< 1 Petrus 4 >

1 Mesih bedence acı çektiğine göre, siz de aynı düşünceyle silahlanın. Çünkü bedence acı çekmiş olan, günaha sırt çevirmiştir.
यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
2 Sonuç olarak, dünyadaki yaşamının geri kalan bölümünü artık insan tutkularına göre değil, Tanrı'nın isteğine göre sürdürür.
यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।
3 İnanmayanların hoşlandıklarını yaparak sefahat, şehvet, sarhoşluk, çılgın eğlenceler, içki alemleri ve ilke tanımayan putperestlik içinde yaşayarak geçmişte harcadığınız günler yeter!
किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
4 İnanmayanlar, kendinizi onlarla birlikte aynı sefahat seline atmamanızı yadırgıyor, size sövüyorlar.
तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
5 Onlar, ölüleri de dirileri de yargılamaya hazır olan Tanrı'ya hesap verecekler.
तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
6 Çünkü ölüler bedence öbür insanlar gibi yargılansın, ama ruhça Tanrı gibi yaşasın diye Müjde onlara da bildirildi.
त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् ।
7 Her şeyin sonu yakındır. Bu nedenle, sağduyulu olun ve dua etmek için ayık durun.
सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
8 Her şeyden önce birbirinizi candan sevin. Çünkü sevgi birçok günahı örter.
सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।
9 Söylenmeksizin birbirinize konukseverlik gösterin.
गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
10 Her biriniz hangi ruhsal armağanı aldıysanız, bunu Tanrı'nın çok yönlü lütfunun iyi kâhyaları olarak birbirinize hizmet etmekte kullanın.
जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
11 Konuşan, Tanrı'nın sözlerini iletir gibi konuşsun. Başkalarına hizmet eden, Tanrı'nın verdiği güçle hizmet etsin. Öyle ki, İsa Mesih aracılığıyla Tanrı her şeyde yüceltilsin. Yücelik ve kudret sonsuzlara dek Mesih'indir! Amin. (aiōn g165)
यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन । (aiōn g165)
12 Sevgili kardeşlerim, sınanmanız için size giydirilen ateşten gömleği, size garip bir şey oluyormuş gibi yadırgamayın.
प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ ।
13 Tersine, Mesih'in acılarına ortak olduğunuz oranda sevinin ki, Mesih'in görkemi göründüğünde de sevinçle coşasınız.
तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ ।
14 Mesih'in adından ötürü hakarete uğrarsanız, ne mutlu size! Çünkü Tanrı'nın yüce Ruhu üzerinizde bulunuyor.
तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
15 Hiçbiriniz katil, hırsız, kötülük yapan ya da başkalarının işine karışan biri olarak acı çekmesin.
तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् ।
16 Ama Mesih inanlısı olduğu için acı çeken, bundan utanç duymasın. Taşıdığı bu adla Tanrı'yı yüceltsin.
तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस् ।
17 Çünkü yargının, Tanrı'nın ev halkından başlayacağı an gelmiştir. Eğer yargılama önce bizden başlarsa, Tanrı'nın Müjdesi'ne kulak asmayanların sonu ne olacak?
किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला?
18 “Doğru kişi güçlükle kurtuluyorsa, Tanrısız ve günahlı kişiye ne olacak?”
अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला?”
19 Bunun için, Tanrı'nın isteği uyarınca acı çekenler, iyilik ederek canlarını güvenilir Yaradan'a emanet etsinler.
त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।

< 1 Petrus 4 >