< Luka 16 >

1 Yesu aliwaambia tena wanafunzi wake, “Palikuwa na mtu mmoja tajiri aliyekuwa na meneja, na alitaarifiwa ya kwamba meneja huyu anatapanya mali zake.
येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।
2 Hivyo tajiri akamwita, akamwambia, “Ni nini hii ninayo isikia juu yako? Toa hesabu ya umeneja wako, kwa kuwa huwezi kuwa meneja tena.'
तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
3 Yule meneja akasema moyoni mwake, Nifanye nini, maana bwana wangu ananiondolea kazi yangu ya umeneja? Sina nguvu za kulima, na kuomba naona haya.
त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ ।
4 Najua nitakalotenda ili nitakapotolewa katika kazi yangu ya uwakili watu wanikaribishe nyumbani mwao.
मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’
5 Hivyo wakili akawaita wadeni wa bwana wake kila mmoja akamwambia wa kwanza, 'unadaiwa kiasi gani na bwana wangu?'
तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ?’
6 Akasema vipimo mia moja vya mafuta akamwambia 'chukua hati yako keti upesi andika hamsini.'
उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’
7 kisha akamwambia mwingine na wewe unadaiwa kiasi gani?' akasema 'vipimo mia moja vya unga vya ngano.' Akamwambia 'twaa hati yako andika themanini.'
तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’
8 Yule bwana akamsifu meneja dhalimu kwa vile alivyotenda kwa wereu. Kwakua watoto wa ulimwengu huu ni werevu nyingi na hushughulika kwa ujanja na watu wa upande wao kuliko walivyo watoto wa nuru. (aiōn g165)
तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । (aiōn g165)
9 Nami nawaambia jifanyieni marafiki kwa mali ya udhalimu ili itakapokosekana wawakaribishe katika makao ya milele. (aiōnios g166)
म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । (aiōnios g166)
10 Aliye mwaminifu katika lililo dogo sana huwa mwaminifu katika lililo kubwa pia. na aliye dhalimu katika lililo dogo huwa dhalimu katika lililo kubwa pia.
जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।
11 Kama ninyi hamkuwa waaminifu katika mali ya udhalimu ni nani atakayewaamini katika mali ya kweli?
त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
12 Na kama hamkuwa waaminifu katika kutumia mali ya mtu mwingine ni nani atakayewapa iliyo yenu wenyewe?
त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?
13 Hakuna mtumishi awezaye kutumikia mabwana wawili, kwamaana atamchukia mmoja na kumpenda mwingine, ama atashikamana na huyu na kumdharau huyu. Hamuwezi kumtumikia Mungu na mali.”
कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
14 Basi Mafarisayo, ambao walikuwa wanapenda fedha waliyasikia haya yote na wakamdhihaki.
अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
15 Na akawaambia, “Ninyi ndiyo mnaojidai haki mbele ya wanadamu, lakini Mungu anaijua mioyo yenu. Kwa kuwa lililotukuka kwa wanadamu huwa chukizo mbele za Mungu.
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । जो मानिसहरूका माझमा उच्‍च हुन्छ, त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ ।
16 Sheria na manabii vilikuwapo mpaka Yohana alivyokuja. Tangu wakati huo, habari njema ya ufalme wa Mungu hutangazwa, na kila mtu hujaribu kujiingiza kwa nguvu.
यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
17 Lakini ni rahisi kwa mbingu na nchi vitoweke kuliko hata herufi moja ya sheria ikosekane.
स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।
18 Kila amwachaye mkewe na kumwoa mke mwingine azini, naye amwooaye yeye aliyeachwa na mumewe azini.
प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।
19 Palikua na mtu mmoja tajiri aliyevaa nguo za rangi ya zambarau na kitani safi na alikua akifurahia kila siku utajiri wake mkubwa.
अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
20 Na maskini mmoja jina lake Lazaro aliwekwa getini pake, na ana vidonda.
लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे ।
21 Naye alikua akitamani kushibishwa kwa makombo yaliyoanguka katika meza ya yule tajiri hata mbwa wakaja wakamlamba vidonda vyake.
उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे ।
22 Ikawa yule maskini alikufa na akachukuliwa na Malaika mpaka kifuani kwa Ibrahimu. Yule tajiri naye akafa akazikwa.
यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो ।
23 Na kule kuzimu alipokua katika mateso aliyainua macho yake akamuona Ibrahimu kwa mbali na Lazaro kifuani mwake. (Hadēs g86)
र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । (Hadēs g86)
24 Akalia akasema, 'Baba Ibrahimu, nihurumue umtume Lazaro achovye ncha ya kidole chake majini, auburudishe ulimi wangu; kwa sababu ninateswa katika moto huu.
अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’
25 Lakini Ibrahimu akasema, 'Mwanangu kumbuka ya kwamba katika maisha yako uliyapokea mambo yako mema, na Lazaro vivyo alipata mabaya. Ila sasa yupo hapa anafarijiwa na wewe unaumizwa.
तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।
26 Na zaidi ya hayo, kumewekwa shimo kubwa na refu kati yetu, ili wale wanaotaka kutoka huku kwenda kwenu wasiweze wala watu wa kwenu wasivuke kuja kwetu.'
र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’
27 Yule tajiri akasema, 'Nakuomba Baba Ibrahimu, kwamba umtume nyumbani kwa baba yangu
धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् ।
28 kwa kuwa ninao ndugu watano ili awaonye, kwa hofu kwamba wao pia watkuja mahali hapa pa mateso. '
किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’
29 Lakini Ibrahimu akasema, 'Wanao Musa na manabii. Waache wawasikilize wao.
तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
30 Yule tajiri akasema, 'hapana, Baba Ibrahimu, lakini kama akiwaendea mtu atokaye kwa wafu watatubu.'
धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’
31 Lakini Ibrahimu akamwambia, 'wasipowasikia Musa na manabii hawatashawishiwa hata mtu akifufuka katika wafu.
अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”

< Luka 16 >