< ارمیا 42 >
پس تمامی سرداران لشکر و یوحانان بن قاریح و یزنیا ابن هوشعیا و تمامی خلق از خرد و بزرگ پیش آمدند، | ۱ 1 |
तब सेनाका सबै कप्तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।
و به ارمیا نبی گفتند: «تمنا اینکه التماس ما نزد تو پذیرفته شودو به جهت ما و به جهت تمامی این بقیه نزد یهوه خدای خود مسالت نمایی زیرا که ما قلیلی ازکثیر باقیماندهایم چنانکه چشمانت ما را میبیند. | ۲ 2 |
तिनीहरूले तिनलाई भने, “हाम्रो बिन्ती सुन्नुहोस् । परमप्रभु तपाईंका परमेश्वरलाई यी बाँकी रहेका मानिसहरूको पक्षमा बिन्ती चढाउनुहोस्, किनकि तपाईं देख्नुहुन्छ, हामी सङ्ख्यामा एकदम थोरै छौं ।
تا یهوه خدایت ما را به راهی که باید برویم و بهکاری که باید بکنیم اعلام نماید.» | ۳ 3 |
हामीले जानुपर्ने बाटो हामीलाई देखाउन र हामीले के गर्नुपर्छ भनेर परमप्रभु तपाईंका परमेश्वरलाई सोध्नुहोस् ।”
پس ارمیای نبی به ایشان گفت: «شنیدم. اینک من برحسب آنچه به من گفتهاید، نزد یهوه خدای شما مسالت خواهم نمود و هرچه خداوند در جواب شما بگوید به شما اطلاع خواهم داد و چیزی از شما باز نخواهم داشت.» | ۴ 4 |
त्यसैले यर्मिया अगमवक्ताले तिनीहरूलाई भने, “मैले तिमीहरूको कुरा सुनेको छु । हेर, तिमीहरूले अनुरोध गरेझैं म परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रार्थना चढाउनेछु । परमप्रभुले जे जवाफ दिनुहुन्छ, म तिमीहरूलाई बताउनेछु । म तिमीहरूबाट कुनै कुरो लुकाउनेछैनँ ।”
ایشان به ارمیا گفتند: «خداوند در میان ماشاهد راست و امین باشد که برحسب تمامی کلامی که یهوه خدایت به واسطه تو نزد ما بفرستدعمل خواهیم نمود. | ۵ 5 |
तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले हामीलाई भन्नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन् ।
خواه نیکو باشد و خواه بد، کلام یهوه خدای خود را که تو را نزد اومی فرستیم اطاعت خواهیم نمود تا آنکه قول یهوه خدای خود را اطاعت نموده، برای ماسعادتمندی بشود.» | ۶ 6 |
असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
و بعد از ده روز واقع شد که کلام خداوند برارمیا نازل شد. | ۷ 7 |
दस दिनको अन्त्यमा परमप्रभुको वचन यर्मियाकहाँ आयो ।
پس یوحانان بن قاریح و همه سرداران لشکر که همراهش بودند و تمامی قوم رااز کوچک و بزرگ خطاب کرده، | ۸ 8 |
त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्तान र सानादेखि ठुलासम्म सबै मानिसलाई बोलाए ।
به ایشان گفت: «یهوه خدای اسرائیل که شما مرا نزد وی فرستادید تا دعای شما را به حضور او برسانم چنین میفرماید: | ۹ 9 |
तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,
اگر فی الحقیقه در این زمین بمانید آنگاه شما را بنا نموده، منهدم نخواهم ساخت و غرس کرده، نخواهم کند، زیرا از بلایی که به شما رسانیدم پشیمان شدم. | ۱۰ 10 |
'तिमीहरू फर्केर जान्छौ र यस देशमा बस्छौ भने, म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ । म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ, किनकि मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु ।
از پادشاه بابل که از او بیم دارید ترسان مباشید. بلی خداوندمی گوید از او ترسان مباشید زیرا که من با شماهستم تا شما را نجاتبخشم و شما را از دست او رهایی دهم. | ۱۱ 11 |
बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।
