< Pieśń nad Pieśniami 7 >

1 O jako piękne są nogi twoje w trzewikach, o córko książęca! Opasania biódr twoich są jako zawieszenia, ręką dobrego rzemieślnika urobione.
प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् ।
2 Pępek twój jako czasza okrągła, która nie jest bez napoju; brzuch twój jest jako bróg pszenicy osadzony lilijami.
तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।
3 Obie piersi twoje są jako dwoje bliźniąt młodych sarniąt.
तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
4 Szyja twoja jako wieża z kości słoniowych; oczy twoje jako sadzawki w Hesebon podle bramy Batrabim; nos twój jako wieża na Libanie, która patrzy ku Damaszkowi.
तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
5 Głowa twoja na tobie jako Karmel, a włosy głowy twojej jako szarłat. Król widząc cię byłby jako przywiązany na gankach swoich.
कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।
6 O jakożeś piękna, i jako wdzięczna, o miłości przerozkoszna!
हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
7 Ten twój wzrost podobny jest palmie, a piersi twoje gronom.
तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।
8 Rzekłem: Wstąpię na palmę, dosięgnę wierzchów jej. Niechajże mi tedy będą piersi twoje jako grona winne, a wonność nozdrzy twoich jako jabłek wonnych;
मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।
9 A usta twoje jako wino wyborne, które na prost bardzo mile płynie i sprawóje, że mówią wargi śpiących.
तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः
10 Jam jest miłego mego, a do mnie jest rządza jego.
म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।
11 Przyjdź, miły mój; wyjdziemy na pole, a przenocujemy we wsiach.
हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ ।
12 Rano wstaniemy do winnic; oglądamy, jeźli kwitnie winna macica, jeźli się zawiązują gronka, kwitnąli jabłka granatowe; tam ci oświadczę miłości moje.
हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।
13 Polne jabłuszka wydały wonność swoję, a przede drzwiami naszemi są wszystkie owoce wdzięczne, nowe i stare, którem tobie, miły mój! zachowała.
दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।

< Pieśń nad Pieśniami 7 >