< Књига пророка Малахије 2 >

1 И тако сада вама је ова заповест, свештеници.
ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो ।
2 Ако не послушате и не ставите у срце да дате славу имену мом, вели Господ над војскама, тада ћу пустити на вас проклетство и проклећу благослове ваше; и проклех их, јер не стављате у срце.
“यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । साँच्‍चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ ।
3 Ево ја ћу вам покварити усев, и бацићу вам балегу у лице, балегу празника ваших, да вас однесе са собом.
हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ ।
4 И познаћете да сам ја вама послао ову заповест да би био мој завет с Левијем, вели Господ над војскама.
यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
5 Завет мој за живот и мир беше с њим, и дадох му то за страх, јер ме се бојаше и имена се мог страшаше.
“त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो ।
6 Закон истинити беше у устима његовим, и безакоње се не нађе на уснама његовим; у миру и право иде са мном и многе одврати од безакоња.
त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो ।
7 Јер усне свештеникове треба да чувају знање и закон да се тражи из његових уста, јер је анђео Господа над војскама.
किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो ।
8 Али ви зађосте с пута, и учинисте те се многи спотакоше о закон, покваристе завет Левијев, вели Господ над војскама.
तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
9 Зато и ја вас учиних презреним и поништеним у свега народа, као што се ви не држите мојих путева и у закону гледате ко је ко.
“यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।”
10 Није ли нам свима један Отац? Није ли нас један Бог створио? Зашто неверу чинимо један другом скврнећи завет отаца својих?
के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ?
11 Јуда чини неверу, и гад се чини у Израиљу и у Јерусалиму; јер скврни Јуда светињу Господњу, коју би му ваљало љубити, женећи се кћерју туђег бога.
यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ ।
12 Господ ће истребити из шатора Јаковљевих човека који чини тако, који стражи и који одговара, и који приноси принос Господу над војскама.
यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् ।
13 Још и ово чините: покривате сузама олтар Господњи, плачем и уздасима; зато не гледа више на принос, нити Му је драго примити шта из ваших руку.
तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ ।
14 А ви говорите: Зашто? Зато што је Господ сведок између тебе и жене младости твоје, којој ти чиниш неверу, а она ти је другарица и жена, с којом си у вери.
तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ ।
15 Јер није ли учинио једно, ако и имаше још више духа? А зашто једно? Да тражи семе Божије; зато чувајте дух свој, и жени младости своје не чините неверу.
के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ ।
16 Јер Господ Бог Израиљев вели да мрзи на пуштање, јер такав покрива насиље плаштем својим, говори Господ над војскама; зато чувајте дух свој да не чините неверу.
“किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।”
17 Досађујете Господу речима својим, и говорите: У чем Му досађујемо? У том што говорите: Ко год чини зло, по вољи је Господу, и такви су Му мили; или: Где је Бог који суди?
तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

< Књига пророка Малахије 2 >