< II Kronik 32 >

1 Po tych sprawach i pewnem ich postanowieniu przyciągnął Sennacheryb, król Assyryjski, a wtargnąwszy do Judzkiej ziemi, położył się obozem przeciw miastom obronnym, a umyślił je sobie dobyć.
यी सबै कुराहरू र यी विश्‍वासयोग्य कामहरू भएपछि, अश्शूरका राजा सनहेरीब आए र यहूदामा पसे । किल्ला भएका सहरहरूलाई आक्रमण गर्नलाई तिनले छाउनी हाले, जसलाई तिनले आफ्नो निम्ति कब्‍जा गर्न इच्‍छा गरे ।
2 A widząc Ezechyjasz, że przyciągnął Sennacheryb, a iż twarz swoję obrócił, aby walczył przeciw Jeruzalemowi:
सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,
3 Tedy wszedł w radę z książętami swymi i z rycerstwem swem, aby zatkali źródła wód, które były za miastem; i pomogli mu.
तब तिनले सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अगुवाहरू र आफ्ना शक्तिशाली मानिसहरूसित सल्लाह लिए । तिनीहरूले तिनलाई त्‍यसो गर्न सहयोग गरे ।
4 Bo zebrawszy się lud wielki zatkali wszystkie źródła, i potok, który płynął przez pośrodek ziemi, mówiąc: Czemużby przyszedłszy królowie Assyryjscy mieli znaleść tak wiele wód?
धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्‍ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
5 A pokrzepiwszy się, pobudował wszystkie mury obalone, i nabudował wież, przytem zewnątrz drugi mur; i zmocnił Mello w mieście Dawidowem, i poczynił broni bardzo wiele, i tarczy.
हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे । तिनले धरहराहरू अग्‍लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे । दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्‍ख्‍यामा हातहतियार र ढालहरू बनाए ।
6 Postanowił też hetmanów wojennych nad ludem, których zgromadził do siebie na ulicę bramy miejskiej, i mówił łaskawie do nich, a rzekł:
तिनले मानिसहरूमाथि फौजी कमाण्‍डरहरू नियुक्त गरे । तिनले तिनीहरूलाई सहरको मूल ढोकाको खुल्ला ठाउँमा एकसाथ भेला गरे र तिनीहरूसँग हौसलासहित कुरा गरे । तिनले भने,
7 Zmacniajcie się, i mężnie sobie poczynajcie; nie bójcie się, ani się lękajcie twarzy króla Assyryjskiego, ani twarzy wszystkiego mnóstwa, które jest z nim; bo większy jest z nami niżeli z nim.
“बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्‍यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ ।
8 Z nimi jest ramię cielesne; ale z nami jest Pan, Bóg nasz, aby nas ratował i odprawiał wojny nasze. Tedy spoległ lud na słowach Ezechyjasza, króla Judzkiego.
तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्‍वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
9 Potem posłał Sennacheryb, król Assyryjski, sługi swe do Jeruzalemu, (a sam dobywał Lachis, a wszystka moc jego była z nim, ) do Ezechyjasza, króla Judzkiego, i do wszystkich z Judy, którzy byli w Jeruzalemie, mówiąc:
त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,
10 Tak mówi Sennacheryb, król Assyryjski: W czemże wżdy ufacie, że siedzicie w murach Jeruzalemskich?
“अश्शूरका राजा सनहेरीब यसो भन्छन्: यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
11 Izali Ezechyjasz nie zwodzi was, aby was pomorzył głodem i pragnieniem, mówiąc: Pan, Bóg nasz, wyrwie nas z ręki króla Assyryjskiego?
जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?
12 Izali nie ten Ezechyjasz zniósł wyżyny jego, i ołtarze jego, i rozkazał Judzie i Jeruzalemczykom, mówiąc: Przy jednym tylko ołtarzu kłaniać się będziecie, i na nim kadzić?
आफ्‍ना अल्गा ठाउँहरू र आफ्‍ना वेदीहरू हटाएका, अनि यहूदा र यरूशलेमलाई ‘एउटै मात्र वेदीमा तिमीहरूले आराधना गर्नुपर्छ र त्‍यसमा तिमीहरूले आफ्‍ना बलिदान चढाउनुपर्छ,’ भन्‍ने हिजकिया यिनै होइनन् र?
13 Izali nie wiecie, com uczynił ja i ojcowie moi wszystkim narodom ziemskim? Azaż jakim sposobem mogli bogowie narodów ziemskich wyrwać ziemię swoję z ręki mojej?
म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्‍ना देशहरूलाई बचाउन सकेका थिए र?
14 Któż był ze wszystkich bogów onych narodów, które wytracili ojcowie moi, coby mógł wybawić lud swój z ręki mojej, aby też mógł Bóg wasz wyrwać was z ręki mojej?
मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्‍यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
15 Przetoż teraz niech was nie zwodzi Ezechyjasz, a niech was na to nie namawia, ani mu wierzcie. Jeźlić nie mógł żaden bóg wszystkich narodów i królestw wyrwać ludu swego z ręki mojej, i z ręki ojców moich, pogotowiu Bóg wasz nie wyrwie was z ręki mojej.
अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”
16 Nadto jeszcze mówili słudzy jego przeciw Panu Bogu, i przeciwko Ezechyjaszowi słudze jego.
सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।
17 Listy też pisał, urągając Panu, Bogu Izraelskiemu, a mówiąc przeciwko niemu temi słowy: Jako bogowie narodów ziemskich nie wyrwali ludu swego z ręki mojej, tak nie wyrwie Bóg Ezechyjaszowy ludu swego z ręki mojej.
परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”
18 I wołali głosem wielkim po żydowsku przeciwko ludowi Jeruzalemskiemu, który był na murach, strasząc go i trwożąc go, aby tak miasto wzięli.
तब उनीहरूले सहर कब्जा गर्न सकुन् भनेर यरूशलेमको पर्खालमा खडा हुने मानिसहरूलाई, तिनीहरूलाई त्रासमा पार्न र तिनीहरूलाई कष्‍ट दिन उनीहरूले चर्को सोरले यहूदीहरूका भाषामा कराए ।
19 A mówili przeciw Bogu Jeruzalemskiemu, jako przeciw bogom narodów ziemskich, którzy są robotą rąk ludzkich.
केवल मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसका देवताहरूका बारेमा उनीहरूले बोलेझैं यरूशलेमका परमेश्‍वरको बारेमा पनि उनीहरूले बोले ।
20 Tedy się modlił Ezechyjasz król, i Izajasz prorok, syn Amosa, dla tego, i krzyczeli ku niebu.
यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।
21 I posłał Pan Anioła, który wytracił każdego mocarza w wojsku, i wodza, i hetmana w obozie króla Assyryjskiego. I wrócił się z pohańbieniem twarzy do ziemi swojej. A gdy wszedł do domu boga swego, ci, którzy wyszli z żywota jego, tam go zabili mie czem.
तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।
22 A tak wybawił Pan Ezechyjasza i obywateli Jeruzalemskich z rąk Sennacheryba, króla Assyryjskiego, i z rąk wszystkich, a sprawił im pokój zewsząd.
यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।
23 Tedy wiele ich przynosiło Panu dary do Jeruzalemu i upominki kosztowne Ezechyjaszowi, królowi Judzkiemu; i wywyższony jest w oczach wszystkich narodów potem.
धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्‍टिमा तिनी उच्‍च पारिए ।
24 W one dni zachorował Ezechyjasz aż na śmierć, i modlił się Panu; który mówił do niego, a dał mu znak.
ती दिनमा हिजकिया मरणासन्‍न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्‍नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।
25 Ale nie według dobrodziejstw sobie uczynionych sprawował się Ezechyjasz, bo się wyniosło serce jego; przetoż powstał przeciw niemu gniew, i przeciw Judzie, i przeciw Jeruzalemowi.
तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।
26 Ale gdy się upokorzył Ezechyjasz (bo się było wyniosło serce jego) on i obywatele Jeruzalemscy, nie przyszedł na nich gniew Pański za dni Ezechyjaszowych.
तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
27 A miał Ezechyjasz bogactwa i sławę bardzo wielką; bo sobie zebrał skarby srebra i złota, i kamieni drogich, i rzeczy wonnych, i rynsztunku, i wszelakiego naczynia kosztownego.
हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।
28 Miał też szpichlerze dla urodzajów zboża i wina, i oliwy, i obory dla bydeł, i zwierzyniec dla rozmaitych zwierząt.
तिनीसँग अन्‍न, नयाँ दाखमद्य र तेल जम्‍मा गर्ने भण्‍डारहरू, र सबै किसिमका जनावरका लागि गोठहरू थिए । र तिनीसित भेडाबाख्राहरूका गोठहरू पनि थिए ।
29 Miasta też sobie pobudował, i miał stada owiec, i wołów mnóstwo; albowiem mu dał Bóg majętność bardzo wielką.
यसको साथमा तिनीसँग सहरहरू र प्रसस्त बथान र बगालहरू पनि थिए, किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो ।
30 Ten też Ezechyjasz zatkał źródło wód w Gichonie wyższe, a przywiódł je dołem na zachód słońca ku miastu Dawidowemu; i szczęściło się Ezechyjaszowi we wszystkich sprawach jego.
गीहोन नदीको माथिल्लो मुहानलाई थुन्‍ने र त्‍यसलाई दाऊदको सहरको पश्‍चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्‍ना सब परियोजनामा हिजकिया सफल भए ।
31 A wszakże dla posłów książąt Babilońskich, którzy byli posłani do niego, aby go pytali o znak, który się był stał w ziemi, opuścił go Bóg, aby go kusił, a iżby wiedziano wszystko, co było w sercu jego.
तापनि देशमा देखिएको आश्‍चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्‍नहरू सोध्‍नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्‍बन्‍धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्‍वरले तिनलाई छोड्नुभयो ।
32 Ale inne sprawy Ezechyjaszowe, i dobroczynności jego, napisane są w widzeniu Izajasza proroka, syna Amosowego, i w księgach królów Judzkich i Izraelskich.
हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्‍छ ।
33 I zasnął Ezechyjasz z ojcami swymi, i pogrzebiony jest nad grobami synów Dawidowych. I wyrządzili mu wszystek Juda i obywatele Jeruzalemscy uczciwość przy śmierci jego. A królował Manases, syn jego, miasto niego.
हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

< II Kronik 32 >