ?”
15 Yeşu, “O kadar kalabalıksanız ve Efrayim'in dağlık bölgesi size dar geliyorsa, Perizliler'in ve Refalılar'ın topraklarındaki ormanlara çıkıp kendinize yer açın” diye karşılık verdi.
यहोशूले तिनीहरूलाई भने, “यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।”
16 Yusufoğulları, “Dağlık bölge bize yetmiyor” dediler, “Ancak hem Beytşean ve köylerinde, hem de Yizreel Vadisi'nde oturanların, ovada yaşayan bütün Kenanlılar'ın demirden savaş arabaları var.”
योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् ।
17 Yeşu Yusufoğulları'na, Efrayim ve Manaşşe oymaklarına şöyle dedi: “Kalabalıksınız ve çok güçlüsünüz. Tek kuraya kalmayacaksınız.
त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन ।
18 Dağlık bölge de sizin olacak. Orası ormanlıktır, ama ağaçları kesip açacağınız bütün topraklar sizin olur. Kenanlılar güçlüdür, demirden savaş arabalarına sahiptirler ama, yine de onları sürersiniz.”
पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”

< Yeşu 17 >