< ارمیا 29 >

این است سخنان رساله‌ای که ارمیانبی از اورشلیم نزد بقیه مشایخ اسیران وکاهنان و انبیا و تمامی قومی که نبوکدنصر ازاورشلیم به بابل به اسیری برده بود فرستاد. ۱ 1
निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।
بعداز آنکه یکنیا پادشاه و ملکه و خواجه‌سرایان وسروران یهودا و اورشلیم و صنعتگران و آهنگران از اورشلیم بیرون رفته بودند. ۲ 2
राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।
(پس آن را) به‌دست العاسه بن شافان و جمریا ابن حلقیا که صدقیا پادشاه یهودا ایشان را نزد نبوکدنصرپادشاه بابل به بابل فرستاد (ارسال نموده )، گفت: ۳ 3
तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।
«یهوه صبایوت خدای اسرائیل به تمامی اسیرانی که من ایشان را از اورشلیم به بابل به اسیری فرستادم، چنین می‌گوید: ۴ 4
मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,
خانه‌ها ساخته در آنها ساکن شوید و باغها غرس نموده، میوه آنها را بخورید. ۵ 5
'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।
زنان گرفته، پسران و دختران به هم رسانید و زنان برای پسران خود بگیرید ودختران خود را به شوهر بدهید تا پسران ودختران بزایند و در آنجا زیاد شوید و کم نگردید. ۶ 6
बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।
و سلامتی آن شهر را که شما را به آن به اسیری فرستاده‌ام بطلبید و برایش نزد خداوند مسالت نمایید زیرا که در سلامتی آن شما را سلامتی خواهد بود. ۷ 7
मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'
زیرا که یهوه صبایوت خدای اسرائیل چنین می‌گوید: مگذارید که انبیای شماکه در میان شمااند و فالگیران شما شما را فریب دهند و به خوابهایی که شما ایشان را وامی داریدکه آنها را ببینند، گوش مگیرید. ۸ 8
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान ।
زیرا خداوندمی گوید که ایشان برای شما به اسم من کاذبانه نبوت می‌کنند و من ایشان را نفرستاده‌ام. ۹ 9
किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'
وخداوند می‌گوید: چون مدت هفتاد سال بابل سپری شود من از شما تفقد خواهم نمود وسخنان نیکو را که برای شما گفتم انجام خواهم داد؛ به اینکه شما را به این مکان باز خواهم آورد. ۱۰ 10
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु ।
زیرا خداوند می‌گوید: فکرهایی را که برای شما دارم می‌دانم که فکرهای سلامتی می‌باشد ونه بدی تا شما را در آخرت امید بخشم. ۱۱ 11
किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।
و مراخواهید خواند و آمده، نزد من تضرع خواهید کردو من شما را اجابت خواهم نمود. ۱۲ 12
तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु ।
و مراخواهید طلبید و چون مرا به تمامی دل خودجستجو نمایید، مرا خواهید یافت. ۱۳ 13
किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ ।
و خداوندمی گوید که مرا خواهید یافت و اسیران شما را بازخواهم آورد. و خداوند می‌گوید که شما را ازجمیع امت‌ها و از همه مکان هایی که شما را درآنها رانده‌ام، جمع خواهم نمود و شما را از جایی که به اسیری فرستاده‌ام، باز خواهم آورد. ۱۴ 14
तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'
از آن رو که گفتید خداوند برای ما در بابل انبیا مبعوث نموده است. ۱۵ 15
परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले,
«پس خداوند به پادشاهی که بر کرسی داودنشسته است و به تمامی قومی که در این شهرساکنند، یعنی برادران شما که همراه شما به اسیری نرفته‌اند، چنین می‌گوید: ۱۶ 16
दाऊदको सिंहासनमा बस्‍ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्—
بلی یهوه صبایوت چنین می‌گوید: اینک من شمشیر وقحط و وبا را بر ایشان خواهم فرستاد و ایشان رامثل انجیرهای بد که آنها را از بدی نتوان خورد، خواهم ساخت. ۱۷ 17
हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।
