< Дела апостолска 28 >

1 И кад изиђоше срећно из лађе, тада разумеше да се острво зове Мелит.
हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ ।
2 А дивљаци чињаху нам не малу љубав, јер наложише огањ и примише нас све због дажда који иђаше, и због зиме.
ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।
3 А Павле зграбивши гомилу грања наложи на огањ, и изишавши змија од врућине скочи му на руку.
तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो ।
4 И кад видеше дивљаци змију где виси о руци његовој, говораху један другом: Јамачно је овај човек крвник, ког избављеног од мора суд Божји не остави да живи.
जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।
5 А он отресавши змију у огањ не би му ништа зло.
तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् ।
6 А они чекаху да он отече или уједанпут да падне мртав. А кад задуго чекаше, и видеше да му ништа зло не би, променише се, и говораху да је он бог.
तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।
7 А наоколо око оног места беху села поглавара од острва по имену Поплија, који нас прими и угости љубазно три дана.
त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।
8 А догоди се да отац Поплијев лежаше од грознице и од срдобоље, коме ушавши Павле помоли се Богу и метну руке своје на њ и исцели га.
पब्लियसका बुबा ज्‍वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे ।
9 А кад то би, долажаху и други који беху болесни на острву оном, и исцељиваху се.
यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
10 И поштоваху нас великим частима; и кад пођосмо, спремише нам што је од потребе.
ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।
11 А после три месеца одвезосмо се на лађи александријској, која је била презимила на острву, и беху на њој написани Диоскури.
तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।
12 И допловивши у Сиракузу остасмо онде три дана.
साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
13 А оданде отпловивши дођосмо у Ригију; и после једног дана кад дуну југ, дођосмо други дан у Потиоле.
हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ।
14 Онде нађемо браћу, и они нас замоле те останемо код њих седам дана; и тако пођосмо у Рим.
त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
15 И оданде чувши браћа за нас изиђоше нам на сусрет све до Апијева пазара и три крчме. И кад их виде Павле, даде хвалу Богу, и ослободи се.
हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।
16 А кад дођосмо у Рим, капетан предаде сужње војводи. Али се Павлу допусти да живи где хоће с војником који га чуваше.
जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो ।
17 А после три дана Павле сазва старешине јеврејске. И кад се они скупише, говораше им: Људи браћо! Ја ништа не учиних противно народу или обичајима отачким; и Јерусалимљани предаше ме као сужња у руке Римљанима,
तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
18 Који извидевши за мене хтеше да ме пусте, јер се не нађе на мени ниједна смртна кривица.
तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।
19 Али кад Јудејци говораху насупрот, натера ме невоља да се иштем пред ћесара, не као да бих свој народ имао шта тужити.
तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन ।
20 Тога ради узрока замолих вас да се видимо и да се разговоримо; јер наде ради Израиљеве окован сам у ово гвожђе.
तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।
21 А они му рекоше: Ми нити примисмо писма за те из Јудеје; нити дође ко од браће да јави или да говори шта зло за тебе.
तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।
22 Него молимо да чујемо од тебе шта мислиш; јер нам је познато за ову јерес да јој се свуда насупрот говори.
तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।
23 И одредивши му дан дођоше к њему у гостионицу многи; којима казиваше сведочећи царство Божје и уверавајући их за Исуса из закона Мојсијевог и из пророка од јутра до самог мрака.
जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे ।
24 И једни вероваху ономе што говораше а једни не вероваху.
कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।
25 А будући несложни међу собом, одлажаху кад рече Павле једну реч: Добро каза Дух Свети преко пророка Исаије очевима нашим
जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।
26 Говорећи: Иди к народу овоме и кажи: Ушима ћете чути и нећете разумети; и очима ћете гледати и нећете видети.
उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।
27 Јер одрвени срце овог народа, и ушима тешко чују, и очима својим зажмурише да како не виде очима, и ушима не чују, и да се не обрате да их исцелим.
किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’
28 Да вам је дакле на знање да се незнабошцима посла спасење Божје, они ће и чути.
त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्‍नेछन् ।
29 И кад он ово рече, отидоше Јевреји препирући се међу собом.
(टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।
30 А Павле остаде пуне две године о свом трошку, и дочекиваше све који му долажаху,
पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे ।
31 Проповедајући царство Божје, и учећи о Господу нашем Исусу Христу слободно, и нико му не брањаше.
उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।

< Дела апостолска 28 >