< Yeremya 4 >

1 “Eğer geri dönersen, ey İsrail, Eğer bana geri dönersen” diyor RAB, “İğrenç putlarını gözümün önünden uzaklaştırır, Bir daha yoldan sapmazsan;
यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,
2 ‘RAB'bin varlığı hakkı için’ diyerek Sadakatle, adaletle, doğrulukla ant içersen, Uluslar O'nun aracılığıyla kutsanacak, O'nunla övünecekler.”
'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।”
3 RAB Yahuda ve Yeruşalim halkına şöyle diyor: “İşlenmemiş toprağınızı sürün, Dikenler arasına ekmeyin.
यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।
4 Ey sizler, Yahuda halkı ve Yeruşalim'de yaşayanlar, Kendinizi RAB'be adayın, Bunu engelleyen her şeyi yüreğinizden uzaklaştırın. Yoksa yaptığınız kötülüklerden ötürü Öfkem ateş gibi yağacak, Her şeyi yiyip bitirecek Ve söndüren olmayacak.”
हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ ।
5 “Yahuda'da duyurun, Yeruşalim'de ilan edin, ‘Ülkede boru çalın!’ deyin, ‘Toplanın’ diye haykırın, ‘Surlu kentlere kaçalım!’
यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।'
6 Siyon'a giden yolu gösteren Bir işaret koyun! Güvenliğiniz için kaçın! Durmayın! Üzerinize kuzeyden felaket, Büyük yıkım getirmek üzereyim.”
सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
7 Aslan ininden çıktı, Ulusları yok eden yola koyuldu. Ülkenizi viran etmek için Yerinden ayrıldı. Kentleriniz yerle bir edilecek, İçlerinde yaşayan kalmayacak.
आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
8 Onun için çula sarının, Dövünüp haykırın, Çünkü RAB'bin kızgın öfkesi üzerimizden kalkmadı.
यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।
9 “O gün” diyor RAB, “Kral da önderler de yılacak, Kâhinler şaşkına dönecek, Peygamberler donakalacak.”
यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”
10 O zaman, “Ah, Egemen RAB” dedim, “‘Esenlikte olacaksınız’ diyerek bu halkı da Yeruşalim'i de tam anlamıyla aldattın. Çünkü kılıç boğazımıza dayandı.”
त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”
11 O zaman bu halka ve Yeruşalim'e, “Çöldeki çıplak tepelerden halkıma doğru sıcak bir rüzgar esiyor, ama harman savurmak ya da ayırmak için değil” denecek,
त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन ।
12 “Benden gelen bu rüzgar çok daha güçlü olacak. Şimdi bu halka yargılarımı bildiriyorum.”
मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु ।
13 İşte düşman bulut gibi ilerliyor; Savaş arabaları kasırga sanki, Atları kartallardan daha çevik. Vay başımıza! Mahvolduk!
हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं ।
14 Ey Yeruşalim, yüreğini kötülükten arındır ki, Kurtulasın. Ne zamana dek yüreğinde kötü düşünceler barındıracaksın?
ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ?
15 Dan'dan bir ses bildiriyor, Efrayim dağlarından kötü haber duyuruyor!
दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ ।
16 “Uluslara duyurun, Yeruşalim'e bildirin: ‘Uzak bir ülkeden gelen ordu çevresini kuşatacak, Yahuda kentlerine karşı Savaş naraları atacaklar.
जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् ।
17 Bir tarlayı koruyanlar gibi Kuşatacaklar Yeruşalim'i. Çünkü Yeruşalim bana başkaldırdı’” diyor RAB.
तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो,
18 “Kendi davranışların, kendi yaptıkların Başına gelmesine neden oldu bunların. Cezan bu. Ne acı! Nasıl da yüreğine işliyor!”
र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
19 Ah, içim, içim! Acıdan kıvranıyorum. Ah, yüreğim, yüreğim çarpıyor. Sessiz duramıyorum! Çünkü boru sesini, savaş naralarını işittim!
ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
20 Felaket felaketi izliyor, Bütün ülke viran oldu. Bir anda çadırlarım, Perdelerim yok oldu.
विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए ।
21 Ne zamana dek düşman sancağını görmek, Boru sesini duymak zorunda kalacağım?
मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु?
22 “Halkım akılsızdır, Beni tanımıyor. Aptal çocuklardır, Akılları yok. Kötülük etmeyi iyi bilir, İyilik etmeyi bilmezler” diyor RAB.
मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।
23 Ben Yeremya yere baktım, şekilsizdi, boştu, Göğe baktım, ışık yoktu.
मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।
24 Dağlara baktım, titriyorlardı, Bütün tepeler sarsılıyordu.
मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
25 Baktım, insan yoktu, Gökte uçan bütün kuşlar kaçmıştı.
मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।
26 Baktım, verimli toprak çöle dönmüş, Bütün kentler yıkılmıştı. Bütün bunlar RAB'bin yüzünden, O'nun kızgın öfkesi yüzünden olmuştu.
मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
27 RAB diyor ki, “Bütün ülke viran olacak, Ama onu büsbütün yok etmeyeceğim.
परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ ।
28 Bu yüzden yeryüzü yasa gömülecek, Gök kararacak; Çünkü ben söyledim, ben tasarladım. Fikrimi değiştirmeyecek, Verdiğim karardan dönmeyeceğim.”
यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ ।
29 Her kentin halkı, Atlılarla okçuların gürültüsünden kaçıyor. Kimi çalılıklara giriyor, Kimi kayalıklara tırmanıyor. Bütün kentler terk edildi, Oralarda kimse yaşamıyor.
घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
30 Ey sen, viran olmuş kent, Kırmızı giysiler giymekle, Altın süsler bezenmekle, Gözüne sürme çekmekle ne elde edeceksin? Kendini böyle güzelleştirmen boşuna. Oynaşların seni küçümsüyor, Canını almak istiyorlar.
अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस्? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् ।
31 Sancı çeken kadının haykırışını, İlk çocuğunu doğuran kadının çektiği acıyı, Ellerini uzatmış, soluğu kesilmiş Siyon kızının, “Eyvah! Katillerin karşısında bayılıyorum” Diye haykırdığını işitir gibi oldum.
त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”

< Yeremya 4 >