و ایشان را به شمشیر و قحط ووبا تعاقب خواهم نمود و در میان جمیع ممالک جهان مشوش خواهم ساخت تا برای همه امت هایی که ایشان را در میان آنها رانده‌ام، لعنت و دهشت و مسخره و عار باشند. ۱۸ 18
त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।
چونکه خداوند می‌گوید: کلام مرا که به واسطه بندگان خود انبیا نزد ایشان فرستادم نشنیدند با آنکه صبح زود برخاسته، آن را فرستادم اما خداوند می‌گویدکه شما نشنیدید. ۱۹ 19
तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'
و شما‌ای جمیع اسیرانی که از اورشلیم به بابل فرستادم کلام خداوند رابشنوید. ۲۰ 20
त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।
یهوه صبایوت خدای اسرائیل درباره اخاب بن قولایا و درباره صدقیا ابن معسیا که برای شما به اسم من کاذبانه نبوت می‌کنند، چنین می‌گوید: اینک من ایشان را به‌دست نبوکدنصرپادشاه بابل تسلیم خواهم کرد و او ایشان را درحضور شما خواهد کشت. ۲۱ 21
'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।
و از ایشان برای تمامی اسیران یهودا که در بابل می‌باشند لعنت گرفته، خواهند گفت که خداوند تو را مثل صدقیاو اخاب که پادشاه بابل ایشان را در آتش سوزانید، بگرداند. ۲۲ 22
त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।
چونکه ایشان در اسرائیل حماقت نمودند و با زنان همسایگان خود زنا کردند و به اسم من کلامی را که به ایشان امرنفرموده بودم کاذبانه گفتند و خداوند می‌گوید که من عارف و شاهد هستم. ۲۳ 23
तिनीहरूले आफ्ना छिमेकीहरूका पत्‍नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्‍नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्‍जित कुराहरूका कारणले यस्‍तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो ।
«و شمعیای نحلامی را خطاب کرده، بگو: ۲۴ 24
नेहेलामवासी शमायाह बारेमा यसो भन्,
یهوه صبایوت خدای اسرائیل تکلم نموده، چنین می‌گوید: از آنجایی که تو رسایل به اسم خود نزد تمامی قوم که در اورشلیم‌اند و نزدصفنیا ابن معسیا کاهن و نزد جمیع کاهنان فرستاده، گفتی: ۲۵ 25
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,
که خداوند تو را به‌جای یهویاداع کاهن به کهانت نصب نموده است تا برخانه خداوند وکلا باشید. برای هر شخص مجنون که خویشتن را نبی می‌نماید تا او را درکنده‌ها و زنجیرها ببندی. ۲۶ 26
'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू ।
پس الان چرا ارمیاعناتوتی را که خود را برای شما نبی می‌نمایدتوبیخ نمی کنی؟ ۲۷ 27
त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ?
زیرا که او نزد ما به بابل فرستاده، گفت که این اسیری بطول خواهدانجامید پس خانه‌ها بنا کرده، ساکن شوید و باغهاغرس نموده، میوه آنها را بخورید.» ۲۸ 28
किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।”
و صفنیای کاهن این رساله را به گوش ارمیانبی خواند. ۲۹ 29
यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।
پس کلام خداوند بر ارمیا نازل شده، گفت: ۳۰ 30
तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
«نزد جمیع اسیران فرستاده، بگوکه خداوند درباره شمعیای نحلامی چنین می‌گوید: چونکه شمعیا برای شما نبوت می‌کند ومن او را نفرستاده‌ام و او شما را وامیدارد که به دروغ اعتماد نمایید، ۳۱ 31
“सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्‍वास गर्न डोर्‍याएको छ,
بنابراین خداوند چنین می‌گوید: اینک من بر شمعیای نحلامی و ذریت وی عقوبت خواهم رسانید و برایش کسی‌که درمیان این قوم ساکن باشد، نخواهد ماند و خداوندمی گوید او آن احسانی را که من برای قوم خودمی کنم نخواهد دید، زیرا که درباره خداوند سخنان فتنه انگیز گفته است.» ۳۲ 32
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु । यस जातिको बिचमा बस्‍न त्यसको लागि कुनै मानिस हुनेछैन । मैले आफ्‍ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्‍नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ' ।”

< ارمیا 29 >