< Yeşaya 34 >

1 Ey uluslar, işitmek için yaklaşın! Ey halklar, kulak verin! Dünya ve üzerindeki herkes, Yeryüzü ve ondan türeyenlerin hepsi işitsin!
ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।
2 RAB bütün uluslara öfkelendi, Onların ordularına karşı gazaba geldi. Onları tümüyle mahvolmaya, Boğazlanmaya teslim edecek.
किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।
3 Ölüleri dışarı atılacak, Pis kokacak cesetleri; Dağlar kanlarıyla sulanacak.
तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।
4 Bütün gök cisimleri küçülecek, Gökler bir tomar gibi dürülecek; Gök cisimleri, asma yaprağı, İncir yaprağı gibi dökülecek.
आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
5 “Kılıcım göklerde kanıncaya kadar içti. Şimdi de Edom'un, Tümüyle yıkmaya karar verdiğim halkın Üzerine inecek” diyor RAB.
किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।
6 RAB'bin kılıcı kana, Kuzu ve teke kanına doydu; Yağla, koç böbreklerinin yağıyla kaplandı. Çünkü RAB'bin Bosra'da bir kurbanı, Edom'da büyük bir kıyımı var.
परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
7 Onlarla birlikte yaban öküzleri, Körpe boğalarla güçlü boğalar da yere serilecek. Toprakları kana doyacak, yağla sulanacak.
तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
8 Çünkü RAB'bin bir öç günü, Siyon'un davasını güdeceği bir karşılık yılı olacak.
किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।
9 Edom dereleri zifte, toprağı kükürde dönecek; ülkenin her yanı yanan zift olacak.
एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
10 Zift gece gündüz sönmeyecek, dumanı hep tütecek. Ülke kuşaklar boyu ıssız kalacak, sonsuza dek oradan kimse geçmeyecek.
त्‍यो रातदिन जल्‍नेछ । त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन ।
11 Baykuşların mülkü olacak orası, büyük baykuşlarla kargalar yaşayacak orada. RAB, Edom'un üzerine kargaşa ipini, boşluk çekülünü gerecek.
तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् । उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
12 Kral ilan edebilecekleri soylular kalmayacak, bütün önderlerinin sonu gelecek.
राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन् ।
13 Saraylarında dikenler, kalelerinde ısırganlarla böğürtlenler bitecek. Orası çakalların barınağı, baykuşların yurdu olacak.
त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन् । त्‍यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
14 Yabanıl hayvanlarla sırtlanlar orada buluşacak, tekeler karşılıklı böğürecek. Lilit oraya yerleşip rahata kavuşacak.
त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
15 Baykuşlar orada yuva kurup yumurtlayacak, kuluçkaya yatıp yavrularını kendi gölgelerinde toplayacak. Çaylaklar eşleşip orada toplanacaklar.
लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
16 RAB'bin kitabını okuyup araştırın: Bunlardan hiçbiri eksik kalmayacak, eşten yoksun hiçbir hayvan olmayacak. Çünkü bu buyruk RAB'bin ağzından çıktı, Ruhu da onları toplayacak.
परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।
17 RAB onlar için kura çekti, ülkeyi ölçüp aralarında pay etti. Orayı sonsuza dek sahiplenip kuşaklar boyu orada yaşayacaklar.
उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

< Yeşaya 34 >