< Misir'Dan Çikiş 14 >

1 RAB Musa'ya, “İsrailliler'e söyle, dönsünler” dedi, “Pi-Hahirot yakınlarında, Migdol ile deniz arasında, Baal-Sefon'un karşısında deniz kıyısında konaklasınlar.
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
2
“इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्‍ने समुद्रनेर पाल टाँग्‍नुपर्छ ।
3 Firavun şöyle düşünecek: ‘İsrailliler ülkede şaşkın şaşkın dolaşıyorlardır, çöl onları kuşatmıştır.’
फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
4 Firavunu inatçı yapacağım. Onların peşine düşecek. Böylece firavunla ordusunu yenerek yücelik kazanacağım. Mısırlılar bilecek ki, ben RAB'bim.” İsrailliler söyleneni yaptılar.
म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
5 Halkın kaçtığı Mısır Firavunu'na bildirilince, firavunla görevlileri onlara ilişkin düşüncelerini değiştirdiler: “Biz ne yaptık?” dediler, “İsrailliler'i salıvermekle kölelerimizi kaybetmiş olduk!”
इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
6 Firavun savaş arabasını hazırlattı, ordusunu yanına aldı.
तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।
7 Seçme altı yüz savaş arabasının yanısıra, Mısır'ın bütün savaş arabalarını sorumlu sürücüleriyle birlikte yanına aldı.
तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए ।
8 RAB Mısır Firavunu'nu inatçı yaptı. Firavun zafer havası içinde ilerleyen İsrailliler'in peşine düştü.
परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।
9 Mısırlılar firavunun bütün atları, savaş arabaları, atlıları, askerleriyle onların ardına düştüler ve deniz kıyısında, Pi-Hahirot yakınlarında, Baal-Sefon'un karşısında konaklarken onlara yetiştiler.
तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
10 Firavun yaklaşırken, İsrailliler Mısırlılar'ın arkalarından geldiğini görünce dehşete kapılarak RAB'be feryat ettiler.
जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्‍क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।
11 Musa'ya, “Mısır'da mezar mı yoktu da bizi çöle ölmeye getirdin?” dediler, “Bak, Mısır'dan çıkarmakla bize ne yaptın!
तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?
12 Mısır'dayken sana, ‘Bırak bizi, Mısırlılar'a kulluk edelim’ demedik mi? Çölde ölmektense Mısırlılar'a kulluk etsek bizim için daha iyi olurdu.”
के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
13 Musa, “Korkmayın!” dedi, “Yerinizde durup bekleyin, RAB bugün sizi nasıl kurtaracak görün. Bugün gördüğünüz Mısırlılar'ı bir daha hiç görmeyeceksiniz.
मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।
14 RAB sizin için savaşacak, siz sakin olun yeter.”
परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
15 RAB Musa'ya, “Niçin bana feryat ediyorsun?” dedi, “İsrailliler'e söyle, ilerlesinler.
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।
16 Sen değneğini kaldır, elini denizin üzerine uzat. Sular yarılacak ve İsrailliler kuru toprak üzerinde yürüyerek denizi geçecekler.
तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।
17 Ben Mısırlılar'ı inatçı yapacağım ki, artlarına düşsünler. Firavunu, bütün ordusunu, savaş arabalarını, atlılarını yenerek yücelik kazanacağım.
मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्‍ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।
18 Firavun, savaş arabaları ve atlılarından ötürü yücelik kazandığım zaman, Mısırlılar bilecek ki, ben RAB'bim.”
तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”
19 İsrail ordusunun önünde yürüyen Tanrı'nın meleği yerini değiştirip arkaya geçti. Önlerindeki bulut sütunu da yerini değiştirip arkalarına, Mısır ve İsrail ordularının arasına geldi. Gece boyunca bulut bir yanı karartıyor, öbür yanı aydınlatıyordu. Bu yüzden, bütün gece iki taraf birbirine yaklaşamadı.
इस्राएलीहरूको अगिअगि गएका परमेश्‍वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।
यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।
21 Musa elini denizin üzerine uzattı. RAB bütün gece güçlü doğu rüzgarıyla suları geri itti, denizi karaya çevirdi. Sular ikiye bölündü,
मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।
22 İsrailliler kuru toprak üzerinde yürüyerek denizi geçtiler. Sular sağlarında, sollarında onlara duvar oluşturdu.
इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।
23 Mısırlılar artlarından geliyordu. Firavunun bütün atları, savaş arabaları, atlıları denizde onları izliyordu.
मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।
24 Sabah nöbetinde RAB ateş ve bulut sütunundan Mısır ordusuna baktı ve onları şaşkına çevirdi.
तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।
25 Arabalarının tekerleklerini çıkardı; öyle ki, arabalarını zorlukla sürdüler. Mısırlılar, “İsrailliler'den kaçalım!” dediler, “Çünkü RAB onlar için bizimle savaşıyor.”
तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
26 RAB Musa'ya, “Elini denizin üzerine uzat” dedi, “Sular Mısırlılar'ın, savaş arabalarının, atlılarının üzerine dönsün.”
परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”
27 Musa elini denizin üzerine uzattı. Sabaha karşı deniz olağan haline döndü. Mısırlılar sulardan kaçarken RAB onları denizin ortasında silkip attı.
त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।
28 Geri dönen sular savaş arabalarını, atlıları, İsrailliler'in peşinden denize dalan firavunun bütün ordusunu yuttu. Onlardan bir kişi bile sağ kalmadı.
पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
29 Ama İsrailliler denizi kuru toprakta yürüyerek geçmişlerdi. Sular sağlarında, sollarında onlara duvar oluşturmuştu.
तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।
30 RAB o gün İsrailliler'i Mısırlılar'ın elinden kurtardı. İsrailliler deniz kıyısında Mısırlılar'ın ölülerini gördüler.
यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।
31 RAB'bin Mısırlılar'a gösterdiği büyük gücü gören İsrail halkı RAB'den korkup O'na ve kulu Musa'ya güvendi.
परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।

< Misir'Dan Çikiş 14 >