< Luka 19 >

1 Yesu aliingia na kupita katikati ya Yeriko.
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
2 Na hapo palikuwa na mtu mmoja aitwaye Zakayo. Ambaye alikuwa mkuu wa watoza ushuru tena mtu tajiri.
हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।
3 Alikuwa anajaribu kumwona Yesu ni mtu wa namna gani, lakini hakuweza kuona kwa sababu ya umati wa watu, kwa kuwa alikuwa mfupi wa kimo.
उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।
4 Hivyo, alitangulia mbio mbele za watu, akapanda juu ya mkuyu ili aweze kumwona, kwa sababu Yesu alikaribia kupita njia hiyo.
त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो ।
5 Wakati Yesu alipofika mahali pale, aliangalia juu akamwambia, 'Zakayo, shuka upesi, maana leo ni lazima nishinde nyumbani mwako.'
जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”
6 Akafanya haraka, akashuka na kumkaribisha kwa furaha.
त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
7 Watu wote walipoona hayo, wakalalamika, wakisema, 'Amekwenda kumtembelea mtu mwenye dhambi.'
जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।”
8 Zakayo akasimama akamwambia Bwana, Tazama Bwana nusu ya mali yangu nawapa maskini, na ikiwa nimemnyang'anya mtu yeyote kitu, nitamrudishia mara nne. '
जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”
9 Yesu akamwambia, 'Leo wokovu umefika katika nyumba hii, kwa sababu yeye pia ni mwana wa Ibrahimu.
येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।
10 Kwa maana Mwana wa Mtu amekuja kutafuta na kuokoa watu waliopotea. '
किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
11 Waliposikia hayo, aliendelea kuongea na alitoa mfano, kwa sababu alikuwa karibu na Yerusalemu, na wao walidhani ya kuwa ufalme wa Mungu ulikuwa karibu kuonekana mara moja.
तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।
12 Hivyo akawaambia, 'Ofisa mmoja alikwenda nchi ya mbali ili apokee ufalme na kisha aurudi.
त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
13 Aliwaita watumishi wake kumi, akawapa mafungu kumi, akawaambia, 'fanyeni biashara mpaka nitakaporudi.'
उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
14 Lakini wananchi wake walimchukia na hivyo wakatuma wajumbe waende kumfuata na kusema, 'Hatutaki mtu huyu atutawale.'
तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
15 Ikawa aliporudi nyumbani baada ya kufanywa mfalme, akaamuru wale watumishi aliokuwa amewaachia fedha waitwe kwake, apate kujua faida gani waliyoipata kwa kufanya biashara.
तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।
16 Wa kwanza akaja, akasema, `Bwana, fungu lako limefanya mafungu kumi zaidi. '
पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’
17 Huyo Ofisa akamwambia, Vema, mtumishi mwema. Kwa sababu ulikuwa mwaminifu katika jambo dogo, utakuwa na madaraka juu ya miji kumi. '
ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
18 Wa pili akaja, akasema, 'Bwana, fungu lako limefanya mafungu matano.'
दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’
19 Huyo Afisa akamwambia, 'Chukua mamlaka juu ya miji mitano.'
ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
20 Na mwingine akaja, akasema, `Bwana hii hapa fedha yako, ambayo niliihifadhi salama katika kitambaa,
अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
21 kwa maana niliogopa kwa sababu wewe ni mtu mkali. Unaondoa kile usichokiweka na kuvuna usichopanda. '
किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’
22 Huyo Ofisa akamwambia, 'Kwa maneno yako mwenyewe, nitakuhukumu, ewe mtumishi mbaya. Ulijua kwamba mimi ni mtu mkali, nachukua nisichokiweka na kuvuna ambacho sikupanda.
ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
23 Basi, mbona hukuweka fedha yangu katika benki, ili nikirudi niichukue pamoja na faida?
त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’
24 Ofisa akawaambia watu waliokuwa wamesimama hapo, 'Mnyang'anyeni hilo fungu na kumpa yule mwenye mafungu kumi.'
ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’
25 Wakamwambia, `Bwana, yeye ana mafungu kumi. '
तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’
26 'Nawaambia, kila mtu ambaye anacho atapewa zaidi, lakini ambaye hana, hata kile alicho nacho kitachukuliwa.
‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
27 Lakini hawa maadui zangu, ambao hawakutaka niwe Mfalme wao, waleteni hapa na kuwaua mbele yangu. ''
तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
28 Baada ya kusema hayo, aliendelea mbele akipanda kwenda Yerusalemu.
यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
29 Ikawa alipokaribia Bethfage na Bethania, karibu na mlima wa Mizeituni, aliwatuma wanafunzi wake wawili,
बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
30 akisema: `Nendeni katika kijiji cha jirani. Mkiingia, mtakuta mwana-punda hajapandwa bado. Mfungueni, mkamlete kwangu.
“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
31 Kama mtu akiwauliza, `Mbona mnamfungua? ' Semeni, “Bwana anamhitaji. ''
यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”
32 Wale waliotumwa wakaenda wakamwona mwana-punda kama Yesu alivyokuwa amewaambia.
पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।
33 Walipokuwa wanamfungua mwana punda wamiliki wakawaambia, 'Kwa nini mnamfungua mwana punda huyu?'
तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”
34 Wakasema, `Bwana anamhitaji. '
तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
35 Basi, wakampelekea Yesu, wakatandika nguo zao juu ya mwana punda na wakampandisha Yesu juu yake.
तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
36 Alipokuwa akienda watu wakatandaza mavazi yao barabarani.
उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
37 Alipokuwa anateremka mlima wa Mizeituni, jumuiya yote ya wanafunzi wakaanza kushangilia na kumtukuza Mungu kwa sauti kubwa, kwa sababu ya mambo makuu waliyoyaona,
उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
38 wakisema, 'Ndiye mbarikiwa Mfalme ajaye kwa jina la Bwana! Amani mbinguni, na utukufu juu!'
तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
39 Baadhi ya Mafarisayo katika mkutano wakamwambia, Mwalimu, wanyamazishe wanafunzi wako. '
त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”
40 Yesu akajibu, akasema, `Nawaambieni, kama hawa wakinyamaza, mawe yatapaza sauti. '
येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
41 Yesu alipoukaribia mji aliulilia,
जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,
42 akisema, laiti ungelijua hata wewe, katika siku hii mambo ambayo yanayokuletea amani! Lakini sasa yamefichika machoni pako.
“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।
43 Kwa kuwa siku zinakuja ambapo adui zako watajenga boma karibu na wewe, na kukuzunguka na kukukandamiza kutoka kila upande.
किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
44 Watakuangusha chini wewe na watoto wako. Hawatakuachia hata jiwe moja juu ya jingine, kwa sababu haukutambua wakati Mungu alipokuwa anajaribu kukuokoa'.
तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।
45 Yesu aliingia Hekaluni, akaanza kuwafukuza wale waliokuwa wakiuza,
येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
46 akiwaambia, “Imeandikwa, 'Nyumba yangu itakuwa nyumba ya sala,' lakini ninyi mmeifanya kuwa pango la wanyang'anyi”.
“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”
47 Kwa hiyo, Yesu alikuwa akifundisha kila siku hekaluni. Makuhani wakuu na walimu wa Sheria na viongozi wa watu walitaka kumuua,
येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
48 lakini hawakuweza kupata njia ya kufanya hivyo, kwa sababu watu wote walikuwa wakimsikiliza kwa makini.
तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।

< Luka 19 >