< سوگنامه 1 >
چگونه شهری که پر از مخلوق بود منفردنشسته است! چگونه آنکه در میان امت هابزرگ بود مثل بیوهزن شده است! چگونه آنکه درمیان کشورها ملکه بود خراجگذار گردیده است! | ۱ 1 |
एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
شبانگاه زارزار گریه میکند و اشکهایش بررخسارهایش میباشد. از جمیع محبانش برای وی تسلی دهندهای نیست. همه دوستانش بدوخیانت ورزیده، دشمن او شدهاند. | ۲ 2 |
त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।
یهودا بهسبب مصیبت و سختی بندگی، جلای وطن شده است. در میان امتها نشسته، راحت نمی یابد. و جمیع تعاقب کنندگانش درمیان جایهای تنگ به او دررسیدهاند. | ۳ 3 |
गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।
راههای صهیون ماتم میگیرند، چونکه کسی به عیدهای او نمی آید. همه دروازه هایش خراب شده، کاهنانش آه میکشند. دوشیزگانش در مرارت میباشند و خودش در تلخی. | ۴ 4 |
सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन । त्यसका सबै मूल ढोका उजाड भएका छन् । त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् । त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ ।
خصمانش سر شدهاند و دشمنانش فیروزگردیده، زیرا که یهوه بهسبب کثرت عصیانش، اورا ذلیل ساخته است. اطفالش پیش روی دشمن به اسیری رفتهاند. | ۵ 5 |
त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्ट दिनुभएको छ । त्यसका स-साना बालबच्चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
و تمامی زیبایی دختر صهیون از او زایل شده، سرورانش مثل غزالهایی که مرتعی پیدانمی کنند گردیده، از حضور تعاقب کننده بیقوت میروند. | ۶ 6 |
सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ । त्यसका राजकुमारहरू खर्क पाउन नसक्ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेको अगिअगि भाग्छन् ।
اورشلیم در روزهای مذلت و شقاوت خویش تمام نفایسی را که در ایام سابق داشته بودبه یاد میآورد. زیرا که قوم او بهدست دشمن افتادهاند و برای وی مدد کنندهای نیست. دشمنانش او را دیده، بر خرابیهایش خندیدند. | ۷ 7 |
त्यसले कष्ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ । त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन । वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे ।
اورشلیم به شدت گناه ورزیده و از این سبب مکروه گردیده است. جمیع آنانی که او را محترم میداشتند او را خوار میشمارند چونکه برهنگی او را دیدهاند. و خودش نیز آه میکشد و به عقب برگشته است. | ۸ 8 |
यरूशलेमले घोर पाप गर्यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्ने कोसिस गर्छ ।
نجاست او در دامنش میباشد و آخرت خویش را به یاد نمی آورد. و بطور عجیب پست گردیده، برای وی تسلی دهندهای نیست. ای یهوه مذلت مرا ببین زیرا که دشمن تکبر مینماید. | ۹ 9 |
त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्च्यायो, “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”
دشمن دست خویش را بر همه نفایس اودراز کرده است. زیرا امت هایی را که امر فرمودی که به جماعت تو داخل نشوند دیده است که به مقدس او در میآیند. | ۱۰ 10 |
वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।
تمام قوم او آه کشیده، نان میجویند. تمام نفایس خود را به جهت خوراک دادهاند تا جان خود را تازه کنند. ای یهوه ببین و ملاحظه فرمازیرا که من خوار شدهام. | ۱۱ 11 |
त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।
ای جمیع راه گذریان آیا این در نظر شماهیچ است؟ ملاحظه کنید و ببینید آیا غمی مثل غم من بوده است که بر من عارض گردیده و یهوه در روز حدت خشم خویش مرا به آن مبتلاساخته است؟ | ۱۲ 12 |
यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।
آتش از اعلی علیین به استخوانهای من فرستاده، آنها را زبون ساخته است. دام برای پایهایم گسترانیده، مرا به عقب برگردانیده، و مراویران و در تمام روز غمگین ساخته است. | ۱۳ 13 |
उहाँले उच्चबाट मेरा हड्डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
یوغ عصیان من بهدست وی محکم بسته شده، آنها به هم پیچیده بر گردن من برآمده است. خداوند قوت مرا زایل ساخته و مرا بهدست کسانی که با ایشان مقاومت نتوانم نمود تسلیم کرده است. | ۱۴ 14 |
मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।
خداوند جمیع شجاعان مرا در میانم تلف ساخته است. جماعتی بر من خوانده است تاجوانان مرا منکسر سازند. و خداوند آن دوشیزه یعنی دختر یهودا را در چرخشت پایمال کرده است. | ۱۵ 15 |
मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ । मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ । परमप्रभुले यहूदाका कन्या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ ।
بهسبب این چیزها گریه میکنم. از چشم من، از چشم من آب میریزد زیرا تسلی دهنده وتازه کننده جانم از من دور است. پسرانم هلاک شدهاند زیرا که دشمن، غالب آمده است. | ۱۶ 16 |
यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्चा बेसहारा छन् ।
صهیون دستهای خود را دراز میکند امابرایش تسلی دهندهای نیست. یهوه درباره یعقوب امر فرموده است که مجاورانش دشمن اوبشوند، پس اورشلیم در میان آنها مکروه گردیده است. | ۱۷ 17 |
सियोनले आफ्ना हात फैलाएको छ । त्यसलाई सान्त्वना दिने कोही छैन । याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ । यरूशलेम तिनीहरूका लागि अशुद्ध छ ।
یهوه عادل است زیرا که من از فرمان اوعصیان ورزیدهام. ای جمیع امتها بشنوید و غم مرا مشاهده نمایید! دوشیزگان و جوانان من به اسیری رفتهاند. | ۱۸ 18 |
परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।
محبان خویش را خواندم اما ایشان مرافریب دادند. کاهنان و مشایخ من که خوراک میجستند تا جان خود را تازه کنند در شهر جان دادند. | ۱۹ 19 |
मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्ट भए ।
ای یهوه نظر کن زیرا که در تنگی هستم. احشایم میجوشد و دلم در اندرون من منقلب شده است چونکه به شدت عصیان ورزیدهام. دربیرون شمشیر هلاک میکند و در خانهها مثل موت است. | ۲۰ 20 |
हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
میشنوند که آه میکشم اما برایم تسلی دهندهای نیست. دشمنانم چون بلای مراشنیدند، مسرور شدند که تو این را کردهای. اما توروزی را که اعلان نمودهای خواهی آورد و ایشان مثل من خواهند شد. | ۲۱ 21 |
तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।
تمامی شرارت ایشان به نظر تو بیاید. وچنانکه با من بهسبب تمامی معصیتم عمل نمودی به ایشان نیز عمل نما. زیرا که ناله های من بسیار است و دلم بیتاب شده است. | ۲۲ 22 |
तिनीहरूका सबै दुष्टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।