< زکریا 8 >

و کلام یهوه صبایوت بر من نازل شده، گفت: ۱ 1
परमप्रभुको यस्तो वचन मकहाँ आयो,
«یهوه صبایوت چنین می‌فرماید: برای صهیون غیرت عظیمی دارم و با غضب سخت برایش غیور هستم. ۲ 2
“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु!
خداوند چنین می‌گوید: به صهیون مراجعت نموده‌ام و در میان اورشلیم ساکن خواهم شد و اورشلیم به شهر حق و کوه یهوه صبایوت به کوه مقدس مسمی خواهدشد. ۳ 3
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ!
یهوه صبایوت چنین می‌گوید: مردان پیر وزنان پیر باز در کوچه های اورشلیم خواهندنشست و هر یکی از ایشان به‌سبب زیادتی عمرعصای خود را در دست خود خواهد داشت. ۴ 4
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्‍त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ ।
وکوچه های شهر از پسران و دختران که درکوچه هایش بازی می‌کنند پر خواهد شد. ۵ 5
त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् ।
یهوه صبایوت چنین می‌گوید: اگر این امر در این‌روزها به نظر بقیه این قوم عجیب نماید آیا در نظر من عجیب خواهد نمود؟ قول یهوه صبایوت این است. ۶ 6
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा, के ती मेरो नजरमा पनि असम्भव हुन्छन् र? - परमप्रभु घोषणा गर्नुहुन्छ ।
«یهوه صبایوت چنین می‌گوید: اینک من قوم خود را از زمین مشرق و از زمین مغرب آفتاب خواهم رهانید. ۷ 7
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!
و ایشان را خواهم آورد که دراورشلیم سکونت نمایند و ایشان قوم من خواهندبود و من براستی و عدالت خدای ایشان خواهم بود. ۸ 8
किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु ।
یهوه صبایوت چنین می‌گوید: دستهای شما قوی شود‌ای کسانی که در این ایام این کلام را از زبان انبیا شنیدید که آن در روزی که بنیادخانه یهوه صبایوت را برای بنا نمودن هیکل نهادند واقع شد. ۹ 9
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।
زیرا قبل از این ایام مزدی برای انسان نبود و نه مزدی به جهت حیوان؛ و به‌سبب دشمن برای هر‌که خروج و دخول می‌کردهیچ سلامتی نبود و من همه کسان را به ضدیکدیگر واداشتم. ۱۰ 10
किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ ।
اما الان یهوه صبایوت می‌گوید: من برای بقیه این قوم مثل ایام سابق نخواهم بود. ۱۱ 11
तर म अब पहिलेका दिनमाझैँ हुन्‍न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।
زیرا که زرع سلامتی خواهد بودو مو میوه خود را خواهد داد و زمین محصول خود را خواهد آورد و آسمان شبنم خویش راخواهد بخشید و من بقیه این قوم را مالک جمیع این چیزها خواهم گردانید. ۱۲ 12
किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
و واقع خواهد شد چنانکه شما‌ای خاندان یهودا وای خاندان اسرائیل در میان امت‌ها (مورد)لعنت شده‌اید، همچنان شما را نجات خواهم داد تا (مورد) برکت بشوید؛ پس مترسید ودستهای شما قوی باشد. ۱۳ 13
ए यहूदा र इस्राएलको घराना, अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ!
زیرا که یهوه صبایوت چنین می‌گوید: چنانکه قصد نمودم که به شما بدی برسانم حینی که پدران شماخشم مرا به هیجان آوردند و یهوه صبایوت می‌گوید که از آن پشیمان نشدم. ۱۴ 14
किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ,
همچنین در این‌روزها رجوع نموده، قصد خواهم نمود که به اورشلیم و خاندان یهودا احسان نمایم. پس ترسان مباشید. ۱۵ 15
यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!
و این است کارهایی که بایدبکنید: با یکدیگر راست گویید و در دروازه های خود انصاف و داوری سلامتی را اجرا دارید. ۱۶ 16
तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।
و در دلهای خود برای یکدیگر بدی میندیشید و قسم دروغ را دوست مدارید، زیراخداوند می‌گوید از همه این کارها نفرت دارم.» ۱۷ 17
आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”
و کلام یهوه صبایوت بر من نازل شده، گفت: ۱۸ 18
अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,
«یهوه صبایوت چنین می‌گوید: روزه ماه چهارم و روزه ماه پنجم و روزه ماه هفتم و روزه ماه دهم برای خاندان یهودا به شادمانی و سرور وعیدهای خوش مبدل خواهد شد پس راستی وسلامتی را دوست بدارید. ۱۹ 19
“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!
یهوه صبایوت چنین می‌گوید: بار دیگر واقع خواهد شد که قوم‌ها و ساکنان شهرهای بسیار خواهند آمد. ۲۰ 20
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् ।
و ساکنان یک شهر به شهر دیگر رفته، خواهندگفت: بیایید برویم تا از خداوند مسالت نماییم ویهوه صبایوت را بطلبیم و من نیز خواهم آمد. ۲۱ 21
एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’
و قوم های بسیار و امت های عظیم خواهندآمد تا یهوه صبایوت را در اورشلیم بطلبند و ازخداوند مسالت نمایند. ۲۲ 22
धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्!
یهوه صبایوت چنین می‌گوید در آن روزها ده نفر از همه زبانهای امت‌ها به دامن شخص یهودی چنگ زده، متمسک خواهند شد و خواهند گفت همراه شما می‌آییم زیرا شنیده‌ایم که خدا با شمااست.» ۲۳ 23
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”

< زکریا 8 >