< اشعیا 21 >

وحی درباره بیابان بحر: چنانکه گردباد در جنوب می‌آید، این نیز از بیابان از زمین هولناک می‌آید. ۱ 1
समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।
رویای سخت برای من منکشف شده است، خیانت پیشه خیانت می‌کند و تاراج کننده تاراج می‌نماید. ای عیلام برآی و‌ای مدیان محاصره نما. تمام ناله آن را ساکت گردانیدم. ۲ 2
मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
از این جهت کمر من از شدت درد پر شده است و درد زه مثل درد زنی که می‌زاید مرادرگرفته است. پیچ و تاب می‌خورم که نمی توانم بشنوم، مدهوش می‌شوم که نمی توانم ببینم. ۳ 3
यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
دل من می‌طپید و هیبت مرا ترسانید. او شب لذت مرابرایم به خوف مبدل ساخته است. ۴ 4
मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो ।
سفره را مهیاساخته و فرش را گسترانیده به اکل و شرب مشغول می‌باشند. ای سروران برخیزید و سپرهارا روغن بمالید. ۵ 5
तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्‍ना ढालहरूमा तेल लगाओ ।
زیرا خداوند به من چنین گفته است: «برو ودیده بان را قرار بده تا آنچه را که بیند اعلام نماید. ۶ 6
किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।
و چون فوج سواران جفت جفت و فوج الاغان وفوج شتران را بیند آنگاه به دقت تمام توجه بنماید.» ۷ 7
जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
پس او مثل شیر صدا زد که «ای آقا من دائم در روز بر محرس ایستاده‌ام و تمامی شب بردیده بانگاه خود برقرار می‌باشم. ۸ 8
पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्‍ने धरहरमाथि बस्छु, अनि आफ्‍नो अखडामा म रातभरि खडा रहन्छु ।”
و اینک فوج مردان و سواران جفت جفت می‌آیند و او مزیدکرده، گفت: بابل افتاد افتاده است و تمامی تمثال های تراشیده خدایانش را بر زمین شکسته‌اند.» ۹ 9
यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
‌ای کوفته شده من و‌ای محصول خرمن من آنچه از یهوه صبایوت خدای اسرائیل شنیدم به شما اعلام می‌نمایم. ۱۰ 10
ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
وحی درباره دومه: کسی از سعیر به من ندا می‌کند که «ای دیده بان از شب چه خبر؟ ای دیده بان از شب چه خبر؟» ۱۱ 11
दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
دیده بان می‌گوید که صبح می‌آید و شام نیز. اگر پرسیدن می‌خواهید بپرسید و بازگشت نموده، بیایید.» ۱۲ 12
पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्‍नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
وحی درباره عرب: ای قافله های ددانیان در جنگل عرب منزل کنید. ۱۳ 13
अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
‌ای ساکنان زمین تیما تشنگان را به آب استقبال کنید و فراریان را به خوراک ایشان پذیره شوید. ۱۴ 14
तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
زیرا که ایشان از شمشیرها فرارمی کنند. از شمشیر برهنه و کمان زه شده و ازسختی جنگ. ۱۵ 15
किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
زانرو که خداوند به من گفته است بعد ازیکسال موافق سالهای مزدوران تمامی شوکت قیدار تلف خواهد شد. ۱۶ 16
किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ ।
و بقیه شماره تیراندازان و جباران بنی قیدار قلیل خواهد شدچونکه یهوه خدای اسرائیل این را گفته است. ۱۷ 17
केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ ।

< اشعیا 21 >