< 1 Samuel 18 >

1 E assim que ele acabou de falar com Saul, a alma de Jônatas se apegou à de Davi, e Jônatas o amou como à sua alma.
जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्‍नै प्राणलाई झैं प्रेम गरे ।
2 E Saul o tomou naquele dia, e não o deixou voltar à casa de seu pai.
त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन् ।
3 E fizeram aliança Jônatas e Davi, porque ele lhe amava como a sua alma.
तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
4 E Jônatas despiu a roupa que tinha sobre si, e deu-a a Davi, e outras roupas suas, até sua espada, e seu arco, e seu cinto.
जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्‍यो तिनले दाऊदलाई दिए ।
5 E Davi saía para onde quer que Saul o enviasse, e portava-se prudentemente. Fê-lo, portanto, Saul capitão da gente de guerra, e era aceito aos olhos de todo o povo, e nos olhos dos criados de Saul.
शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्‍च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्‍टिमा पनि यो कुरा असलै लाग्‍यो ।
6 E aconteceu que quando voltavam eles, quando Davi voltou de matar ao filisteu, saíram as mulheres de todas as cidades de Israel cantando, e com danças, com tamboris, e com alegrias e adufes, a receber ao rei Saul.
जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्‍त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्‍न आए ।
7 E cantavam as mulheres que dançavam, e diziam: Saul feriu seus milhares, E Davi seus dez milhares.
ती स्‍त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”
8 E irou-se Saul em grande maneira, e desagradou esta palavra em seus olhos, e disse: A Davi deram dez milhares, e a mim milhares; não lhe falta mais que o reino.
शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्‍न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
9 E desde aquele dia Saul olhou com desconfiança a Davi.
शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे ।
10 Outro dia aconteceu que o espírito mau da parte de Deus tomou a Saul, e mostrava-se em sua casa com trejeitos de profeta: e Davi tocava com sua mão como os outros dias; e estava uma lança à mão de Saul.
भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
11 E lançou Saul a lança, dizendo: Encravarei a Davi na parede. E duas vezes se afastou dele Davi.
शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
12 Mas Saul se temia de Davi porquanto o SENHOR era com ele, e havia se afastado de Saul.
परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
13 Afastou-o, pois, Saul de si, e fez-lhe capitão de mil; e saía e entrava diante do povo.
त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
14 E Davi se conduzia prudentemente em todos seus negócios, e o SENHOR era com ele.
दाऊद आफ्‍ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
15 E vendo Saul que se portava tão prudentemente, temia-se dele.
जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
16 Mas todos os de Israel e Judá amavam a Davi, porque ele saía e entrava diante deles.
तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।
17 E disse Saul a Davi: Eis que eu te darei a Merabe minha filha maior por mulher: somente que me sejas homem valente, e faças as guerras do SENHOR. Mas Saul dizia: Não será minha mão contra ele, mas a mão dos filisteus será contra ele.
तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”
18 E Davi respondeu a Saul: Quem sou eu, ou que é minha vida, ou a família de meu pai em Israel, para ser genro do rei?
दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्‍न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
19 E vindo o tempo em que Merabe, filha de Saul, se havia de dar a Davi, foi dada por mulher a Adriel meolatita.
तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्‍नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्‍नीको रूपमा दिइयो ।
20 Mas Mical a outra filha de Saul amava a Davi; e foi dito a Saul, o qual foi conveniente em seus olhos.
तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
21 E Saul disse: Eu a darei a ele, para que lhe seja por armadilha, e para que a mão dos filisteus seja contra ele. Disse, pois, Saul a Davi: Com a outra serás meu genro hoje.
तब शाऊलले सोचे, “दाऊदसँग म त्‍यसकै विवाह गरिदिनेछु, ताकि त्‍यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्‍ट यसो भने, “तिमी मेरो ज्‍वाइँ हुनेछौ ।”
22 E mandou Saul a seus criados: Falai em secreto a Davi, dizendo-lhe: Eis que, o rei te ama, e todos seus criados te querem bem; sê, pois, genro do rei.
शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्‍यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”
23 E os criados de Saul falaram estas palavras aos ouvidos de Davi. E Davi disse: Parece-vos que é pouco ser genro do rei, sendo eu um homem pobre e de nenhuma estima?
त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्‍ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
24 E os criados de Saul lhe deram a resposta dizendo: Tais palavras disse Davi.
शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
25 E Saul disse: Dizei assim a Davi: Não está o contentamento do rei no dote, mas sim em cem prepúcios de filisteus, para que seja tomada vingança dos inimigos do rei. Mas Saul pensava lançar a Davi em mãos dos filisteus.
त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।
26 E quando seus criados declararam a Davi estas palavras, foi conveniente a coisa nos olhos de Davi, para ser genro do rei. E quando o prazo não era ainda cumprido,
जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।
27 Levantou-se Davi, e partiu-se com sua gente, e feriu duzentos homens dos filisteus; e trouxe Davi os prepúcios deles, e entregaram-nos todos ao rei, para que ele fosse feito genro do rei. E Saul lhe deu a sua filha Mical por mulher.
ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए ।
28 Porém Saul, vendo e considerando que o SENHOR era com Davi, e que sua filha Mical o amava,
परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
29 Temeu-se mais de Davi; e foi Saul inimigo de Davi todos os dias.
तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्‍तर रूपमा दाऊदका शत्रु भए ।
30 E saíam os príncipes dos filisteus; e quando eles saíam, portava-se Davi mais prudentemente que todos os servos de Saul: e era seu nome muito ilustre.
त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

< 1 Samuel 18 >