< اشعیا 27 >

در آن روز خداوند به شمشیر سخت عظیم محکم خود آن مار تیز رو لویاتان را و آن مار پیچیده لویاتان را سزا خواهد داد و آن اژدها را که در دریا است خواهد کشت. ۱ 1
त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
در آن روز برای آن تاکستان شراب بسرایید. ۲ 2
त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
من که یهوه هستم آن را نگاه می‌دارم و هر دقیقه آن راآبیاری می‌نمایم. شب و روز آن را نگاهبانی می‌نمایم که مبادا احدی به آن ضرر برساند. ۳ 3
“म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।
خشم ندارم. کاش که خس و خار با من به جنگ می‌آمدند تا بر آنها هجوم آورده، آنها را با هم می‌سوزانیدم. ۴ 4
म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ ।
یا به قوت من متمسک می‌شد تا بامن صلح بکند و با من صلح می‌نمود. ۵ 5
तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
در ایام آینده یعقوب ریشه خواهد زد واسرائیل غنچه و شکوفه خواهد آورد. و ایشان روی ربع مسکون را از میوه پر خواهند ساخت. ۶ 6
आउने दिनहरूमा, याकूबले जरा हाल्‍नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।”
آیا او را زد بطوری که دیگران او را زدند؟ یاکشته شد بطوری که مقتولان وی کشته شدند؟ ۷ 7
याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैं के तिनीहरूलाई मरिएका छन्?
چون او را دور ساختی به اندازه با وی معارضه نمودی. با باد سخت خویش او را در روز بادشرقی زایل ساختی. ۸ 8
याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
بنابراین گناه یعقوب از این کفاره شده و رفع گناه او تمامی نتیجه آن است. چون تمامی سنگهای مذبح را مثل سنگهای آهک نرم شده می‌گرداند آنگاه اشیریم و بتهای آفتاب دیگر برپا نخواهد شد. ۹ 9
यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।
زیرا که آن شهرحصین منفرد خواهد شد و آن مسکن، مهجور ومثل بیابان واگذاشته خواهد شد. در آنجاگوساله‌ها خواهند چرید و در آن خوابیده، شاخه هایش را تلف خواهند کرد. ۱۰ 10
किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
چون شاخه هایش خشک شود شکسته خواهد شد. پس زنان آمده، آنها را خواهند سوزانید، زیرا که ایشان قوم بیفهم هستند. لهذا آفریننده ایشان برایشان ترحم نخواهد نمود و خالق ایشان بر ایشان شفقت نخواهد کرد. ۱۱ 11
जब हाँगाहरू सुक्‍छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्‍नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
و در آن روز واقع خواهد شد که خداوند ازمسیل نهر (فرات ) تا وادی مصر غله را خواهدکوبید. و شما‌ای بنی‌اسرائیل یکی یکی جمع کرده خواهید شد. ۱۲ 12
त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।
و در آن روز واقع خواهدشد که کرنای بزرگ نواخته خواهد شد وگم شدگان زمین آشور و رانده شدگان زمین مصرخواهند آمد. و خداوند را در کوه مقدس یعنی دراورشلیم عبادت خواهند نمود. ۱۳ 13
त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।

< اشعیا 27 >