< Jeremiasza 47 >

1 Słowo Pańskie, które się stało do Jeremijasza proroka przeciwko Filistyńczykom, przedtem, niż Farao dobił Gazy.
पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो ।
2 Tak mówi Pan: Oto wody występują od północy, i będą jako powódź gwałtowna, a zatopią ziemię i co jest na niej, miasto i mieszkających w niem, dlaczego wołać będą ludzie, i zawyją wszyscy obywatele ziemi.
“परमप्रभु यसो भन्‍नुहुन्छः उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैं हुनेछन् । तिनीहरूले यस देश र यसमा भएका हरेक थोक, यसका सहरहरू र यसका बासिन्दाहरूलाई डुबाउनेछन् । त्यसैले हरेको मदतको लागि गुहार माग्‍नेछ, र देशका सबै बासिन्दाले विलाप गर्नेछन् ।
3 Dla głosu tętnienia kopyt waśniwych koni jego, dla grzmotu wozów jego, i trzasku kół jego nie obejrzą się ojcowie na synów, mając opuszczone ręce;
बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।
4 Dla dnia, który przyjść ma na zburzenie wszystkich Filistyńczyków, i na wykorzenienie Tyru i Sydonu ze wszystką pozostałą pomocą; bo zburzy Pan Filistyńczyków, ostatek wyspy Kaftor.
किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ ।
5 Przyjdzie obłysienie na Gazę, i wykorzeniony będzie Aszkalon i ostatki doliny ich; dokądże się rzezać będziesz?
गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ?
6 O mieczu Pański, dokąd się nie uspokoisz? Wróć się do pochew twoich, uśmierz się, a ucichnij.
हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो ।
7 Ale jakożbyś się uspokoił? Wszak mu Pan przykazał; przeciwko Aszkalonowi i przeciwko brzegowi morskiemu, tam go postawił.
अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र?

< Jeremiasza 47 >