< حزقیال 46 >

خداوند یهوه چنین می‌گوید: «دروازه صحن اندرونی که به سمت مشرق متوجه است در شش روز شغل بسته بماند و درروز سبت مفتوح شود و در روز اول ماه گشاده گردد. ۱ 1
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्‍ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ ।
و رئیس از راه رواق دروازه بیرونی داخل شود و نزد چهار چوب دروازه بایستد و کاهنان قربانی سوختنی و ذبیحه سلامتی او را بگذرانند واو بر آستانه دروازه سجده نماید، پس بیرون بروداما دروازه تا شام بسته نشود. ۲ 2
बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।
و اهل زمین درسبت‌ها و هلال‌ها نزد دهنه آن دروازه به حضورخداوند سجده نمایند. ۳ 3
शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् ।
و قربانی سوختنی که رئیس در روز سبت برای خداوند بگذراند، شش بره بی‌عیب و یک قوچ بی‌عیب خواهد بود. ۴ 4
शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ ।
وهدیه آردی‌اش یک ایفا برای هر قوچ باشد وهدیه‌اش برای بره‌ها هر‌چه از دستش برآید و یک هین روغن برای هر ایفا. ۵ 5
भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्‍नको हरेक एपासँग एक हीन तेल होस् ।
و در غره ماه یک گاوجوان بی‌عیب و شش بره و یک قوچ که بی‌عیب باشد. ۶ 6
औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् ।
و هدیه آردی‌اش یک ایفا برای هر گاو ویک ایفا برای هر قوچ و هر‌چه از دستش برآیدبرای بره‌ها و یک هین روغن برای هر ایفا بگذراند. ۷ 7
तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन्, र अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस् ।
و هنگامی که رئیس داخل شود از راه رواق دروازه درآید و از همان راه بیرون رود. ۸ 8
जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।
وهنگامی که اهل زمین در مواسم به حضورخداوند داخل شوند، آنگاه هر‌که از راه دروازه شمالی به جهت عبادت داخل شود، از راه دروازه جنوبی بیرون رود. و هرکه از راه دروازه جنوبی داخل شود، از راه دروازه شمالی بیرون رود و ازآن دروازه که از آن داخل شده باشد، برنگرددبلکه پیش روی خود بیرون رود. ۹ 9
तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ ।
و چون ایشان داخل شوند رئیس در میان ایشان داخل شود و چون بیرون روند با هم بیرون روند. ۱۰ 10
शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ ।
و هدیه آردی‌اش در عیدها و مواسم یک ایفا برای هر گاوو یک ایفا برای هر قوچ و هر‌چه از دستش برآیدبرای بره‌ها و یک هین روغن برای هر ایفا خواهدبود. ۱۱ 11
चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् ।
و چون رئیس هدیه تبرعی را خواه قربانی سوختنی یا ذبایح سلامتی به جهت هدیه تبرعی برای خداوند بگذراند، آنگاه دروازه‌ای را که به سمت مشرق متوجه است بگشایند و او قربانی سوختنی و ذبایح سلامتی خود را بگذراند به طوری که آنها را در روز سبت می‌گذراند. پس بیرون رود و چون بیرون رفت دروازه را ببندند. ۱۲ 12
जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्‍यो ढोका बन्द गरिनेछ ।
و یک بره یک ساله بی‌عیب هر روز به جهت قربانی سوختنی برای خداوند خواهی گذرانید، هر صبح آن را بگذران. ۱۳ 13
यसका अतिरक्‍त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ ।
و هر بامداد هدیه آردی آن را خواهی گذرانید، یعنی یک سدس ایفا و یک ثلث هین روغن که بر آرد نرم پاشیده شود که هدیه آردی دایمی برای خداوند به فریضه ابدی خواهد بود. ۱۴ 14
त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।
پس بره و هدیه آردی‌اش و روغنش را هر صبح به جهت قربانی سوختنی دایمی خواهند گذرانید.» ۱۵ 15
तिनीहरूले थुमा, अन्‍नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ ।
خداوند یهوه چنین می‌گوید: «چون رئیس بخششی به یکی از پسران خود بدهد، حق ارثیت آن از آن پسرانش خواهد بود و ملک ایشان به رسم ارثیت خواهد بود. ۱۶ 16
परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्‍छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ ।
لیکن اگر بخششی ازملک موروث خویش به یکی از بندگان خودبدهد، تا سال انفکاک از آن او خواهد بود، پس به رئیس راجع خواهد شد و میراث او فقط از آن پسرانش خواهد بود. ۱۷ 17
तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्‍छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्‍यो उक्‍त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्‍चय पनि तिनका छोराहरूकै हुनेछ ।
و رئیس از میراث قوم نگیرد و ملک ایشان را غصب ننماید بلکه پسران خود را از ملک خویش میراث دهد تا قوم من هر کس از ملک خویش پراکنده نشوند. ۱۸ 18
शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’”
پس مرا ازمدخلی که به پهلوی دروازه بود به حجره های مقدس کاهنان که به سمت شمال متوجه بوددرآورد. و اینک در آنجا بهر دو طرف به سمت مغرب مکانی بود.» ۱۹ 19
त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।
و مرا گفت: «این است مکانی که کاهنان، قربانی جرم و قربانی گناه را طبخ می‌نمایند وهدیه آردی را می‌پزند تا آنها را به صحن بیرونی به جهت تقدیس نمودن قوم بیرون نیاورند.» ۲۰ 20
तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”
پس مرا به صحن بیرونی آورد و مرا به چهار زاویه صحن گردانید و اینک در هر زاویه صحن صحنی بود. ۲۱ 21
तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।
یعنی در چهار گوشه صحن صحنهای محوطه‌ای بود که طول هر یک چهل وعرضش سی (ذراع ) بود. این چهار را که درزاویه‌ها بود یک مقدار بود. ۲۲ 22
बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो ।
و به گرداگرد آنهابطرف آن چهار طاقها بود و مطبخ‌ها زیر آن طاقهااز هر طرفش ساخته شده بود. ۲۳ 23
ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए ।
و مرا گفت: «اینها مطبخ‌ها می‌باشد که خادمان خانه در آنهاذبایح قوم را طبخ می‌نمایند.» ۲۴ 24
ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”

< حزقیال 46 >