و من بر شما رحمت خواهم فرمود تا او بر شما لطف نماید و شما را به زمین خودتان پس بفرستد. | ۱۲ 12 |
किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।
اما اگر گویید که در این زمین نخواهیم ماند و اگر سخن یهوه خدای خودرا گوش نگیرید، | ۱۳ 13 |
तर तिमीहरूले यसो भन्छौ, 'हामी यस देशमा बस्नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुन्दैनौ ।
و بگویید نی بلکه به زمین مصر خواهیم رفت زیرا که در آنجا جنگ نخواهیم دید و آواز کرنا نخواهیم شنید و برای نان گرسنه نخواهیم شد و در آنجا ساکن خواهیم شد، | ۱۴ 14 |
तिमीहरूले यसो भन्छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्यहाँ बस्नेछौं' ।”
پس حال بنابراینای بقیه یهودا کلام خداوند را بشنوید: یهوه صبایوت خدای اسرائیل چنین میگوید: اگر به رفتن به مصر جازم میباشید و اگر در آنجا رفته، ساکن شوید، | ۱۵ 15 |
ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्यहाँ जाने र बस्ने पक्का गरिसकेका छौ भने,
آنگاه شمشیری که از آن میترسید البته آنجادر مصر به شما خواهد رسید و قحطی که از آن هراسان هستید آنجا در مصر شما را خواهددریافت و در آنجا خواهید مرد. | ۱۶ 16 |
तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।
و جمیع کسانی که برای رفتن به مصر و سکونت در آنجاجازم شدهاند، از شمشیر و قحط و وبا خواهندمرد و احدی از ایشان از آن بلایی که من بر ایشان میرسانم باقی نخواهد ماند و خلاصی نخواهدیافت. | ۱۷ 17 |
त्यसैले मिश्रमा गएर त्यहीँ बस्ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।
زیرا که یهوه صبایوت خدای اسرائیل چنین میگوید: چنانکه خشم و غضب من برساکنان اورشلیم ریخته شد، همچنان غضب من به مجرد ورود شما به مصر بر شما ریخته خواهدشد و شما مورد نفرین و دهشت و لعنت و عارخواهید شد و این مکان را دیگر نخواهید دید.» | ۱۸ 18 |
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्नेछौ, र फेरि तिमीहरूले यो देश देख्नेछैनौ ।”
ای بقیه یهودا خداوند به شما میگوید به مصرمروید، یقین بدانید که من امروز شما را تهدیدنمودم. | ۱۹ 19 |
तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्का थाहा छ ।
زیرا خویشتن را فریب دادید چونکه مرا نزد یهوه خدای خود فرستاده، گفتید که برای ما نزد یهوه خدای ما مسالت نما و ما را موافق هرآنچه یهوه خدای ما بگوید، مخبر ساز و آن را بعمل خواهیم آورد. | ۲۰ 20 |
तिमीहरूले मलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ यसो भनेर पठाउँदा तिमीहरूले आफैलाई घातक रूपमा धोका दियौ, 'हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरमा प्रार्थना गर्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले बताउनुहुने हरेक कुरा हामीलाई बताउनुहोस्, र हामी त्यो पूरा गर्नेछौं ।'
پس امروز شما را مخبرساختم اما شما نه به قول یهوه خدای خود و نه بهیچچیزی که به واسطه من نزد شما فرستادگوش گرفتید. | ۲۱ 21 |
किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।
پس الان یقین بدانید که شما درمکانی که میخواهید بروید و در آن ساکن شویداز شمشیر و قحط و وبا خواهید مرد.» | ۲۲ 22 |
त्यसैले अब तिमीहरूले जुन ठाउँमा गएर बस्ने इच्छा गरेका छौ, त्यहाँ तिमीहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ भन्ने कुरा तिमीहरूले पक्का रूपले जानिराख ।”