< 2 Samuel 14 >

1 Y CONOCIENDO Joab hijo de Sarvia, que el corazón del rey estaba por Absalom,
राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
2 Envió Joab á Tecoa, y tomó de allá una mujer astuta, y díjole: Yo te ruego que te enlutes, y te vistas de ropas de luto, y no te unjas con óleo, antes sé como mujer que ha mucho tiempo que trae luto por [algún] muerto;
योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ ।
3 Y entrando al rey, habla con él de esta manera. Y puso Joab las palabras en su boca.
अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ ।” यसरी उनले राजालाई भन्‍नुपर्ने कुरा योआबले उनलाई भने ।
4 Entró pues aquella mujer de Tecoa al rey, y postrándose en tierra sobre su rostro hizo reverencia, y dijo: Oh rey, salva.
तकोकी ती स्‍त्रीले राजासँग कुरा गर्दा, उनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस् ।”
5 Y el rey le dijo: ¿Qué tienes? Y ella respondió: Yo á la verdad soy una mujer viuda y mi marido es muerto.
राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन् ।
6 Y tu sierva tenía dos hijos y los dos riñeron en el campo; y no habiendo quien los despartiese, hirió el uno al otro, y matólo.
म तपाईंको दासीका दुई जना छोरा थिए र तिनीहरू खेतमा एक-आपसमा झगडा गरे र तिनीहरूलाई छुट्टाउने त्‍यहाव कोही पनि थिएन । एउटाले अर्कोलाई प्रहार गर्‍यो र त्यसलाई मार्‍यो ।
7 Y he aquí toda la parentela se ha levantado contra tu sierva, diciendo: Entrega al que mató á su hermano, para que le hagamos morir por la vida de su hermano á quien él mató, y quitemos también el heredero. Así apagarán el ascua que me ha quedado, no dejando á mi marido nombre ni reliquia sobre la tierra.
सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।
8 Entonces el rey dijo á la mujer: Vete á tu casa, que yo mandaré acerca de ti.
राजाले ती स्‍त्रीलाई भने, “आफ्नो घर जाऊ र तिम्रो निम्ति केही कुरा गर्न म आदेश दिने छु ।”
9 Y la mujer de Tecoa dijo al rey: Rey señor mío, la maldad sea sobre mí y sobre la casa de mi padre; mas el rey y su trono sin culpa.
तकोकी महिलाले राजालाई जवाफ दिइन्, “हे मेरो मालिक महाराजा, सारा दोष म र मेरो पिताको घरानामाथि परोस् । महाराजा र उहाँको सिंहासन दोषरहित होस् ।
10 Y el rey dijo: Al que hablare contra ti, tráelo á mí, que no te tocará más.
राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”
11 Dijo ella entonces: Ruégote, oh rey, que te acuerdes de Jehová tu Dios, que no dejes á los cercanos de la sangre aumentar el daño con destruir á mi hijo. Y él respondió: Vive Jehová, que no caerá ni un cabello de la cabeza de tu hijo en tierra.
उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।
12 Y la mujer dijo: Ruégote que hable tu criada una palabra á mi señor el rey. Y él dijo: Habla.
अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”
13 Entonces la mujer dijo: ¿Por qué pues piensas tú otro tanto contra el pueblo de Dios? que hablando el rey esta palabra, es como culpado, por cuanto el rey no hace volver á su fugitivo.
त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।
14 Porque de cierto morimos, y somos como aguas derramadas por tierra, que no pueden volver á recogerse: ni Dios quita la vida, sino que arbitra medio para que su desviado no sea de él excluído.
किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन । तर परमेश्‍वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।
15 Y que yo he venido ahora para decir esto al rey mi señor, es porque el pueblo me ha puesto miedo. Mas tu sierva dijo: Hablaré ahora al rey: quizá él hará lo que su sierva diga.
अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।
16 Pues el rey oirá, para librar á su sierva de mano del hombre que me quiere raer á mí, y á mi hijo juntamente, de la heredad de Dios.
सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'
17 Tu sierva pues dice: Que sea ahora la respuesta de mi señor el rey para descanso; pues que mi señor el rey es como un ángel de Dios para escuchar lo bueno y lo malo. Así Jehová tu Dios sea contigo.
