< II Kronik 27 >

1 Dwadzieścia i pięć lat miał Joatam, gdy królować począł, a szesnaście lat królował w Jeruzalemie. Imię matki jego Jerusa, córka Sadokowa.
योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन् ।
2 I czynił, co dobrego było przed oczyma Pańskiemi według wszystkiego, jako czynił Uzyjasz, ojciec jego; wszakże nie wchadzał do kościoła Pańskiego, a lud jeszcze był zepsowany.
हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे । परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे । तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए ।
3 On zbudował bramę domu Pańskiego wysoką, i na murach Ofel wiele pobudował.
तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे ।
4 Nadto pobudował miasta na górach Judzkich, a w lasach pobudował pałace i wieże.
यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।
5 Ten też walczył z królem synów Ammonowych, i zwyciężył ich. I dali mu synowie Ammonowi tegoż roku sto talentów srebra, i dziesięć tysięcy korcy pszenicy, i jęczmienia dziesięć tysięcy korcy; tyleż mu dali synowie Ammonowi i drugiego, i trzeciego roku.
अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे । त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए । अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए ।
6 A tak zmocnił się Joatam; bo zgotował drogi swoje przed Panem, Bogiem swoim.
यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए ।
7 A inne sprawy Joatamowe, i wszystkie wojny jego, i drogi jego, są napisane w księgach o królach Izraelskich i Judzkich.
योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌ ।
8 Dwadzieścia i pięć lat miał, gdy począł królować, a szesnaście lat królował w Jeruzalemie.
तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।
9 Potem zasnął Joatam z ojcami swymi, i pochowano go w mieście Dawidowem; a królował Achaz, syn jego, miasto niego.
योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे । तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए ।

< II Kronik 27 >