< Juan 14 >

1 No se turbe vuestro corazón: creeis en Dios, creéd también en mí.
“तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।
2 En la casa de mi Padre muchas moradas hay: si así no fuera, os lo hubiera yo dicho. Yo voy a aparejaros el lugar.
मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
3 Y si me fuere, y os aparejare el lugar, vendré otra vez, y os tomaré a mí mismo, para que donde yo estoy, vosotros también estéis.
म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
4 Y sabéis donde yo voy, y el camino sabéis.
तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
5 Dícele Tomás: Señor, no sabemos donde vas: ¿cómo pues podemos saber el camino?
थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्‍ने?”
6 Jesús le dice: Yo soy el camino, y la verdad, y la vida; nadie viene al Padre, sino por mí.
येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
7 Si me conocieseis, también a mi Padre conoceríais; y desde ahora le conocéis, y le habéis visto.
यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
8 Dícele Felipe: Señor, muéstranos el Padre, y nos basta.
फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”
9 Jesús le dice: ¿Tanto tiempo ha que estoy con vosotros, y no me has conocido aun, Felipe? El que me ha visto, ha visto al Padre. ¿Cómo pues dices tú: Muéstranos el Padre?
येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”
10 ¿No crees que yo soy en el Padre, y el Padre en mí? Las palabras que yo os hablo, no las hablo de mí mismo; mas el Padre que está en mí, él hace las obras.
म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
11 Creédme que yo soy en el Padre, y el Padre en mí: o si no, creédme por las mismas obras.
म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।
12 De cierto, de cierto os digo: El que en mí cree, las obras que yo hago también él las hará, y mayores que estas hará; porque yo voy a mi Padre.
साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
13 Y todo lo que pidiereis en mi nombre, esto haré; para que el Padre sea glorificado en el Hijo.
तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
14 Si algo pidiereis en mi nombre, yo lo haré.
यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
15 Si me amáis, guardád mis mandamientos.
यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
16 Y yo rogaré al Padre, el cual os dará otro Consolador para que esté con vosotros para siempre; (aiōn g165)
अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो (aiōn g165)
17 Es a saber, al Espíritu de verdad, al cual el mundo no puede recibir; porque no le ve, ni le conoce; mas vosotros le conocéis, porque está con vosotros, y será en vosotros.
सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
18 No os dejaré huérfanos: yo vendré a vosotros.
म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
19 Aun un poquito, y el mundo no me verá más; empero vosotros me veréis: por cuanto yo vivo, vosotros también viviréis.
तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
20 Aquel día vosotros conoceréis que yo soy en mi Padre, y vosotros en mí, y yo en vosotros.
त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
21 El que tiene mis mandamientos, y los guarda, aquel es el que me ama; y el que me ama, será amado de mi Padre; y yo le amaré a él, y me manifestaré a él.
जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
22 Dícele Júdas, no el Iscariote: ¿Señor, qué hay porque te has de manifestar a nosotros, y no al mundo?
यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्‍न?”
23 Respondió Jesús, y le dijo: Si alguno me ama, mi palabra guardará; y mi Padre le amará, y vendremos a él, y haremos con él morada.
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”
24 El que no me ama, no guarda mis palabras; y la palabra que habéis oído, no es mía, sino del Padre que me envió.
जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
25 Estas cosas os he hablado estando aun con vosotros.
म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
26 Mas aquel Consolador, el Espíritu Santo, al cual el Padre enviará en mi nombre, él os enseñará todas las cosas, y os recordará todo lo que os he dicho.
तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
27 La paz os dejo: mi paz os doy: no como el mundo la da, yo os la doy: no se turbe vuestro corazón, ni tenga miedo.
म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
28 Habéis oído como yo os he dicho: Voy, y vengo otra vez a vosotros. Si me amaseis, ciertamente os regocijaríais, porque he dicho que voy al Padre; porque el Padre mayor es que yo.
मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
29 Y ahora os lo he dicho antes que se haga, para que cuando se hiciere, creáis.
अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।
30 Ya no hablaré mucho con vosotros; porque viene el príncipe de este mundo, mas no tiene nada en mí.
म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्‍ति छैन,
31 Empero para que conozca el mundo que amo al Padre, y como el Padre me dio mandamiento, así hago. Levantáos, vamos de aquí.
तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

< Juan 14 >