त्यसपछि तपाईंकी दासीले प्रार्थना गरिन्, 'हे परमप्रभु, मेरो मालिक महाराजाका वचनले मलाई मुक्‍त गर्नुभएको होस्, किनकि मेरो मालिक असल र खराब छुट्याउनला परमश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ ।' परमप्रभु तपाईंको परमेश्‍वर तपाईंसँग हुनुभएको होस् ।”
18 Entonces él respondió, y dijo á la mujer: Yo te ruego que no me encubras nada de lo que yo te preguntare. Y la mujer dijo: Hable mi señor el rey.
अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”
19 Y el rey dijo: ¿No ha sido la mano de Joab contigo en todas estas cosas? Y la mujer respondió y dijo: Vive tu alma, rey señor mío, que no hay que apartarse á derecha ni á izquierda de todo lo que mi señor el rey ha hablado: porque tu siervo Joab, él me mandó, y él puso en boca de tu sierva todas estas palabras;
राजाले भने, “के यी सबै कुराको पछाडी योआबको हात छैन र?” ती स्‍त्रीले जवाफ दिइन्, “जस्तो तपाईं मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मेरो मालिक महाराजाले भन्‍नुभएको कुराबाट कोही पनि दाया वा बाँया लाग्‍न सक्दैन । तपाईंकी दासीले बोलेको यी कुराहरू भन्‍न मलाई आज्ञा गर्ने र बताउने तपाईंको दास योआब नै थिए ।
20 Y que trocara la forma de las palabras, Joab tu siervo lo ha hecho: mas mi señor es sabio, conforme á la sabiduría de un ángel de Dios, para conocer lo que hay en la tierra.
तपाईंको दास योआबले जे भइरहेको छ त्यसको प्रवाहलाई परिवर्तन गर्न यसो गरेका हुन् । मेरो मालिक परमेश्‍वरको स्वर्गदूतजस्तै बुद्धिमान हुनुहुन्छ र मुलुकमा भइरहेका हरेक कुरा जान्‍नुहुन्छ ।”
21 Entonces el rey dijo á Joab: He aquí yo hago esto: ve, y haz volver al mozo Absalom.
राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।”
22 Y Joab se postró en tierra sobre su rostro, é hizo reverencia, y después que bendijo al rey, dijo: Hoy ha entendido tu siervo que he hallado gracia en tus ojos, rey señor mío; pues que ha hecho el rey lo que su siervo ha dicho.
त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”
23 Levantóse luego Joab, y fué á Gessur, y volvió á Absalom á Jerusalem.
त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
24 Mas el rey dijo: Váyase á su casa, y no vea mi rostro. Y volvióse Absalom á su casa, y no vió el rostro del rey.
राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
25 Y no había en todo Israel hombre tan hermoso como Absalom, de alabar en gran manera: desde la planta de su pie hasta la mollera no había en él defecto.
सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्‍ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।
26 Y cuando se cortaba el cabello, (lo cual hacía al fin de cada año, pues le causaba molestia, y por eso se lo cortaba), pesaba el cabello de su cabeza doscientos siclos de peso real.
जब तिनले हरेक वर्षको अन्‍तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्‍थ्‍यो।
27 Y Naciéronle á Absalom tres hijos, y una hija que se llamó Thamar, la cual era hermosa de ver.
अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
28 Y estuvo Absalom por espacio de dos años en Jerusalem, y no vió la cara del rey.
अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।
29 Y mandó Absalom por Joab, para enviarlo al rey; mas no quiso venir á él; ni aunque envió por segunda vez, quiso él venir.
त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।
30 Entonces dijo á sus siervos: Bien sabéis las tierras de Joab junto á mi lugar, donde tiene sus cebadas; id, y pegadles fuego; y los siervos de Absalom pegaron fuego á las tierras.
त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्‍यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।
31 Levantóse por tanto Joab, y vino á Absalom á su casa, y díjole: ¿Por qué han puesto fuego tus siervos á mis tierras?
अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”
32 Y Absalom respondió á Joab: He aquí, yo he enviado por ti, diciendo que vinieses acá, á fin de enviarte yo al rey á que le dijeses: ¿Para qué vine de Gessur? mejor me fuera estar aún allá. Vea yo ahora la cara del rey; y si hay en mí pecado, máteme.
अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”
33 Vino pues Joab al rey, é hízoselo saber. Entonces llamó á Absalom, el cual vino al rey, é inclinó su rostro á tierra delante del rey: y el rey besó á Absalom.
त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।

< 2 Samuel 14 >