< Лука 8 >

1 После тога иђаше Он по градовима и по селима учећи и проповедајући јеванђеље о царству Божијем, и дванаесторица с Њим.
यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
2 И неке жене које беху исцељене од злих духова и болести: Марија, која се зваше Магдалина, из које седам ђавола изиђе,
केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
3 И Јована, жена Хузе пристава Иродовог, и Сусана, и друге многе које служаху Њему имањем својим.
हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
4 А кад се сабра народа много, и из свих градова долажаху к Њему, каза у причи:
अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो ।
5 Изиђе сејач да сеје семе своје; и кад сејаше, једно паде крај пута, и погази се, и птице небеске позобаше га,
“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
6 А друго паде на камен, и изникавши осуши се, јер немаше влаге.
अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।
7 И друго паде у трње, и узрасте трње, и удави га.
अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
8 А друго паде на земљу добру, и изникавши донесе род сто пута онолико. Говорећи ово повика: Ко има уши да чује нека чује.
तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस् ।
9 А ученици Његови питаху Га говорећи: Шта значи прича ова?
त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।
10 А Он рече: Вама је дано да знате тајне царства Божијег; а осталима у причама, да гледајући не виде, и чујући не разумеју.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’
11 А прича ова значи: Семе је реч Божија.
अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।
12 А које је крај пута то су они који слушају, али потом долази ђаво, и узима реч из срца њиховог, да не верују и да се не спасу.
बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
13 А које је на камену то су они који кад чују с радости примају реч; и ови корена немају који за неко време верују, а кад дође време кушања отпадну.
त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
14 А које у трње паде, то су они који слушају, и отишавши, од бриге и богатства и сласти овог живота загуше се, и род не сазри.
काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
15 А које је на доброј земљи то су они који реч слушају, и у добром и чистом срцу држе, и род доносе у трпљењу. Ово говорећи повика: Ко има уши да чује нека чује.
तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
16 Нико, пак, свеће не поклапа судом кад је запали, нити меће под одар, него је метне на свећњак да виде светлост који улазе.
अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।
17 Јер нема ништа тајно што неће бити јавно, ни сакривено што се неће дознати и на видело изићи.
किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ ।
18 Гледајте, дакле, како слушате; јер ко има, даће му се, а ко нема, узеће се од њега и оно што мисли да има.
त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
19 Дођоше пак к Њему мати и браћа Његова, и не могаху од народа да говоре с Њим.
त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
20 И јавише Му говорећи: Мати Твоја и браћа Твоја стоје напољу, хоће да Те виде.
र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
21 А Он одговарајући рече им: Мати моја и браћа моја они су који слушају реч Божију и извршују је.
तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”
22 И догоди се у један дан Он уђе с ученицима својим у лађу, и рече им: Да пређемо на оне стране језера. И пођоше.
अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
23 А кад иђаху они Он заспа. И подиже се олуја на језеру, и топљаху се, и беху у великој невољи.
तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
24 И приступивши пробудише Га говорећи: Учитељу! Учитељу! Изгибосмо. А Он устаде, и запрети ветру и валовима; и престадоше и поста тишина.
त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।
25 А њима рече: Где је вера ваша? А они се поплашише, и чуђаху се говорећи један другом: Ко је Овај што и ветровима и води заповеда, и слушају Га?
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”
26 И дођоше у околину гадаринску која је према Галилеји.
उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
27 А кад изиђе Он на земљу, срете Га један човек из града у коме беху ђаволи од много година, и у хаљине не облачаше се, и не живљаше у кући, него у гробовима.
जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।
28 А кад виде Исуса, повика и припаде к Њему и рече здраво: Шта је теби до мене, Исусе, Сине Бога Највишег? Молим Те, не мучи ме.
जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”
29 Јер Исус заповеди духу нечистом да изиђе из човека: јер га мучаше одавно, и метаху га у вериге и у пута да га чувају, и искида свезе, и тераше га ђаво по пустињи.
किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।
30 А Исус га запита говорећи: Како ти је име? А он рече: Легеон; јер многи ђаволи беху ушли у њ.
त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।
31 И мољаху Га да им не заповеди да иду у бездан. (Abyssos g12)
तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । (Abyssos g12)
32 А онде пасаше по гори велико крдо свиња, и мољаху Га да им допусти да у њих уђу. И допусти им.
अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।
33 Тада изиђоше ђаволи из човека и уђоше у свиње; и навали крдо с брега у језеро, и утопи се.
त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
34 А кад видеше свињари шта би, побегоше и јавише у граду и по селима.
सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।
35 И изиђоше људи да виде шта је било, и дођоше к Исусу, и нађоше човека из кога ђаволи беху изишли, а он седи обучен и паметан код ногу Исусових; и уплашише се.
त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।
36 А они што су видели казаше им како се исцели бесни.
तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।
37 И моли Га сав народ из околине гадаринске да иде од њих; јер се беху врло уплашили. А Он уђе у лађу и отиде натраг.
गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।
38 Човек, пак, из кога изиђоше ђаволи мољаше да би с Њим био; али га Исус отпусти говорећи:
तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,
39 Врати се кући својој, и казуј шта ти учини Бог. И отиде проповедајући по свему граду шта му Исус учини.
“आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
40 А кад се врати Исус, срете Га народ, јер Га сви очекиваху.
जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
41 И гле, дође човек по имену Јаир, који беше старешина у зборници, и паде пред ноге Исусове, и мољаше Га да уђе у кућу његову;
हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।
42 Јер у њега беше јединица кћи од дванаест година, и она умираше. А кад иђаше Исус, туркаше Га народ.
किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।
43 И беше једна болесна жена од течења крви дванаест година, која је све своје имање потрошила на лекаре и ниједан је није могао излечити,
त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् ।
44 И приступивши састраг дотаче се скута од хаљине Његове, и одмах стаде течење крви њене.
तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्‍तश्राव रोकियो ।
45 И рече Исус: Ко је то што се дотаче мене? А кад се сви одговараху, рече Петар и који беху с њим: Учитељу! Народ Те опколио и турка Те, а Ти кажеш: Ко је то што се дотаче мене?
येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”
46 А Исус рече: Неко се дотаче мене; јер ја осетих силу која изиђе из мене.
तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
47 А кад виде жена да се није сакрила, приступи дрхћући, и паде пред Њим, и каза Му пред свим народом зашто Га се дотаче и како одмах оздрави.
जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
48 А Он јој рече: Не бој се, кћери! Вера твоја поможе ти; иди с миром.
त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
49 Док Он још говораше, дође неко од куће старешине зборничког говорећи му: Умре кћи твоја, не труди учитеља.
जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
50 А кад чу Исус, одговори му говорећи: Не бој се, само веруј, и оживеће.
तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।”
51 А кад дође у кућу, не даде ниједноме ући осим Петра и Јована и Јакова, и девојчиног оца и матере.
जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन ।
52 А сви плакаху и јаукаху за њом; а Он рече: Не плачите, није умрла него спава.
अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
53 И подсмеваху Му се знајући да је умрла.
तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।
54 А Он изагнавши све узе је за руку, и зовну говорећи: Девојко! Устани!
तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
55 И поврати се дух њен, и устаде одмах; и заповеди да јој дају нека једе.
तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
56 И дивише се родитељи њени. А Он им заповеди да никоме не казују шта је било.
तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।

< Лука 8 >