< Przysłów 18 >

1 Człowiek swej myśli, szuka tego, co mu się podoba, a w każdą rzecz wtrąca się.
आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्‍का न्यायको विरोध गर्छ ।
2 Nie kocha się głupi w roztropności, ale w tem, co mu objawia serce jego.
मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।
3 Gdy przychodzi niezbożny, przychodzi też wzgarda, a z mężem lekkomyślnym urąganie.
दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।
4 Słowa ust męża mądrego są jako wody głębokie, a źródło mądrości jako potok wylewający.
मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
5 Nie dobra to, mieć wzgląd na osobę niezbożnego, aby był podwrócony sprawiedliwy w sądzie.
दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।
6 Wargi głupiego zmierzają do swaru, a usta jego do bitwy wyzywają.
मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।
7 Usta głupiego są upadkiem jego, a wargi jego sidłem duszy jego.
मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
8 Słowa obmówcy są jako słowa zranionych, a wszakże przenikają do wnętrzności żywota.
कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
9 Kto niedbały w sprawach swoich, bratem jest utratnika.
आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
10 Imię Pańskie jest mocną wieżą; sprawiedliwy się do niej uciecze, a wywyższony będzie.
परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
11 Majętność bogatego jest miastem jego mocnem, a jako mur wysoki w myśli jego.
धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।
12 Przed upadkiem podnosi się serce człowiecze, a sławę uprzedza poniżenie.
आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
13 Kto odpowiada, pierwej niż wysłucha, głupstwo to jego i zelżywość.
सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
14 Duch męża znosi niemoc swoję; ale ducha utrapionego któż zniesie?
मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
15 Serce rozumne nabywa umiejętności, a ucho mądrych szuka jej.
विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
16 Dar człowieczy plac mu czyni, i przed wielmożnych przywodzi go.
मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।
17 Sprawiedliwym zda się ten, kto pierwszy w sprawie swojej; ale gdy przychodzi bliźni jego, dochodzi go.
प्रतिद्वन्दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।
18 Los uśmierza zwady, i między możnymi rozsądek czyni.
चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
19 Brat krzywdą urażony trudniejszy nad miasto niedobyte, a swary są jako zawory u pałacu.
बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।
20 Z owocu ust każdego nasycon bywa żywot jego; urodzajem warg swych będzie nasycony.
आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।
21 Śmierć i żywot jest w mocy języka, a kto go miłuje, będzie jadł owoce jego.
मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
22 Kto znalazł żonę, znalazł rzecz dobrą, i dostąpił łaski od Pana.
पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ ।
23 Ubogi pokornie mówi; ale bogaty odpowiada surowie.
गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।
24 Człowiek, który ma przyjaciół, ma się obchodzić po przyjacielsku, ponieważ przyjaciel bywa przychylniejszy nad brata.
धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।

< Przysłów 18 >