< Ester 6 >

1 O gece kralın uykusu kaçtı; tarih kayıtlarının getirilip kendisine okunmasını buyurdu.
त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।
2 Kayıtlar Kral Ahaşveroş'u öldürmeyi tasarlamış olan iki görevliden söz ediyordu. Kapı nöbetçisi olarak görev yapmış olan Bigtan ve Tereş adındaki bu iki adamı Mordekay ele vermişti.
प्रवेशद्वारको पहरा दिने राजाका दुई जना अधिकारी बिग्थाना र तेरेशले राजा अहासूरसलाई हानि गर्ने कोसिस गरेका कुरा मोर्दकैले जानकरी गराएका थिए भनी त्‍यहाँ लेखिएको पाइयो ।
3 Kral, “Bu yaptıklarından dolayı Mordekay nasıl onurlandırıldı, ona ne ödül verildi?” diye sordu. Hizmetkârlar, “Onun için hiçbir şey yapılmadı” diye yanıtladılar.
राजाले सोधे, “यसो गरेका हुनाले मोर्दकैलाई सम्मान वा पद दिन के गरियो त?” तब राजाको सेवा गर्ने जवान मानिसहरूले जवाफ दिए, “तिनको लागि केही गरिएन ।”
4 Kral, “Avluda kim var?” diye sordu. O sırada Haman sarayın dış avlusuna yeni girmişti. Kraldan, hazırlattığı darağacına Mordekay'ın asılmasını isteyecekti.
राजाले भने, “चोकमा को छ?” अब हामानचाहिं भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्ड्याउन भनी राजासित बिन्ती गर्न राजदरबारको बाहिर चोकमा आइपुगेका थिए ।
5 Hizmetkârlar krala, “Haman avluda bekliyor” dediler. Kral, “Buraya gelsin” dedi.
राजाका सेवकहरूले तिनलाई भने, “हामान चोकमा उभिरहेका छन् ।” राजाले भने, “तिनी भित्र आऊन् ।”
6 Haman içeri girince kral ona, “Kralın onurlandırmak istediği biri için ne yapılmalı?” diye sordu. “Kral benden başka kimi onurlandırmak isteyebilir ki?” diye düşünen Haman şu yanıtı verdi: “Kral onurlandırmak istediği kişi için kendi giydiği bir kral giysisini ve üzerine bindiği sorguçlu atı getirtir,
जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन इच्छा गरेको मानिसलाई के गरिनुपर्छ?” हामानले आफ्नो हृदयमा भने, “मबाहेक अरू कसलाई राजाले सम्मान दिने इच्छा गर्नुहुन्छ र?”
7
हामानले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिन इच्छा गर्नुभएको छ,
8
राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।
9 giysiyi ve atı en üst yöneticilerinden birine verir; o da kralın onurlandırmak istediği kişiyi giydirip atın üstünde kent meydanında gezdirir. Önden giderek, ‘Kralın onurlandırmak istediği kişiye böyle davranılır’ diye bağırır.”
तब त्यो पोशाक र घोडा राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनालाई दिइयोस् । राजाले सम्मान गर्न खोज्नुभएको मानिसलाई तिनीहरूले त्यो पोशाक पहिराऊन्, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरू घुमाऊन् । तिनीहरूले तिनको सामु घोषणा गरून्, 'राजाले सम्मान गर्ने इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ' ।”
10 Kral Haman'a, “Hemen git” dedi, “Giysiyle atı al ve söylediklerini kralın kapı görevlisi Yahudi Mordekay için yap. Söylediklerinin hiçbirinde kusur etme.”
तब राजाले हामानलाई भने, “छिटो गर, तिमीले भनेझैँ पोशाक र घोडा लिएर आऊ, अनि राजाको ढाकामा बस्‍ने यहूदी मोर्दकैलाई यसै गर । तिमीले भनेका एउटै कुरा गर्न पनि नचुक ।”
11 Böylece Haman giysiyi ve atı aldı, Mordekay'ı giydirip atın üstünde kent meydanında gezdirmeye başladı. Önden giderek, “Kralın onurlandırmak istediği kişiye böyle davranılır” diye bağırıyordu.
तब हामानले पोशाक र घोडा ल्‍याए । तिनले मोर्दकैलाई उक्‍त पोशाक लगाइदिए, र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए । तिनको सामु तिनले घोषणा गरे, “राजाले सम्मान गर्न इच्छा गर्नुभएको मानिसलाई यसै गरिन्छ ।”
12 Sonra Mordekay saray kapısına döndü. Haman ise utanç içinde başını örterek çabucak evine gitti.
मोर्दकै राजाको ढोकामा फर्के । तर हामानचाहिं शिर ढाकेर शोक गर्दै हतार गरी आफ्नो घरमा गए ।
13 Başına gelenleri karısı Zereş'e ve bütün dostlarına anlattı. Karısı Zereş ve danışmanları ona şöyle dediler: “Önünde gerilemeye başladığın Mordekay Yahudi soyundansa, ona gücün yetmeyecek, önünde yok olup gideceksin.”
हामानले आफूमाथि आइपरेका सबै कुरा आफ्नी पत्‍नी जेरेश र आफ्ना सबै मित्रहरूलाई बताए । तब बुद्धिको निम्ति कहलिएका तिनका मानिसहरू र तिनकी पत्‍नी जेरेशले तिनलाई भने, “मोर्दकै जसको सामुन्‍ने तपाईंको पतनको सुरु भएको छ, त्यो यहूदी हो भने तपाईंले त्यसलाई पराजित गर्न सक्‍नुहुनेछैन, तर निश्‍चय नै त्यसको सामु तपाईं पतन हुनेछ ।”
14 Onlar daha konuşurken, kralın haremağaları gelip Haman'ı apar topar Ester'in vereceği şölene götürdüler.
तिनीहरू तिनीसित कुराकानी गरिरहँदा राजाका अधिकारीहरू आइपुगे । एस्तरले तयार पारेको भोजमा लैजान तिनीहरूले हामानलाई हतार गरे ।

< Ester 6 >