< Yeşaya 26 >

1 O gün Yahuda'da şu ilahi söylenecek: Güçlü bir kentimiz var. Çünkü Tanrı'nın kurtarışı Kente sur ve duvar gibidir.
त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्‍वरले मु‍क्‍तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
2 Açın kentin kapılarını, Sadık kalan doğru ulus içeri girsin.
ढोका खुल्‍ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस् ।
3 Sana güvendiği için Düşüncelerinde sarsılmaz olanı Tam bir esenlik içinde korursun.
तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।
4 RAB'be sonsuza dek güvenin, Çünkü RAB, evet RAB sonsuza dek kalıcı kayadır.
सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
5 Yüksekte oturanı alçaltır, Yüce kenti yıkar, Yerle bir eder.
किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
6 O kent ayak altında, Mazlumların ayakları, Yoksulların adımları altında çiğnenecek.
यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
7 Doğru adamın yolu düzdür, Ey Dürüst Olan, doğru adamın yolunu sen düzlersin.
ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
8 Evet, ya RAB, ilkelerinin çizdiği yolda sana umut bağladık, Adın ve ünündür yüreğimizin dileği,
हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
9 Geceleri canım sana susar, Evet, içimde ruhum seni özler; Çünkü senin ilkelerin yeryüzünde oldukça, Orada oturanlar doğruluğu öğrenir.
रातमा मैले तपाईंको इच्‍छा गरें । हो, मेरो आत्माले मभित्र उत्‍कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्‍दछन् ।
10 Kötüler lütfedilse bile doğruluğu öğrenmez. Dürüstlüğün egemen olduğu diyarda haksızlık eder, RAB'bin büyüklüğünü görmezler.
दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।
11 Ya RAB, elin yükseldi, ama görmüyorlar, Halkın için gösterdiğin gayreti görüp utansınlar. Evet, düşmanların için yaktığın ateş onları yiyip bitirecek.
हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
12 Ya RAB, bizi esenliğe çıkaracak sensin, Çünkü ne yaptıysak hepsi senin başarındır.
हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्‍चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
13 Ey Tanrımız RAB, senden başka efendiler bizi yönetti, Ama yalnız sana, senin adına yakaracağız.
हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
14 O efendiler öldü, artık yaşamıyorlar, Dirilmeyecek onlar. Çünkü onları cezalandırıp yok ettin, Anılmalarına son verdin.
तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
15 Ulusu çoğalttın, ya RAB, Evet, ulusu çoğalttın ve yüceltildin. Her yönde ülkenin sınırlarını genişlettin.
हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
16 Ya RAB, sıkıntıdayken seni aradılar. Onları terbiye ettiğinde sessizce yakararak içlerini döktüler.
हे परमप्रभु, कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
17 Doğum vakti yaklaşan gebe kadın Çektiği sancıdan ötürü nasıl kıvranır, feryat ederse, Senin önünde biz de öyle olduk, ya RAB.
गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
18 Gebe kaldık, kıvrandık, Rüzgardan başka bir şey doğurmadık sanki. Ne dünyaya kurtuluş sağlayabildik, Ne de dünyada yaşayanları yaşama kavuşturabildik.
हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
19 Ama senin ölülerin yaşayacak, Bedenleri dirilecek. Ey sizler, toprak altında yatanlar, Uyanın, ezgiler söyleyin. Çünkü senin çiyin sabah çiyine benzer, Toprak ölülerini yaşama kavuşturacak.
तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।
20 Haydi halkım, iç odalarınıza girip Ardınızdan kapılarınızı kapatın, RAB'bin öfkesi geçene dek kısa süre gizlenin.
ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
21 Çünkü dünyada yaşayanları Suçlarından ötürü cezalandırmak için RAB bulunduğu yerden geliyor. Dünya üzerine dökülen kanı açığa vuracak, Öldürülenleri artık saklamayacak.
किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।

< Yeşaya 26 >