< İbraniler 5 >

1 İnsanlar arasından seçilen her başkâhin, günahlara karşılık sunular ve kurbanlar sunmak üzere Tanrı'yla ilgili konularda insanları temsil etmek için atanır.
किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।
2 Bilgisizlere, yoldan sapanlara yumuşak davranabilir. Çünkü kendisi de zayıflıklarla kuşatılmıştır.
तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
3 Bundan ötürü, halk için olduğu gibi, kendisi için de günah sunusu sunmak zorundadır.
यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
4 Kimse başkâhin olma onurunu kendi kendine alamaz; ancak Harun gibi, Tanrı tarafından çağrılırsa alır.
र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।
5 Nitekim Mesih de başkâhin olmak için kendi kendini yüceltmedi. O'na, “Sen benim Oğlum'sun, Bugün ben sana Baba oldum” diyen Tanrı O'nu yüceltti.
त्यसै गरी, ख्रीष्‍टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
6 Başka bir yerde de diyor ki, “Melkisedek düzeni uyarınca Sen sonsuza dek kâhinsin.” (aiōn g165)
अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।” (aiōn g165)
7 Mesih, yeryüzünde olduğu günlerde kendisini ölümden kurtaracak güçte olan Tanrı'ya büyük feryat ve gözyaşlarıyla dua etti, yakardı ve Tanrı korkusu nedeniyle işitildi.
उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो ।
8 Oğul olduğu halde, çektiği acılarla söz dinlemeyi öğrendi.
उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
9 Yetkin kılınınca, sözünü dinleyen herkes için sonsuz kurtuluş kaynağı oldu. (aiōnios g166)
उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो । (aiōnios g166)
10 Çünkü Tanrı tarafından Melkisedek düzeni uyarınca başkâhin atanmıştı.
मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो ।
11 Bu konuda söyleyecek çok sözümüz var, ama kulaklarınız uyuştuğu için anlatmak zor.
हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
12 Şimdiye dek öğretmen olmanız gerekirken, Tanrı sözlerinin temel ilkelerini size yeni baştan öğretecek birine ihtiyacınız var. Size yine süt gerekli, katı yiyecek değil!
किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
13 Sütle beslenen herkes bebektir ve doğruluk sözünde deneyimsizdir.
किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
14 Katı yiyecek, yetişkinler içindir; onlar duyularını iyi ile kötüyü ayırt etmek üzere alıştırmayla eğitmiş kişilerdir.
तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।

< İbraniler 5 >