< От Луки святое благовествование 19 >

1 И вшед прохождаше Иерихон.
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
2 И се, муж нарицаемый Закхей, и сей бе старей мытарем, и той бе богат:
हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।
3 и искаше видети Иисуса, кто есть, и не можаше от народа, яко возрастом мал бе:
उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।
4 и предитек, возлезе на ягодичину, да видит, яко хотяше мимо ея проити.
त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो ।
5 И яко прииде на место, воззрев Иисус виде его и рече к нему: Закхее, потщався слези: днесь бо в дому твоем подобает Ми быти.
जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”
6 И потщався слезе и прият Его радуяся.
त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
7 И видевше вси роптаху, глаголюще, яко ко грешну мужу вниде витати.
जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।”
8 Став же Закхей рече ко Господу: се, пол имения моего, Господи, дам нищым: и аще кого чим обидех, возвращу четверицею.
जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”
9 Рече же к нему Иисус, яко днесь спасение дому сему бысть, зане и сей сын Авраамль есть:
येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।
10 прииде бо Сын Человечь взыскати и спасти погибшаго.
किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
11 Слышащым же им сия, приложь рече притчу, зане близ Ему быти Иерусалима, и мняху, яко абие Царство Божие хощет явитися.
तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।
12 Рече убо: человек некий добра рода иде на страну далече прияти себе царство и возвратитися:
त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
13 призвав же десять раб своих, даде им десять мнас и рече к ним: куплю дейте, дондеже прииду.
उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
14 И граждане его ненавидяху его и послаша послы вслед его, глаголюще: не хощем сему, да царствует над нами.
तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
15 И бысть егда возвратися приим царство, рече пригласити рабы тыя, имже даде сребро, да увесть, какову куплю суть сотворили.
तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।
16 Прииде же первый, глаголя: господи, мнас твоя придела десять мнас.
पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’
17 И рече ему: благо, рабе добрый: яко о мале верен был еси, буди область имея над десятию градов.
ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
18 И прииде вторый, глаголя: господи, мнас твоя сотвори пять мнас.
दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’
19 Рече же и тому: и ты буди над пятию градов.
ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
20 И другий прииде, глаголя: господи, се, мнас твоя, юже имех положену во убрусе:
अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
21 бояхся бо тебе, яко человек яр еси, вземлеши, егоже не положил еси, и жнеши, егоже не сеял еси.
किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’
22 Глагола же ему: от уст твоих сужду ти, лукавый рабе: ведел еси, яко аз человек яр есмь, вземлю, егоже не положих, и жну, егоже не сеях:
ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
23 и почто не вдал еси моего сребра купцем, и аз пришед с лихвою истязал бых е?
त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’
24 И предстоящым рече: возмите от него мнас и дадите имущему десять мнас.
ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’
25 И реша ему: господи, имать десять мнас.
तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’
26 Глаголю бо вам, яко всякому имущему дастся: а от неимущаго, и еже имать, отимется от него:
‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
27 обаче враги моя оны, иже не восхотеша мене, да царь бых был над ними, приведите семо и изсецыте предо мною.
तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
28 И сия рек, идяше преди, восходя во Иерусалим.
यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
29 И бысть яко приближися в Вифсфагию и Вифанию, к горе нарицаемей Елеон, посла два ученик Своих,
बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
30 глаголя: идита в прямную весь: (и) в нюже входяща обрящета жребя привязано, на неже никтоже николиже от человек вседе: отрешша е приведита:
“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
31 и аще кто вы вопрошает: почто отрешаета? Сице рцыта ему, яко Господь его требует.
यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”
32 Шедша же посланная обретоста, якоже рече има.
पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।
33 Отрешающема же има жребя, рекоша господие его к нима: что отрешаета жребя?
तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”
34 Она же рекоста, яко Господь его требует.
तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
35 И приведоста е ко Иисусови: и возвергше ризы своя на жребя, всадиша Иисуса.
तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
36 Идущу же Ему, постилаху ризы своя по пути.
उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
37 Приближающужеся Ему уже (абие) к низхождению горе Елеонстей, начаша все множество ученик радующеся хвалити Бога гласом велиим о всех силах, яже видеша,
उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
38 глаголюще: благословен грядый Царь во имя Господне: мир на небеси и слава в вышних.
तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
39 И нецыи фарисее от народа реша к Нему: Учителю, запрети учеником Твоим.
त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”
40 И отвещав рече им: глаголю вам, яко, аще сии умолчат, камение возопиет.
येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
41 И яко приближися, видев град, плакася о нем,
जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,
42 глаголя: яко аще бы разумел и ты, в день сей твой, еже к смирению твоему: ныне же скрыся от очию твоею:
“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।
43 яко приидут дние на тя, и обложат врази твои острог о тебе, и обыдут тя, и оымут тя отвсюду,
किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
44 и разбиют тя и чада твоя в тебе, и не оставят камень на камени в тебе: понеже не разумел еси времене посещения твоего.
तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् ।
45 И вшед в церковь, начат изгонити продающыя в ней и купующыя,
येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
46 глаголя им: писано есть: дом Мой дом молитвы есть: вы же сотвористе его пещеру разбойником.
“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”
47 И бе учя по вся дни в церкви. Архиерее же и книжницы искаху Его погубити, и старейшины людем:
येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
48 и не обретаху, что бы сотворили Ему: людие бо вси держахуся Его, послушающе Его.
तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।

< От Луки святое благовествование 19 >