< Ezekiel 22 >

1 Poleg tega je prišla k meni Gospodova beseda, rekoč:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
2 »Torej, človeški sin, ali boš sodil, ali boš sodil krvoločno mesto? Da, pokazal mu boš vse njegove ogabnosti.
“अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस्‌? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस्‌? त्‍यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे ।
3 Potem reci: ›Tako govori Gospod Bog: ›Mesto v svoji sredi preliva kri, da lahko pride njegov čas in zoper sebe izdeluje malike, da se omadežuje.
तैंले यसको भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्‍नै अन्‍त्‍यको समय आओस् भनेर आफ्‍नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो ।
4 Postalo si krivo v svoji krvi, ki si jo prelilo; in omadeževalo si se s svojimi maliki, ki si jih naredilo; in svojim dnevom si povzročilo, da so se približali in prišlo si celó k svojim letom. Zato sem te naredil za grajo poganom in zasmeh vsem deželam.
तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्‌, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस्‌ । तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्‍ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।
5 Tisti, ki so blizu in tisti, ki so daleč od tebe, te bodo zasmehovali, ki so neslavni in precej nadležni.
तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्‍ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् ।
6 Glej, Izraelovi princi, vsak je bil v tebi k njihovi moči, da preliva kri.
हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्‍यक्‍ति आफ्‍नै शक्तिले तँकहाँ आएका छन् ।
7 V tebi so prezirali očeta in mater. V tvoji sredi so z zatiranjem postopali s tujcem. V tebi so nadlegovali osirotelega in vdovo.
तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्‍यवहार गरेका छन्‌, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्‍यवहार गरेका छन्‌ ।
8 Preziralo si moje svete stvari in oskrunilo moje šabate.
मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस्‌ र मेरा शबाथहरूलाई अपवित्र पारेको छस्‌ ।
9 V tebi so ljudje, ki prenašajo govorice, da prelijejo kri; in v tebi jedo po gorah. V tvoji sredi zagrešujejo nespodobnost.
रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन्‌ । तिनीहरूले तेरो बिचमा दुष्‍ट काम गर्छन्‌ ।
10 V tebi so odkrili nagoto svojih očetov. V tebi so ponižali tisto, ki je bila oddvojena zaradi oskrunitve.
तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् ।
11 In nekdo je zagrešil ogabnost z ženo svojega soseda; in drugi je opolzko omadeževal svojo snaho; in drugi je v tebi ponižal svojo sestro, hčer svojega očeta.
आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा काम गर्ने मानिसहरू, र आफ्‍नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्‍नै बहिनीहरू—आफ्‍ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् ।
12 V tebi so jemali darila, da prelijejo kri. Jemalo si obresti in donos in z izsiljevanjem si lakomno pridobivalo od svojih sosedov in si me pozabilo, ‹ govori Gospod Bog.
तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
13 ›Glej, zato sem udaril svojo roko ob tvoj nepošten dobiček, ki si ga naredilo in pri tvoji krvi, ki je bila v tvoji sredi.
हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु ।
14 Ali tvoje srce lahko prenese, ali so tvoje roke lahko močne v dneh, ko bom obračunal s teboj? Jaz, Gospod sem to govoril in bom to storil.
मैले तँसित व्‍यवहार गरेको दिनमा के तेरो हृदय स्‍थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु ।
15 In razkropil te bom med pogane in te razpršil v dežele in iz tebe použil tvojo umazanost.
यसैले म तँलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।
16 In vzelo boš svojo dediščino v sebi, pred očmi poganov in vedelo boš, da jaz sem Gospod.‹«
यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्‌' ।”
17 In k meni je prišla Gospodova beseda, rekoč:
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,
18 »Človeški sin, Izraelova hiša mi je postala žlindra. Vsi so bron, kositer, železo in svinec v sredi talilne peči; so celó srebrova žlindra.
“ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्‍ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्‍ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन्‌ । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् ।
19 Zato tako govori Gospod Bog: ›Ker ste vsi postali žlindra, glejte, zato vas bom zbral v sredi [prestolnice] Jeruzalem.
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्‍ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्‍मा गर्न लागेको छु ।
20 Kakor oni zbirajo srebro in bron in železo in svinec in kositer v sredi talilne peči, da nanjo pihajo ogenj, da to raztalijo; tako vas bom jaz zbral v svoji jezi in svoji razjarjenosti in vas bom pustil tam in vas raztalil.
जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्‍तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्‍मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्‍मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्‍नेछु र तिमीहरूलाई गाल्‍नेछु ।
21 Da, zbral vas bom in pihal nad vas v ognju svojega besa in vi boste raztaljeni v njeni sredi.
म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्‍नेछौ ।
22 Kakor je srebro raztaljeno v sredi talilne peči, tako boste raztaljeni v njeni sredi in spoznali boste, da sem jaz, Gospod, nad vas izlil svojo razjarjenost.‹«
जसरी भट्टीमा चाँदी गल्‍छ, र तिमीहरू त्‍यसभित्र गल्‍नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्‍नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
23 In k meni je prišla Gospodova beseda, rekoč:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
24 »Človeški sin, reci ji: ›Ti si dežela, ki ni očiščena niti ni nanjo deževalo na dan ogorčenja.
“ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन ।
25 Tam je zarota njenih prerokov v njeni sredi, podobna rjovenju leva, željnega plena. Požrli so duše, vzeli so zaklad in dragocene stvari; v njeni sredi so naredili mnogo vdov.
गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ ।
26 Njeni duhovniki so prekršili mojo postavo in oskrunili moje svete stvari. Niso pokazali nobene razlike med svetim in oskrunjenim niti niso pokazali razlike med nečistim in čistim in svoje oči so skrili pred mojimi šabati in jaz sem med njimi oskrunjen.
त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु ।
27 Njeni princi v njeni sredi so podobni volkovom, željnim plena, da prelijejo kri in da uničijo duše, da pridobijo nepošten dobiček.
त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
28 In njeni preroki so jih ometali z neutrjeno malto, gledoč ničnost in vedeževali so jim laži, rekoč: ›Tako govori Gospod Bog, ‹ ko Gospod ni govoril.
त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन ।
29 Ljudstvo dežele je uporabljalo zatiranje in izvajalo rop in jezilo revne in pomoči potrebne; da, krivično so zatirali tujca.
देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।
30 In iskal sem človeka med njimi, ki bi naredil ograjo in stal v razpoki pred menoj za deželo, da je ne bi uničil, toda nikogar nisem našel.
यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ ।
31 Zato sem nadnje izlil svoje ogorčenje; použil sem jih z ognjem svojega besa. Njihovo lastno pot sem poplačal na njihovih glavah, ‹ govori Gospod Bog.‹«
त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'

< Ezekiel 22 >