< Yeşaya 31 >

1 Vay haline yardım bulmak için Mısır'a inenlerin! Atlara, çok sayıdaki savaş arabalarına, Kalabalık atlılara güveniyorlar, Ama İsrail'in Kutsalı'na güvenmiyor, RAB'be yönelmiyorlar.
सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
2 Oysa bilge olan RAB'dir. Felaket getirebilir ve sözünü geri almaz. Kötülük yapan soya, Suç işleyenlerin yardımına karşı çıkar.
तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
3 Mısırlılar Tanrı değil, insandır, Atları da ruh değil, et ve kemiktir. RAB'bin eli kalkınca yardım eden tökezler, Yardım gören düşer, hep birlikte yok olurlar.
मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
4 Çünkü RAB bana dedi ki, “Avının başında homurdanan aslan Bir araya çağrılan çobanlar topluluğunun Bağırıp çağırmasından yılmadığı, gürültüsüne aldırmadığı gibi, Her Şeye Egemen RAB de Siyon Dağı'nın doruğuna inip savaşacak.
परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।
5 Her Şeye Egemen RAB Kanat açmış kuşlar gibi koruyacak Yeruşalim'i. Koruyup özgür kılacak, esirgeyip kurtaracak onu.”
गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।
6 Ey İsrailoğulları, Bunca vefasızlık ettiğiniz RAB'be dönün.
ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।
7 Çünkü hepiniz günahkâr ellerinizle yaptığınız Altın ve gümüş putları o gün reddedip atacaksınız.
किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।
8 Asur kılıca yenik düşecek, Ama insan kılıcına değil. Halkı kılıçtan geçirilecek, Ama bu insan kılıcı olmayacak. Kimileri kaçıp kurtulacak, Gençleri de angaryaya koşulacak.
अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
9 Asur Kralı dehşet içinde kaçacak, Önderleri sancağı görünce dehşete kapılacak. Siyon'da ateşi, Yeruşalim'de ocağı bulunan RAB söylüyor bunları.
त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”

< Yeşaya 31 >